Tekmandu

एलन मस्कको स्टारलिङ्कलाई चुनौती दिँदै अमेजनले ११.५७ अर्ब डलरमा किन्यो स्याटेलाइट कम्पनी ‘ग्लोबलस्टार’

काठमाण्डौं —विश्वकै ठुलो इ-कमर्स तथा प्रविधि कम्पनी अमेजनले अमेरिकी स्याटेलाइट टेलिकम कम्पनी ‘ग्लोबलस्टार’ (Globalstar) लाई ११.५७ अर्ब डलरमा खरिद गर्ने भएको छ। अमेजनले प्रति सेयर ९० डलरका दरले ग्लोबलस्टार प्राप्ति (Acquire) गर्ने सहमति भएसँगै एलन मस्कको स्टारलिङ्क र अमेजनबीचको व्यावसायिक प्रतिस्पर्धा थप रोचक मोडमा पुगेको छ।

यसअघि स्पेसएक्स (SpaceX) यो दौडमा अगाडि रहेको चर्चा चले पनि अन्तत  अमेजनले यसलाई आफ्नो बनाउन सफल भएको हो। यो सम्झौता सन् २०२७ भित्र पूरा हुने अपेक्षा गरिएको छ।

एप्पलसँगको साझेदारी कायमै रहने

यो खरिद प्रक्रियाको सबैभन्दा रोचक पक्ष एप्पल (Apple) सँगको सम्बन्ध हो। ग्लोबलस्टारले हाल आइफोन १४ र त्यसपछिका मोडेलहरू तथा एप्पल वाच अल्ट्रा ३ का लागि ‘एसओएस’ (SOS) स्याटेलाइट सेवा प्रदान गर्दै आएको छ। अमेजनले ग्लोबलस्टार खरिद गरे पनि एप्पलसँगको यो सहकार्यलाई अझ सुदृढ बनाउने सम्झौता गरेको छ।

अमेजनका डिभाइस एन्ड सर्भिस विभागका सिनियर भाइस प्रेसिडेन्ट पानोस पाैनेले एक विज्ञप्ति जारी गर्दै अमेजनको आविष्कार र ग्लोबलस्टारको अनुभवले ग्राहकलाई झनै छिटो र भरपर्दो सेवा प्रदान गर्ने बताएका छन्। त्यस्तै  एप्पलका सिनियर भाइस प्रेसिडेन्ट ग्रेग जोस्वियाकले पनि अमेजनसँगको सहकार्यलाई लिएर उत्साह व्यक्त गरेका छन्।

सन् २०२८ देखि ‘डाइरेक्ट-टु-डिभाइस’ सेवा

यस सम्झौतामार्फत अमेजनले ग्लोबलस्टारका २४ वटा भूउपग्रहहरूको सञ्जालमा पहुँच पाउनेछ। यसलाई अमेजनले आफ्नो निर्माणाधीन ‘लियो’ (Leo) ब्रोडब्यान्ड प्रणाली र ‘डाइरेक्ट-टु-डिभाइस’ (D2D) स्याटेलाइट प्रणालीसँग एकीकृत गर्नेछ। अमेजनले सन् २०२८ को सुरुवातदेखि नै भूउपग्रहबाट सिधै मोबाइलमा सञ्चार सेवा पुर्‍याउने (D2D) लक्ष्य राखेको छ।

सेयरधनीका लागि विकल्प

सम्झौताअनुसार ग्लोबलस्टारका सेयरधनीहरूले प्रति सेयर ९० डलर नगद वा प्रति सेयर ०.३२१० को अनुपातमा अमेजनको साधारण सेयर प्राप्त गर्न सक्नेछन्। अमेजनको सेयर रोज्दा पनि यसको भ्यालु प्रति सेयर ९० डलरमा सीमित गरिएको छ।

यस प्राप्तिसँगै अमेजनले अन्तरिक्षमा आधारित इन्टरनेट र सञ्चार सेवाको बजारमा आफ्नो पकड बलियो बनाएको छ  जसले सिधै मस्कको स्टारलिङ्कलाई टक्कर दिने प्रविधि विश्लेषकहरूले बताएका छन्।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...