Tekmandu

नेटवर्क API बाट आम्दानी बढाउन टेलिकम कम्पनीहरूका लागि बैंकिङ र मिडिया क्षेत्र मुख्य आधार

काठमाण्डौं — टेलिकम अपरेटरहरूका लागि ‘नेटवर्क API’ (एप्लीकेसन प्रोग्रामिङ इन्टरफेस) मार्फत आम्दानी गर्ने सबैभन्दा ठूलो अवसर बैंकिङ र मिडिया क्षेत्रमा देखिएको छ। मोबाइल उद्योगको विश्वव्यापी निकाय जीएसएमए (GSMA) को अनुसन्धान शाखा ‘जीएसएमए इन्टेलिजेन्स’ (GSMAi) ले सार्वजनिक गरेको नयाँ सूचकांकले यस्तो तथ्य औंल्याएको हो।

GSMAi का अनुसार वित्तीय सेवा र मनोरञ्जन क्षेत्रले टेलिकम कम्पनीहरूका लागि ‘नेटवर्क API मोनिटाइजेसन’ मा अग्रस्थान ओगटेका छन्।

बैंकिङमा उच्च माग, मिडियामा बढी कमाइ

संस्थाले तयार पारेको ‘ओपन गेटवे डिमान्ड’ (OGD) इन्डेक्सका अनुसार विभिन्न क्षेत्रहरूमध्ये बैंकिङ र वित्तीय सेवा ७९ स्कोरका साथ शीर्ष स्थानमा छ। यस क्षेत्रमा नेटवर्क API को माग उच्च रहनुका साथै अपनाउने तयारी पनि तीव्र देखिएको छ।

विशेष गरी डिजिटल बैंकिङ र भुक्तानी सेवामा प्रयोगकर्ताको आधिकारिकता पुष्टि गर्न ‘सिम स्वाप’ (SIM Swap) वा ‘नम्बर भेरिफिकेसन’ (Number Verification) जस्ता API को प्रयोग बढेको छ।

यस्तै  दोस्रो स्थानमा रहेको मिडिया र मनोरञ्जन क्षेत्रले पनि ७९ स्कोर नै प्राप्त गरेको छ। यो क्षेत्रमा वित्तीय क्षेत्रको तुलनामा माग केही कम भए पनि आम्दानीको सम्भावना (Revenue Potential) भने सबैभन्दा उच्च देखिएको छ। गुणस्तरीय कनेक्टिभिटीका लागि यस क्षेत्रमा ‘क्वालिटी एरेन्स’ (Quality Assurance) जस्ता उच्च मूल्यका API को प्रयोग बढ्दो छ।

कुन क्षेत्रको अवस्था कस्तो ? (तालिका)

इन्डेक्समा विभिन्न क्षेत्रको वरियता यसप्रकार छ:

स्वास्थ्य सार्वजनिक क्षेत्रमा बजेटको चुनौती

अनुसन्धानका अनुसार रिटेल, स्वास्थ्य र सार्वजनिक क्षेत्रमा उद्यमहरूको माग उच्च भए पनि बजारको अवसर भने केही कम देखिएको छ। यसको मुख्य कारण ती क्षेत्रहरूमा रहेको बजेटको सीमिततालाई मानिएको छ।

यद्यपि  स्वास्थ्य क्षेत्रमा भने उत्साहजनक नतिजा देखिएको छ। रिपोर्टका अनुसार ७० प्रतिशत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ‘डेभलपर्स’ हरूले अपरेटरहरूसँगको साझेदारीमा नेटवर्क API प्रयोग गरिसकेका छन्। जबकी समग्र इकोसिस्टममा यो औसत दर ४५ प्रतिशत मात्र छ।

के हो ‘ओपन गेटवे’ पहल ?

जीएसएमएले सन् २०२३ को सुरुवातमै ‘ओपन गेटवे’ पहल सुरु गरेको थियो। यसको मुख्य उद्देश्य टेलिकम नेटवर्कहरूमा एउटै खालको (Common) नेटवर्क API ढाँचा लागू गर्नु हो। हालसम्म विश्वका ८६ वटा अपरेटर ग्रुपहरू (जसमा ३०० भन्दा बढी नेटवर्कहरू छन्) यसमा आबद्ध भइसकेका छन्।

मोनिटाइजेसनका लागि मुख्य मन्त्र

GSMAi ले API बाट व्यावसायिक लाभ लिन अपरेटरहरूलाई तीनवटा मुख्य सुझाव दिएको छ:

१. माग मात्र हुनु पर्याप्त छैन  त्यसलाई सेवामा बदल्न जरुरी छ।

२. आम्दानीको रणनीति बनाउँदा विशिष्ट क्षेत्र (Verticals) मा केन्द्रित हुनुपर्छ।

३. मूल्य निर्धारण गर्दा नेटवर्कको लागतभन्दा पनि ग्राहकले पाउने ‘भ्यालु’ लाई आधार मान्नुपर्छ।

यो प्रतिवेदन सन् २०२५ को मध्यतिर ५,३०० भन्दा बढी व्यावसायिक उत्तरदाताहरूमाझ गरिएको सर्वेक्षणका आधारमा तयार पारिएको हो। नेटवर्क API को प्रयोगमा अहिले मुख्य अवरोधका रूपमा सीमित बजार माग र व्यावसायिक व्यवहारिकता सम्बन्धी चिन्तालाई लिइएको छ।

सम्बन्धित समाचार

९९ प्रतिशत इन्टरनेट डेटा बोक्ने समुद्रमुनिका केबुलको रोचक कथा

९९ प्रतिशत इन्टरनेट डेटा बोक्ने समुद्रमुनिका केबुलको रोचक कथा

काठमाण्डौं — समुद्रको गहिराइमा अनेकौँ विचित्रका जीवजन्तु भेटिन्छन्। तर  के तपाईंलाई थाहा छ? तपाईंले हेर्ने टिकटक भिडियोदेखि इमेल र...
हुवावे आईसीटी प्रतिस्पर्धा २०२५–२६ को ग्लोबल फाइनल सम्पन्न, २ लाख २० हजार विद्यार्थी सहभागी

हुवावे आईसीटी प्रतिस्पर्धा २०२५–२६ को ग्लोबल फाइनल सम्पन्न, २ लाख २० हजार विद्यार्थी सहभागी

शेन्जेन (चीन) — हुवावे सूचना तथा सञ्चार प्रविधि (ICT) प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी अन्तिम चरण तथा पुरस्कार वितरण समारोह ची...
नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदमा पुन  दरखास्त आह्वान

नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदमा पुन दरखास्त आह्वान

काठमाण्डौं —  सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदका लागि पुन दरखास्त आह्वान गरेको छ। यसअघि प...
कुन गल्तीमा फेसबुक एकाउन्ट बन्द हुन्छ? मेटाकै ओभरसाइट बोर्ड भन्छ- ‘नियम नै स्पष्ट छैन’

कुन गल्तीमा फेसबुक एकाउन्ट बन्द हुन्छ? मेटाकै ओभरसाइट बोर्ड भन्छ- ‘नियम नै स्पष्ट छैन’

काठमाण्डौं — सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्ना प्रयोगकर्ताका एकाउन्ट बन्द (Deactivate) गर्दा कुनै स्पष्ट कारण र पारदर्शी प्रक्रिय...