काठमाण्डौं — एनसेलका ग्राहकहरूले अब देशभरका हिमालयन जाभाका आउटलेटहरूमा कफी र खानेकुराको मज्जा लिँदा विशेष सहुलियत पाउने भएका छन्। नयाँ वर्ष २०८३ को अवसर पारेर एनसेल र हिमालयन जाभा कफीबिच ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
यो साझेदारीसँगै एनसेलका सक्रिय ग्राहकहरूले हिमालयन जाभाका प्रिमियम कफी, पेय पदार्थ र विभिन्न परिकारहरूमा आकर्षक अफरहरूको लाभ लिन सक्नेछन्।
कस्ता छन् अफरहरू?
एनसेल र हिमालयन जाभाले ग्राहकको आवश्यकता र प्रयोगका आधारमा विभिन्न श्रेणीमा छुटको व्यवस्था गरेका छन्:
- बाइ वान गेट वान फ्रि: ४९९ रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्ने एनसेल ग्राहकले एक कप कफी किन्दा अर्को एक कप निःशुल्क प्राप्त गर्नेछन्। साथै तेस्रो कपको खरिदमा ३० प्रतिशत छुट उपलब्ध हुनेछ।
- युवा र पर्यटकलाई २०% छुट: २५ वर्ष वा सोभन्दा कम उमेरका युवा र एनसेल सिम प्रयोग गर्ने पर्यटकहरूका लागि ९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक प्रयोग गर्दा सबै खानेकुरा र पेय पदार्थमा २० प्रतिशत छुट दिइनेछ।
- अन्य ग्राहकलाई १०% छुट: ९९ रुपैयाँ माथिको प्याक वा रेन्टल प्लानमा रहेका अन्य सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका मेनुमा १० प्रतिशत छुट पाउनेछन्।
छुट कसरी लिने?
यो अफर प्राप्त गर्न ग्राहकले कुनै झन्झटिलो दर्ता प्रक्रिया पूरा गर्नुपर्दैन।
- एनसेल एप (Ncell App) मा जानुहोस्।
- एपभित्र रहेको ‘पार्टनर्ड सर्भीसेस’ (Partnered Services) सेक्सनमा जानुहोस्।
- त्यहाँ ‘हिमालयन जाभा कफी’ छनोट गरी आफ्नो योग्यता (Eligibility) चेक गर्नुहोस्।
- अर्डर दिने बेला एनसेल एपको ‘लाइभ स्क्रिन’ हिमालयन जाभाका कर्मचारीलाई देखाउनुपर्नेछ (स्क्रिनसट मान्य हुने छैन)।
“सम्बन्धहरूलाई अनुभवमार्फत प्रगाढ बनाउनुपर्छ भन्ने हाम्रो विश्वास हो। यो साझेदारीले हाम्रा ग्राहकलाई व्यस्त दैनिकीबाट केही समय निकालेर एकअर्कासँग जोडिन र खुसी साट्न थप मद्दत पुग्नेछ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले भने।
त्यस्तै हिमालयन जाभा कफीका संस्थापक आनन्द गुरुङले एनसेलसँगको सहकार्यले देशभरका कफी प्रेमीहरूलाई प्रिमियम अनुभवका साथै रोमाञ्चक अफर दिन पाउँदा उत्साहित रहेको बताएका छन्।
यो योजना अन्तर्गत ग्राहकले आफ्नो योग्यता अनुसार एक बिलमा एउटा मात्र (सबैभन्दा धेरै) छुटको सुविधा पाउनेछन्। प्याक सक्रिय रहेको अवधिभर ग्राहकले यो सुविधा पटक-पटक प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ।
