Tekmandu

इन्टरनेट बिना नै बोलाईलाई लेखाइमा बदल्ने ‘एलोक्वेन्ट’ एप सार्वजनिक

काठमाण्डौं — विश्व प्रसिद्ध प्रविधि कम्पनी गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित नयाँ डिक्टेसन एप ‘गुगल एआई एज एलोक्वेन्ट’ (Google AI Edge Eloquent) सार्वजनिक गरेको छ। कम्पनीले कुनै औपचारिक तामझाम बिना नै सोमबार आइओएस (iOS) प्रयोगकर्ताका लागि यो एप सार्वजनिक गरेको हो।

विशेषगरी विस्पर फ्लो र सुपर विस्पर जस्ता एपहरूसँग प्रतिस्पर्धा गर्न ल्याइएको यो एपले इन्टरनेट बिना (अफलाइन) पनि आवाजलाई टेक्स्टमा रूपान्तरण गर्न सक्छ। गुगलको ‘जेम्मा’ (Gemma) मोडलमा आधारित यस एपले प्रयोगकर्ताले बोलेका कुराहरूलाई दुरुस्त उतार्ने मात्र नभई त्यसलाई परिष्कृत समेत गर्नेछ।

के छन् विशेषता ?

यस एपको सबैभन्दा ठूलो विशेषता भनेको यसले बोलेका कुराहरूबाट ‘अनावश्यक शब्द’ हटाउनु हो। प्रयोगकर्ताले बोल्दा प्रयोग गर्ने ‘उम’ (um) वा ‘आ’ (ah) जस्ता शब्दहरूलाई एपले स्वतः फिल्टर गरेर हटाउँछ र स्पष्ट वाक्य तयार पारिदिन्छ।

एपमा ट्रान्सक्रिप्सनका लागि ‘की पोइन्ट्स’, ‘फर्मल’, ‘सर्ट’ र ‘लङ’ जस्ता विकल्पहरू उपलब्ध छन्  जसले गर्दा तयार भएको टेक्स्टलाई आफ्नो आवश्यकता अनुसार ढाल्न सकिन्छ। प्रयोगकर्ताले पूर्ण रूपमा गोपनीयता चाहने हो भने ‘क्लाउड मोड’ बन्द गरेर फोनभित्रै (Local-only processing) डाटा प्रोसेसिङ गर्न सक्ने सुविधा पनि यसमा छ।

जिमेलसँगको आबद्धता र तथ्याङ्क विश्लेषण

‘एलोक्वेन्ट’ एपले प्रयोगकर्ताको जिमेल अकाउन्टबाट नाम, प्राविधिक शब्दावली र किवर्डहरू पहिचान गर्न सक्छ  जसले गर्दा डिक्टेसन गर्दा गल्ती हुने सम्भावना कम हुन्छ। एपले प्रयोगकर्ताले प्रति मिनेट कति शब्द बोले, कुल शब्द संख्या र पछिल्लो सेसनको इतिहास समेत देखाउँछ।

गुगलले एप स्टोरमा उल्लेख गरे अनुसार  यो केवल आवाजलाई टेक्स्टमा बदल्ने सफ्टवेयर मात्र नभएर प्रयोगकर्ताको वास्तविक आशय बुझ्ने प्रविधि हो। यसले बीचमा रोकिएका वा सच्याइएका शब्दहरूलाई हटाएर सफा र व्यावसायिक भाषा (Prose) तयार पार्छ।

एन्ड्रोइडमा पनि आउने तयारी

हाल आइओएसमा मात्र उपलब्ध भए पनि एप स्टोरको विवरणमा एन्ड्रोइड संस्करणबारे पनि उल्लेख गरिएको छ। एन्ड्रोइडमा यो एपलाई ‘डिफल्ट किबोर्ड’को रूपमा सेट गर्न सकिनेछ  जसले गर्दा मोबाइलका जुनसुकै स्थानमा पनि बोलकै भरमा सन्देश वा इमेल लेख्न सहज हुनेछ। साथै  यसमा अन्य एपहरू चलाउँदा पनि सजिलै प्रयोग गर्न मिल्ने गरी ‘फ्लोटिङ बटन’को फिचर पनि रहनेछ।

पछिल्लो समय एआईमा आधारित स्पीच-टु-टेक्स्ट प्रविधिको लोकप्रियता बढिरहेको सन्दर्भमा गुगलले यो नयाँ प्रयोग सुरु गरेको हो। यो परीक्षण सफल भएमा आगामी दिनमा एन्ड्रोइडका अन्य फिचरहरूमा पनि ठूलो सुधार आउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...