Tekmandu

एनसेलको नयाँ वर्ष अफर: ६९९ रुपैयाँमै अनलिमिटेड इन्टरनेट र कल, शुल्क ६५ प्रतिशतले घट्यो

काठमाण्डौं — निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना ग्राहकका लागि आक्रामक ‘कम्बो प्याक’ सार्वजनिक गरेको छ। कम्पनीले कल र इन्टरनेट सेवाको शुल्कमा भारी कटौती गर्दै ६५ प्रतिशत सस्तो मूल्यमा अनलिमिटेड प्याक ल्याएको हो।

यसअघि १ हजार ९ सय ९९ रुपैयाँ पर्ने उही सेवालाई एनसेलले अब मात्र ६९९ रुपैयाँ (करसहित) मा उपलब्ध गराउने भएको छ। यो प्याकको समयावधि २८ दिन रहने कम्पनीले जनाएको छ।

के-के छन् सुविधा ?

नयाँ कम्बो प्याक अन्तर्गत ग्राहकले निम्नलिखित सुविधाहरू पाउनेछन्:

  • अनलिमिटेड डेटा: इन्टरनेट चलाउन कुनै सीमा नरहने।
  • अनलिमिटेड कल: नेपालको कुनै पनि नेटवर्कमा जति पनि कुरा गर्न सकिने।
  • एसएमएस: दैनिक १०० वटा नि:शुल्क एसएमएस।
  • मनोरञ्जन: लायन्स गेट प्ले (Lionsgate Play) मा नि:शुल्क पहुँच, जहाँ हलिउड फिल्म, सिरिज र ओरिजिनल कन्टेन्टहरू हेर्न सकिनेछ।

कसरी लिने यो प्याक ?

ग्राहकले आफ्नो मोबाइलबाट *123# डायल गरी यो प्याक सुचारु गर्न सक्नेछन्। यसका साथै एनसेल एप, आधिकारिक वेबसाइट, नजिकैको एनसेल सेन्टर वा एनसेल पसलहरूबाट पनि यो सेवा खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

‘डिजिटल नेपाल’ बनाउने लक्ष्य

बढ्दो डिजिटल मागलाई सम्बोधन गर्न यो योजना ल्याइएको एनसेलका चीफ कन्सुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले बताए। “कनेक्टिभिटीको महत्व र बढ्दो मागलाई ध्यानमा राख्दै हामीले यो ‘बेस्ट भ्यालु’ प्याक ल्याएका हौं,” दत्ताले भने, “यसले ग्राहकको जीवनलाई ‘नन्-स्टप’ र डिजिटल बनाउनुका साथै सरकारको अनलाइन सेवा प्रवर्द्धन गर्ने योजनामा पनि मद्दत पुर्‍याउनेछ।”

विशेषगरी वर्क फ्रम होम, अनलाइन शिक्षा, गेमिङ र डिजिटल कारोबार गर्नेहरूका लागि यो प्याक निकै किफायती हुने दाबी गरिएको छ। ६९९ रुपैयाँमा २८ दिनसम्म ढुक्कसँग इन्टरनेट र कल प्रयोग गर्न पाइने भएपछि यसले बजारमा कडा प्रतिस्पर्धा सिर्जना गर्ने देखिएको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...