Tekmandu

नासाको आर्टेमिस-२ चन्द्रमाको नजिक पुग्यो, मानव इतिहासमै पृथ्वीबाट सबैभन्दा टाढाको दूरी तय गरिँदै

फ्लोरिडा (एजेन्सी) — मानवलाई पुन  चन्द्रमामा लैजाने महत्त्वाकांक्षी अभियान ‘आर्टेमिस-२’ को अन्तरिक्ष यान चन्द्रमाको गुरुत्वाकर्षण क्षेत्र (स्फेयर अफ इन्फ्लुएन्स) मा प्रवेश गरेको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार  पृथ्वीको तुलनामा चन्द्रमाको गुरुत्वाकर्षणले बढी तान्न थालेपछि यो यान अब अर्को महत्त्वपूर्ण चरणका लागि तयार भएको छ।

मिसन सुरु भएको चार दिन, छ घण्टा र दुई मिनेटको समयमा चन्द्रमाबाट ३९ हजार माइलको दूरीमा रहँदा यो सङ्क्रमणकालीन चरण पूरा भएको हो। अबको सबैभन्दा चुनौतीपूर्ण र ऐतिहासिक क्षण सोमबार (अप्रिल ६) का लागि तय गरिएको छ  जहाँ अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको अर्को भाग (फार साइड) को फन्को लगाउनेछन्।

अपोलो १३ को रेकर्ड तोडिँदै

यस ऐतिहासिक यात्रामा कमान्डर रिड वाइजम्यान, क्रिस्टिना कोच, भिक्टर ग्लोभर र क्यानडाका जेरेमी ह्यान्सन सवार छन्। उनीहरू पृथ्वीबाट २ लाख ५२ हजार ७५७ माइलको दूरीसम्म पुग्नेछन्। यो दूरी सन् १९७० मा ‘अपोलो १३’ का अन्तरिक्ष यात्रीहरूले कायम गरेको २ लाख ४८ हजार ६५५ माइलको मौजुदा रेकर्डभन्दा करिब ४ हजार माइल बढी हुनेछ।

सन् १९७२ को ‘अपोलो १७’ को अवतरणपछि चन्द्रमाको यति नजिक पुग्ने यिनीहरू नै पहिलो मानव समूह हुन्। उनीहरूले यस सप्ताहन्तमा म्यानुअल पाइलटिङको अभ्यास, विज्ञान उद्देश्यहरूको पुनरावलोकन र आपत्कालीन अवस्थाका लागि स्पेस सुटको परीक्षण गरी चन्द्रमाको ‘फ्लाईबाई’ का लागि तयारी पूरा गरेका छन्। ओरायन अन्तरिक्ष यानको झ्यालबाट खिचिएका पृथ्वीका तस्बिरहरूले यस मिसनको भव्यता झल्काइरहेका छन्।

चन्द्रमाको पछिल्लो भाग सूर्यग्रहणको अवलोकन

नासाका अनुसार  ओरायन यान सोमबार अप्रिल ६ को मध्यरातपछि चन्द्रमाको निकटतम क्षेत्रमा पुग्नेछ। सोही दिन पूर्वीय समय (ईटी) अनुसार दिउँसो २:४५ बजेदेखि चन्द्रमाको अवलोकन अवधि सुरु हुनेछ। त्यसको केही घण्टापछि यान चन्द्रमाको पछाडि पुग्दा पृथ्वीसँगको सञ्चार सम्पर्क केही समयका लागि विच्छेद हुनेछ।

साँझ ७:०२ बजे यान चन्द्रमाको सतहबाट मात्र ४ हजार ६६ माइलको दूरीमा हुनेछ  जुन यस यात्राकै सबैभन्दा नजिकको बिन्दु हो। “यस दूरीबाट चालक दलले चन्द्रमाको पूर्ण हिस्सा र उत्तरी तथा दक्षिणी ध्रुवीय क्षेत्रहरू एकसाथ देख्न पाउनेछन्,” नासाले उल्लेख गरेको छ।

यस यात्राको अर्को विशेष आकर्षण सूर्यग्रहण हुनेछ। ओरायन, चन्द्रमा र सूर्य एउटै रेखामा पर्दा अन्तरिक्ष यात्रीहरूले करिब एक घण्टासम्म सूर्य चन्द्रमाको पछाडि लुकेको अद्भुत दृश्य देख्न पाउनेछन्। नासाले यस ऐतिहासिक ‘फ्लाईबाई’ को प्रत्यक्ष प्रसारण सोमबार दिउँसो १ बजेदेखि सुरु गर्ने जानकारी दिएको छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...