Tekmandu

एनसेलको नयाँ डिजिटल धमाका: दैनिक निःशुल्क डाटादेखि ५० जीबीसम्मको साप्ताहिक पुरस्कार

काठमाण्डौं — एनसेलले आफ्ना ग्राहकहरूलाई डिजिटल जीवनशैलीमा अभ्यस्त बनाउन र एपको प्रयोगलाई थप रोचक बनाउन विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले ‘एनसेल एप’ मार्फत दैनिक १०० एमबी डाटा निःशुल्क उपलब्ध गराउनुका साथै विभिन्न अनलाइन खेलहरू खेलेर साप्ताहिक रूपमा ५० जीबीसम्म डाटा जित्न सकिने योजना ल्याएको हो।

कम्पनीले आफ्नो ‘एनसेल एप’ लाई केवल ब्यालेन्स रिचार्ज गर्ने माध्यममा मात्र सीमित नराखी अन्तरक्रियात्मक डिजिटल प्लेटफर्मका रूपमा विकास गर्ने रणनीति अन्तर्गत यो अफर ल्याएको जनाएको छ।

दैनिक १०० एमबी डाटा कसरी लिने?

यो अफर अन्तर्गत सबै एनसेल ग्राहकले हरेक दिन एनसेल एप लगइन गरी ‘बाई प्याक्स’ (Buy Packs) सेक्सनमा गएर दैनिक १०० एमबी डाटा प्याक निःशुल्क सुचारु गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई एपभित्र रहेका अन्य सुविधाहरू निःशुल्क रूपमा अन्वेषण गर्न र डिजिटल माध्यमबाटै ग्राहक सेवा लिन मद्दत पुर्‍याउनेछ।

‘प्ले एन्ड विन’: खेल्दै, सिक्दै र जित्दै

डाटा मात्र होइन  एनसेलले एपभित्रै विभिन्न गेमिङ गतिविधिहरू पनि समावेश गरेको छ। ‘प्ले एन्ड विन’ अफर अन्तर्गत ग्राहकले दैनिक चेक इन गर्ने तथा ‘स्पिन द ह्विल’, ‘म्याथ च्यालेन्ज’, ‘एनसेल रनर’ र ‘स्क्र्याच एन्ड विन’ जस्ता खेलहरू खेलेर पोइन्टहरू जम्मा गर्न सक्नेछन्।

साताभरी जम्मा भएको पोइन्टको आधारमा एउटा ‘लिडरबोर्ड’ तयार गरिनेछ र उत्कृष्ट प्रदर्शन गर्ने ३ हजार ४१० जना ग्राहकलाई साप्ताहिक रूपमा डाटा रिवार्ड प्रदान गरिनेछ।

पुरस्कारको वर्गीकरण: कसले कति पाउने?

लिडरबोर्डमा आफ्नो स्थान अनुसार ग्राहकले निम्न बमोजिमको डाटा रिवार्ड पाउनेछन्:

  • १ देखि १० औँ स्थान: प्रत्येकलाई ५० जीबी डाटा।
  • ११ देखि ६० औँ स्थान: प्रत्येकलाई १० जीबी डाटा।
  • ६१ देखि १६० औँ स्थान: प्रत्येकलाई ५ जीबी डाटा।
  • १६१ देखि ४१० औँ स्थान: प्रत्येकलाई १ जीबी डाटा।
  • ४११ देखि ९१० औँ स्थान: प्रत्येकलाई ५०० एमबी डाटा।
  • ९११ देखि ३,४१० औँ स्थान: प्रत्येकलाई १०० एमबी डाटा।

एनसेलको यो अभियानले डिजिटल समावेशीकरणलाई बढावा दिनुका साथै ग्राहकलाई थप भ्यालु (Value) प्रदान गर्ने कम्पनीको विश्वास छ। एनसेल एपमा रिचार्ज, भ्वाइस र डाटा प्याक खरिदका अतिरिक्त उत्पादकत्व बढाउने टुलहरू र अन्तरक्रियात्मक खेलहरू समेत एकै ठाउँमा उपलब्ध छन्।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...