Tekmandu

एलन मस्कको स्टारलिङ्कलाई चुनौती दिँदै अमेजनले ११.५७ अर्ब डलरमा किन्यो स्याटेलाइट कम्पनी ‘ग्लोबलस्टार’

काठमाण्डौं —विश्वकै ठुलो इ-कमर्स तथा प्रविधि कम्पनी अमेजनले अमेरिकी स्याटेलाइट टेलिकम कम्पनी ‘ग्लोबलस्टार’ (Globalstar) लाई ११.५७ अर्ब डलरमा खरिद गर्ने भएको छ। अमेजनले प्रति सेयर ९० डलरका दरले ग्लोबलस्टार प्राप्ति (Acquire) गर्ने सहमति भएसँगै एलन मस्कको स्टारलिङ्क र अमेजनबीचको व्यावसायिक प्रतिस्पर्धा थप रोचक मोडमा पुगेको छ।

यसअघि स्पेसएक्स (SpaceX) यो दौडमा अगाडि रहेको चर्चा चले पनि अन्तत  अमेजनले यसलाई आफ्नो बनाउन सफल भएको हो। यो सम्झौता सन् २०२७ भित्र पूरा हुने अपेक्षा गरिएको छ।

एप्पलसँगको साझेदारी कायमै रहने

यो खरिद प्रक्रियाको सबैभन्दा रोचक पक्ष एप्पल (Apple) सँगको सम्बन्ध हो। ग्लोबलस्टारले हाल आइफोन १४ र त्यसपछिका मोडेलहरू तथा एप्पल वाच अल्ट्रा ३ का लागि ‘एसओएस’ (SOS) स्याटेलाइट सेवा प्रदान गर्दै आएको छ। अमेजनले ग्लोबलस्टार खरिद गरे पनि एप्पलसँगको यो सहकार्यलाई अझ सुदृढ बनाउने सम्झौता गरेको छ।

अमेजनका डिभाइस एन्ड सर्भिस विभागका सिनियर भाइस प्रेसिडेन्ट पानोस पाैनेले एक विज्ञप्ति जारी गर्दै अमेजनको आविष्कार र ग्लोबलस्टारको अनुभवले ग्राहकलाई झनै छिटो र भरपर्दो सेवा प्रदान गर्ने बताएका छन्। त्यस्तै  एप्पलका सिनियर भाइस प्रेसिडेन्ट ग्रेग जोस्वियाकले पनि अमेजनसँगको सहकार्यलाई लिएर उत्साह व्यक्त गरेका छन्।

सन् २०२८ देखि ‘डाइरेक्ट-टु-डिभाइस’ सेवा

यस सम्झौतामार्फत अमेजनले ग्लोबलस्टारका २४ वटा भूउपग्रहहरूको सञ्जालमा पहुँच पाउनेछ। यसलाई अमेजनले आफ्नो निर्माणाधीन ‘लियो’ (Leo) ब्रोडब्यान्ड प्रणाली र ‘डाइरेक्ट-टु-डिभाइस’ (D2D) स्याटेलाइट प्रणालीसँग एकीकृत गर्नेछ। अमेजनले सन् २०२८ को सुरुवातदेखि नै भूउपग्रहबाट सिधै मोबाइलमा सञ्चार सेवा पुर्‍याउने (D2D) लक्ष्य राखेको छ।

सेयरधनीका लागि विकल्प

सम्झौताअनुसार ग्लोबलस्टारका सेयरधनीहरूले प्रति सेयर ९० डलर नगद वा प्रति सेयर ०.३२१० को अनुपातमा अमेजनको साधारण सेयर प्राप्त गर्न सक्नेछन्। अमेजनको सेयर रोज्दा पनि यसको भ्यालु प्रति सेयर ९० डलरमा सीमित गरिएको छ।

यस प्राप्तिसँगै अमेजनले अन्तरिक्षमा आधारित इन्टरनेट र सञ्चार सेवाको बजारमा आफ्नो पकड बलियो बनाएको छ  जसले सिधै मस्कको स्टारलिङ्कलाई टक्कर दिने प्रविधि विश्लेषकहरूले बताएका छन्।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...