Tekmandu

विद्यार्थी लक्षित एनसेलको ‘पहिलो सिम’, ५० मिनेट टक टाइम र रिचार्जमा बोनस डाटा

काठमाण्डौं — एनसेलले माध्यमिक शिक्षा परीक्षा (SEE) दिएका विद्यार्थीहरूका लागि विशेष अफर ‘पहिलो सिम’ सार्वजनिक गरेको छ। विद्यार्थीहरूलाई सुलभ दरमा सञ्चार र डिजिटल सिकाइको पहुँच पुर्‍याउने उद्देश्यले कम्पनीले यो अफर ल्याएको हो।

यस योजना अन्तर्गत विद्यार्थीले करसहित मात्र ५० रुपैयाँमा एनसेलको प्रिपेड सिम कार्ड खरिद गर्न सक्नेछन्। सिम लिँदा विद्यार्थीहरूले आफ्नो रुचिअनुसारको मोबाइल नम्बर समेत छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ।

के के छन् सुविधाहरू?

‘पहिलो सिम’ सुचारु गर्दा विद्यार्थीहरूले तत्काल निम्न सुविधाहरू प्राप्त गर्नेछन्:

  • डाटा टक टाइम: २ जीबी डाटा र सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेट टक टाइम।
  • डिजिटल लर्निङ: २८ दिनका लागि ‘मेरो स्कुल’ (डिजिटल लर्निङ प्लेटफर्म) मा निःशुल्क पहुँच  जहाँ पाठ्यक्रममा आधारित भिडिओ सामग्रीहरू उपलब्ध छन्।
  • गेमिङ: ‘गेमिङ् प्रिमियर लिग’ (GPL) पोर्टलमा २८ दिनसम्म निःशुल्क पहुँच।
  • खल्तीमा फ्री डाटा: डिजिटल वालेट ‘खल्ती’ प्रयोग गर्दा कुनै डाटा शुल्क लाग्ने छैन।

साथै  यो सिम लिएका ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढीको प्रत्येक रिचार्जमा ५०० एमबी बोनस डाटा (७ दिनका लागि) समेत प्राप्त गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ।

सिम कसरी लिने?

एसईई दिएका विद्यार्थीले देशैभरका कुनै पनि एनसेल सेन्टरबाट यो सिम लिन सक्नेछन्। सिम कार्डका लागि निम्न कागजातहरू आवश्यक पर्नेछ:

१. विद्यार्थीको एसईई प्रवेश पत्र (Admit Card)।

२. आफ्नो आमा वा बुबाको नागरिकताको फोटोकपी।

३. एक प्रति पासपोर्ट साइजको फोटो।

कम्पनीले एसईईपछि खाली समयमा रहेका विद्यार्थीहरूलाई साथीभाइ र परिवारसँग सम्पर्कमा रहन र अनलाइनमार्फत नयाँ कुरा सिक्न यो सिमले मद्दत पुर्‍याउने विश्वास लिएको छ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...