Tekmandu

गुगलले ल्यायो इन्टरनेटबिना नै चल्ने ‘जेम्मा ४’ एआई, स्मार्टफोनमै यसरी गर्न सकिन्छ सेटअप

काठमाण्डौं — प्रविधि क्षेत्रको अग्रणी कम्पनी गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुनियाँमा नयाँ फड्को मार्दै ‘जेम्मा ४’ (Gemma 4) सार्वजनिक गरेको छ। यस एआई मोडलको सबैभन्दा ठूलो विशेषता भनेको यो इन्टरनेट कनेक्सनबिना नै तपाईँको स्मार्टफोनमा सञ्चालन हुन सक्छ।

अहिलेसम्मका चर्चित एआई च्याटबोटहरू क्लाउड सर्भरमा आधारित हुने भएकाले इन्टरनेट अनिवार्य हुन्थ्यो। तर  जेम्मा ४ ले स्मार्टफोनकै प्रोसेसिङ पावर प्रयोग गर्ने भएकाले प्रयोगकर्ताको डाटा गोपनीयता (Data Privacy) थप सुरक्षित हुने दाबी गरिएको छ।

के हो जेम्मा ४?

जेम्मा ४ गुगलको चर्चित ‘जेमिनी’ रिसर्चमा आधारित एक हल्का (Lightweight) र शक्तिशाली एआई मोडल हो। यसलाई विशेष गरी मोबाइल उपकरणहरूमा अफलाइन काम गर्न मिल्ने गरी डिजाइन गरिएको छ। गुगलले यसलाई चारवटा भेरिएन्टमा उपलब्ध गराएको छ:

  • इफेक्टिभ २बी (E2B): तीब्र गतिको कामका लागि।
  • इफेक्टिभ ४बी (E4B): अझ स्मार्ट नतिजाका लागि।
  • २६बी (MoE) ३१बी (Dense): जटिल कार्य र उच्च क्षमताका लागि।

किन खास छ ‘एआई एज ग्यालरी’ एप?

गुगलले यो एआई चलाउनका लागि एन्ड्रोइड र आईओएस दुवैमा ‘गुगल एआई एज’ (Google AI Edge) एप सार्वजनिक गरेको छ। सामान्य एआई एपहरूले तपाईँको प्रश्न सर्भरमा पठाएर उत्तर ल्याउँछन्  तर यस एपले ‘अन-डिभाइस प्रोसेसिङ’ प्रविधिमार्फत फोनभित्रै काम गर्छ।

यसका प्रमुख फाइदा:

  • पूर्ण अफलाइन सेवा: च्याटिङ, फोटो विश्लेषण र ट्रान्सक्रिप्सनका लागि इन्टरनेट चाहिँदैन।
  • उच्च गोपनीयता: तपाईँको कुनै पनि व्यक्तिगत डाटा फोन बाहिर जाँदैन।
  • सुपर फास्ट: सर्भरसँग कनेक्ट हुनु नपर्ने हुँदा यसले तत्कालै प्रतिक्रिया दिन्छ।

एपमा पाइने अन्य सुविधाहरू

गुगल एआई एज एपमा केवल च्याटिङ मात्र नभई दैनिक कामलाई सहज बनाउने थुप्रै फिचरहरू छन्:

१. थिङ्किङ मोड: एआईले कसरी सोचेर उत्तर तयार पार्यो भन्ने प्रक्रिया प्रयोगकर्ताले देख्न सक्छन्।

२. स्मार्ट वर्कस्पेस: लामो लेखको सारांश निकाल्न वा लेखिएको कुरालाई थप परिष्कृत गर्न सकिन्छ।

३. आस्क इमेज अडियो स्क्राइब: फोटो अपलोड गरेर त्यसको विवरण सोध्न सकिने र आवाजलाई तत्काल टेक्स्टमा बदलेर अनुवाद गर्न सकिने सुविधा यसमा छ।

४. एजेन्ट स्किल्स: यसले विकिपिडिया वा गुगल म्याप्स जस्ता बाह्य माध्यमसँग जोडिएर पनि काम गर्न सक्छ।

स्मार्टफोनमा कसरी गर्ने सेटअप?

तपाईँको स्मार्टफोनमा जेम्मा ४ प्रयोग गर्न यी प्रक्रिया अपनाउन सक्नुहुन्छ:

  • स्टेम १: एन्ड्रोइडका लागि ‘प्ले स्टोर’ र आईफोनका लागि ‘एप स्टोर’ बाट Google AI Edge एप डाउनलोड गर्नुहोस्। (आईफोन प्रयोगकर्ताका लागि आईफोन १५ प्रो वा सोभन्दा माथिका मोडलमा यो अझ प्रभावकारी हुन्छ।)
  • स्टेप २: एप खोलेपछि आफ्नो आवश्यकता अनुसार एआई च्याट वा अडियो स्क्राइब जस्ता मोड छनोट गर्नुहोस्।
  • स्टेप ३: ‘Models’ ट्याबमा गएर आफ्नो फोनको क्षमता अनुसारको मोडल (E2B वा E4B) डाउनलोड गर्नुहोस्।
  • स्टेप ४: मोडल डाउनलोड भइसकेपछि तपाईँले डाटा अफ गरेर पनि एआईको आनन्द लिन सक्नुहुन्छ।

प्रविधि विज्ञहरूका अनुसार गुगलको यो कदमले एआईलाई थप पहुँचयोग्य र सुरक्षित बनाएको छ  विशेष गरी इन्टरनेटको पहुँच कम भएका वा डाटा सुरक्षामा संवेदनशील प्रयोगकर्ताका लागि यो कोशेढुङ्गा साबित हुन सक्छ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...