Tekmandu

एनसेलको नयाँ डिजिटल धमाका: दैनिक निःशुल्क डाटादेखि ५० जीबीसम्मको साप्ताहिक पुरस्कार

काठमाण्डौं — एनसेलले आफ्ना ग्राहकहरूलाई डिजिटल जीवनशैलीमा अभ्यस्त बनाउन र एपको प्रयोगलाई थप रोचक बनाउन विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले ‘एनसेल एप’ मार्फत दैनिक १०० एमबी डाटा निःशुल्क उपलब्ध गराउनुका साथै विभिन्न अनलाइन खेलहरू खेलेर साप्ताहिक रूपमा ५० जीबीसम्म डाटा जित्न सकिने योजना ल्याएको हो।

कम्पनीले आफ्नो ‘एनसेल एप’ लाई केवल ब्यालेन्स रिचार्ज गर्ने माध्यममा मात्र सीमित नराखी अन्तरक्रियात्मक डिजिटल प्लेटफर्मका रूपमा विकास गर्ने रणनीति अन्तर्गत यो अफर ल्याएको जनाएको छ।

दैनिक १०० एमबी डाटा कसरी लिने?

यो अफर अन्तर्गत सबै एनसेल ग्राहकले हरेक दिन एनसेल एप लगइन गरी ‘बाई प्याक्स’ (Buy Packs) सेक्सनमा गएर दैनिक १०० एमबी डाटा प्याक निःशुल्क सुचारु गर्न सक्नेछन्। यसले ग्राहकहरूलाई एपभित्र रहेका अन्य सुविधाहरू निःशुल्क रूपमा अन्वेषण गर्न र डिजिटल माध्यमबाटै ग्राहक सेवा लिन मद्दत पुर्‍याउनेछ।

प्ले एन्ड विन’: खेल्दै, सिक्दै जित्दै

डाटा मात्र होइन  एनसेलले एपभित्रै विभिन्न गेमिङ गतिविधिहरू पनि समावेश गरेको छ। ‘प्ले एन्ड विन’ अफर अन्तर्गत ग्राहकले दैनिक चेक इन गर्ने तथा ‘स्पिन द ह्विल’, ‘म्याथ च्यालेन्ज’, ‘एनसेल रनर’ र ‘स्क्र्याच एन्ड विन’ जस्ता खेलहरू खेलेर पोइन्टहरू जम्मा गर्न सक्नेछन्।

साताभरी जम्मा भएको पोइन्टको आधारमा एउटा ‘लिडरबोर्ड’ तयार गरिनेछ र उत्कृष्ट प्रदर्शन गर्ने ३ हजार ४१० जना ग्राहकलाई साप्ताहिक रूपमा डाटा रिवार्ड प्रदान गरिनेछ।

पुरस्कारको वर्गीकरण: कसले कति पाउने?

लिडरबोर्डमा आफ्नो स्थान अनुसार ग्राहकले निम्न बमोजिमको डाटा रिवार्ड पाउनेछन्:

  • देखि १० औँ स्थान: प्रत्येकलाई ५० जीबी डाटा।
  • ११ देखि ६० औँ स्थान: प्रत्येकलाई १० जीबी डाटा।
  • ६१ देखि १६० औँ स्थान: प्रत्येकलाई ५ जीबी डाटा।
  • १६१ देखि ४१० औँ स्थान: प्रत्येकलाई १ जीबी डाटा।
  • ४११ देखि ९१० औँ स्थान: प्रत्येकलाई ५०० एमबी डाटा।
  • ९११ देखि ३,४१० औँ स्थान: प्रत्येकलाई १०० एमबी डाटा।

एनसेलको यो अभियानले डिजिटल समावेशीकरणलाई बढावा दिनुका साथै ग्राहकलाई थप भ्यालु (Value) प्रदान गर्ने कम्पनीको विश्वास छ। एनसेल एपमा रिचार्ज, भ्वाइस र डाटा प्याक खरिदका अतिरिक्त उत्पादकत्व बढाउने टुलहरू र अन्तरक्रियात्मक खेलहरू समेत एकै ठाउँमा उपलब्ध छन्।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...