Tekmandu

मोबाइल प्रविधिको विश्वव्यापी आर्थिक प्रभाव ७.६ खर्ब डलर पुग्यो, सन् २०३० सम्म ११ खर्ब नाघ्ने प्रक्षेपण

६.४% विश्व जीडीपी ओगट्दै मोबाइल प्रविधि, ५ करोड रोजगारीमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव

काठमाण्डौं — विश्व अर्थतन्त्रमा मोबाइल प्रविधि र यससँग सम्बन्धित सेवाहरूको भूमिका अभूतपूर्व रूपमा विस्तार भएको छ। सन् २०२५ मा मात्रै मोबाइल उद्योगले विश्वको कुल गार्हस्थ्य उत्पादन (GDP) मा ६.४ प्रतिशत योगदान पुर्‍याउँदै ७.६ खर्ब अमेरिकी डलर बराबरको आर्थिक मूल्य सिर्जना गरेको छ। जीएसएमए (GSMA) इन्टेलिजेन्सको पछिल्लो प्रतिवेदन अनुसार  आर्टिफिसियल इन्टेलिजेन्स (AI), फाइभ-जी (5G) र इन्टरनेट अफ थिंग्स (IoT) जस्ता प्रविधिमा भइरहेको तीव्र लगानीले यस क्षेत्रको वृद्धिदरलाई नयाँ उचाइमा पुर्‍याएको हो।

आर्थिक योगदान रोजगारीको अवस्था

सन् २०२५ को तथ्यांक अनुसार मोबाइल इकोसिस्टमले विश्वभर प्रत्यक्ष रूपमा ३ करोड १० लाख मानिसलाई रोजगारी प्रदान गरेको छ । यसबाहेक  अन्य क्षेत्रमा सिर्जना भएका १ करोड ९० लाख अप्रत्यक्ष रोजगारीसहित मोबाइल क्षेत्रले कुल ५ करोड रोजगारीलाई सहयोग पुर्‍याएको छ ।

आर्थिक योगदानको विष्लेषण गर्दा  उत्पादकत्वमा आएको वृद्धिको हिस्सा सबैभन्दा ठूलो अर्थात् ४.८ खर्ब डलर रहेको छ । मोबाइल इकोसिस्टमका विभिन्न विधाले गरेको प्रत्यक्ष योगदान यस प्रकार छ:

  • मोबाइल अपरेटरहरू: ८२० अर्ब  डलर
  • पूर्वाधार उपकरण प्रदायक: ७२० अर्ब  डलर
  • सामग्री सेवाहरू (Content and Services): ५४० अर्ब  डलर

यस क्षेत्रले सरकारी राजस्वमा पनि ठूलो टेवा पुर्‍याएको छ। सन् २०२५ मा मोबाइल क्षेत्रबाट मात्रै ८१० अर्ब  डलर कर संकलन भएको छ  जसमा रोजगारी कर र सामाजिक सुरक्षाको हिस्सा २७० अर्ब  डलर रहेको छ ।

प्रविधिमा लगानी क्षेत्रीय परिदृश्य

विश्व अर्थतन्त्रको मेरुदण्डका रूपमा उदाउँदै गरेको एआई (AI) पूर्वाधारमा ठूला प्रविधि कम्पनीहरूले भारी लगानी गरेका छन्। सन् २०२५ मा माइक्रोसफ्ट, अल्फाबेट, अमेजन र मेटाले सामूहिक रूपमा ३०० अर्ब डलरभन्दा बढी पूँजीगत खर्च (Capex) गरेका छन् । यस्तै, ‘स्टारगेट प्रोजेक्ट’ मार्फत अमेरिकामा उन्नत डाटा सेन्टर निर्माणका लागि ५०० अर्ब डलर प्रतिबद्धता गरिएको छ ।

विकासोन्मुख र मध्यम आय भएका मुलुकहरू (LMICs) मा पनि प्रविधिको विस्तार तीव्र छ। भारतमा मात्रै माइक्रोसफ्ट र अमेजनले क्लाउड र एआई पूर्वाधारका लागि ५० अर्ब  डलरभन्दा बढी लगानी गर्ने घोषणा गरेका छन् भने गुगलले १५ अर्ब डलरको एआई हब निर्माण गर्ने लक्ष्य राखेको छ ।

भविष्यको मार्गचित्र चुनौतीहरू

सन् २०२५ देखि २०३० को अवधिमा मोबाइल क्षेत्रको वार्षिक औसत वृद्धिदर (CAGR) ८.४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ  जुन विश्वव्यापी जीडीपीको अपेक्षित वृद्धिदर (२.६ प्रतिशत) भन्दा झन्डै तीन गुणा बढी हो । सन् २०३० सम्ममा मोबाइलको आर्थिक योगदान ११.३ खर्ब  डलर (जीडीपीको ८.४ प्रतिशत) पुग्ने अनुमान छ ।

यस विकासमा सेवा क्षेत्र (Services) ले २७ प्रतिशत र उत्पादन क्षेत्र (Manufacturing) ले २५ प्रतिशत योगदान दिने देखिन्छ । यद्यपि  एआई क्षेत्रमा भइरहेको लगानी अनुसारको उत्पादकत्व वृद्धि हुन नसकेमा र भू-राजनीतिक तनावले विश्वव्यापी आपूर्ति श्रृङ्खलामा अवरोध पुर्‍याएमा यस वृद्धिदरमा जोखिम पर्न सक्ने चेतावनी समेत प्रतिवेदनले दिएको छ ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...