Tekmandu

अब तपाईँको मनसाय बुझेर एआईले तस्बिर बनाउने

काठमाण्डौं — प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्लेटफर्म ‘जेमिनाई’ मा नयाँ अपडेट ल्याएको छ । गुगलले बिहीबार ‘जेमिनाई’ को ‘पर्सनल इन्टेलिजेन्स’ फिचरमा ‘नानो बनाना’ (Nano Banana) द्वारा सञ्चालित इमेज जेनेरेसन प्रविधि थप गरिएको घोषणा गरेको हो ।

यस नयाँ सुविधासँगै अब जेमिनाईले प्रयोगकर्ताको व्यक्तिगत सन्दर्भ र रुचिलाई बुझेर तस्बिरहरू तयार गर्नेछ ।

व्यक्तिगत रुचि र सन्दर्भको स्वत  पहिचान

यो फिचरको मुख्य विशेषता भनेको प्रयोगकर्ताले तस्बिर बनाउनका लागि विस्तृत विवरण (Prompt) दिइरहनु पर्दैन । जेमिनाईले प्रयोगकर्ताको गुगल अकाउन्ट, जिमेल र गुगल फोटोज जस्ता माध्यमबाट प्राप्त डेटाका आधारमा प्रयोगकर्ताको मनपर्ने कुरा र रुचिहरू पहिले नै बुझिसकेको हुन्छ ।

उदाहरणका लागि  यदि तपाईंलाई टेनिस र संगीत मनपर्छ भने अब ‘टेनिस र संगीतमा मेरो रुचिअनुसार ड्रिम होमको तस्बिर बनाऊ’ भन्नुको सट्टा ‘मेरो ड्रिम होम डिजाइन गर’ मात्र भन्दा पनि जेमिनाईले तपाईंको रुचि समेटेर तस्बिर बनाइदिनेछ ।

यति मात्र नभई  ‘नानो बनाना’ सञ्चालित यो संयन्त्रले गुगल फोटोजमा रहेका लेबलहरू समेत बुझ्न सक्छ । प्रयोगकर्ताले ‘म र मेरो परिवारको मनपर्ने काम गरिरहेको तस्बिर बनाऊ’ भन्दा यसले फोटोमा भएको ‘फ्यामिली’ (Family) लेबल र गतिविधिलाई पहिचान गरी तस्बिर सिर्जना गर्नेछ ।

पारदर्शी स्रोत र प्रतिक्रियाको सुविधा

जेमिनाईले कुन आधारमा वा कुन सन्दर्भबाट तस्बिर तयार गर्‍यो भन्ने जानकारी प्रयोगकर्ताले ‘सोर्सेस’ (Sources) बटन थिचेर हेर्न सक्नेछन् । गुगलले अन्य फिचरहरूमा जस्तै यसमा पनि कहिलेकाहीँ सन्दर्भ गलत हुन सक्ने स्वीकार गर्दै प्रयोगकर्तालाई ‘फिडब्याक’ दिने विकल्प उपलब्ध गराएको छ । साथै  प्रयोगकर्ताले ‘+’ आइकनमा क्लिक गरेर रेफरेन्स फोटोहरू पनि अपलोड गर्न सक्नेछन् ।

उपलब्धता

यो नयाँ फिचर आगामी केही दिनभित्र अमेरिकामा रहेका ‘प्लस’, ‘प्रो’ र ‘अल्ट्रा’ सब्सक्राइबरहरूका लागि उपलब्ध हुनेछ । गुगलले छिट्टै नै यसलाई क्रोम डेस्कटप र अन्य प्रयोगकर्ताहरूका लागि पनि विस्तार गर्ने योजना बनाएको छ ।

गुगलले यसै वर्षको सुरुमा ‘पर्सनल इन्टेलिजेन्स’ सुरु गरेको थियो भने मार्च महिनामा अमेरिकाका सबै प्रयोगकर्ताका लागि खुला गरिएको थियो । यसै साता मात्र यो फिचर भारत र जापान लगायतका देशहरूमा पनि विस्तार गरिएको छ ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...