Tekmandu

मोबाइल प्रविधिको विश्वव्यापी आर्थिक प्रभाव ७.६ खर्ब डलर पुग्यो, सन् २०३० सम्म ११ खर्ब नाघ्ने प्रक्षेपण

६.४% विश्व जीडीपी ओगट्दै मोबाइल प्रविधि, ५ करोड रोजगारीमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव

काठमाण्डौं — विश्व अर्थतन्त्रमा मोबाइल प्रविधि र यससँग सम्बन्धित सेवाहरूको भूमिका अभूतपूर्व रूपमा विस्तार भएको छ। सन् २०२५ मा मात्रै मोबाइल उद्योगले विश्वको कुल गार्हस्थ्य उत्पादन (GDP) मा ६.४ प्रतिशत योगदान पुर्‍याउँदै ७.६ खर्ब अमेरिकी डलर बराबरको आर्थिक मूल्य सिर्जना गरेको छ। जीएसएमए (GSMA) इन्टेलिजेन्सको पछिल्लो प्रतिवेदन अनुसार  आर्टिफिसियल इन्टेलिजेन्स (AI), फाइभ-जी (5G) र इन्टरनेट अफ थिंग्स (IoT) जस्ता प्रविधिमा भइरहेको तीव्र लगानीले यस क्षेत्रको वृद्धिदरलाई नयाँ उचाइमा पुर्‍याएको हो।

आर्थिक योगदान र रोजगारीको अवस्था

सन् २०२५ को तथ्यांक अनुसार मोबाइल इकोसिस्टमले विश्वभर प्रत्यक्ष रूपमा ३ करोड १० लाख मानिसलाई रोजगारी प्रदान गरेको छ । यसबाहेक  अन्य क्षेत्रमा सिर्जना भएका १ करोड ९० लाख अप्रत्यक्ष रोजगारीसहित मोबाइल क्षेत्रले कुल ५ करोड रोजगारीलाई सहयोग पुर्‍याएको छ ।

आर्थिक योगदानको विष्लेषण गर्दा  उत्पादकत्वमा आएको वृद्धिको हिस्सा सबैभन्दा ठूलो अर्थात् ४.८ खर्ब डलर रहेको छ । मोबाइल इकोसिस्टमका विभिन्न विधाले गरेको प्रत्यक्ष योगदान यस प्रकार छ:

  • मोबाइल अपरेटरहरू: ८२० अर्ब  डलर
  • पूर्वाधार र उपकरण प्रदायक: ७२० अर्ब  डलर
  • सामग्री र सेवाहरू (Content and Services): ५४० अर्ब  डलर

यस क्षेत्रले सरकारी राजस्वमा पनि ठूलो टेवा पुर्‍याएको छ। सन् २०२५ मा मोबाइल क्षेत्रबाट मात्रै ८१० अर्ब  डलर कर संकलन भएको छ  जसमा रोजगारी कर र सामाजिक सुरक्षाको हिस्सा २७० अर्ब  डलर रहेको छ ।

प्रविधिमा लगानी र क्षेत्रीय परिदृश्य

विश्व अर्थतन्त्रको मेरुदण्डका रूपमा उदाउँदै गरेको एआई (AI) पूर्वाधारमा ठूला प्रविधि कम्पनीहरूले भारी लगानी गरेका छन्। सन् २०२५ मा माइक्रोसफ्ट, अल्फाबेट, अमेजन र मेटाले सामूहिक रूपमा ३०० अर्ब डलरभन्दा बढी पूँजीगत खर्च (Capex) गरेका छन् । यस्तै, ‘स्टारगेट प्रोजेक्ट’ मार्फत अमेरिकामा उन्नत डाटा सेन्टर निर्माणका लागि ५०० अर्ब डलर प्रतिबद्धता गरिएको छ ।

विकासोन्मुख र मध्यम आय भएका मुलुकहरू (LMICs) मा पनि प्रविधिको विस्तार तीव्र छ। भारतमा मात्रै माइक्रोसफ्ट र अमेजनले क्लाउड र एआई पूर्वाधारका लागि ५० अर्ब  डलरभन्दा बढी लगानी गर्ने घोषणा गरेका छन् भने गुगलले १५ अर्ब डलरको एआई हब निर्माण गर्ने लक्ष्य राखेको छ ।

भविष्यको मार्गचित्र र चुनौतीहरू

सन् २०२५ देखि २०३० को अवधिमा मोबाइल क्षेत्रको वार्षिक औसत वृद्धिदर (CAGR) ८.४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ  जुन विश्वव्यापी जीडीपीको अपेक्षित वृद्धिदर (२.६ प्रतिशत) भन्दा झन्डै तीन गुणा बढी हो । सन् २०३० सम्ममा मोबाइलको आर्थिक योगदान ११.३ खर्ब  डलर (जीडीपीको ८.४ प्रतिशत) पुग्ने अनुमान छ ।

यस विकासमा सेवा क्षेत्र (Services) ले २७ प्रतिशत र उत्पादन क्षेत्र (Manufacturing) ले २५ प्रतिशत योगदान दिने देखिन्छ । यद्यपि  एआई क्षेत्रमा भइरहेको लगानी अनुसारको उत्पादकत्व वृद्धि हुन नसकेमा र भू-राजनीतिक तनावले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा अवरोध पुर्‍याएमा यस वृद्धिदरमा जोखिम पर्न सक्ने चेतावनी समेत प्रतिवेदनले दिएको छ ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...