Tekmandu

नेटवर्क API बाट आम्दानी बढाउन टेलिकम कम्पनीहरूका लागि बैंकिङ र मिडिया क्षेत्र मुख्य आधार

काठमाण्डौं — टेलिकम अपरेटरहरूका लागि ‘नेटवर्क API’ (एप्लीकेसन प्रोग्रामिङ इन्टरफेस) मार्फत आम्दानी गर्ने सबैभन्दा ठूलो अवसर बैंकिङ र मिडिया क्षेत्रमा देखिएको छ। मोबाइल उद्योगको विश्वव्यापी निकाय जीएसएमए (GSMA) को अनुसन्धान शाखा ‘जीएसएमए इन्टेलिजेन्स’ (GSMAi) ले सार्वजनिक गरेको नयाँ सूचकांकले यस्तो तथ्य औंल्याएको हो।

GSMAi का अनुसार वित्तीय सेवा र मनोरञ्जन क्षेत्रले टेलिकम कम्पनीहरूका लागि ‘नेटवर्क API मोनिटाइजेसन’ मा अग्रस्थान ओगटेका छन्।

बैंकिङमा उच्च माग, मिडियामा बढी कमाइ

संस्थाले तयार पारेको ‘ओपन गेटवे डिमान्ड’ (OGD) इन्डेक्सका अनुसार विभिन्न क्षेत्रहरूमध्ये बैंकिङ र वित्तीय सेवा ७९ स्कोरका साथ शीर्ष स्थानमा छ। यस क्षेत्रमा नेटवर्क API को माग उच्च रहनुका साथै अपनाउने तयारी पनि तीव्र देखिएको छ।

विशेष गरी डिजिटल बैंकिङ र भुक्तानी सेवामा प्रयोगकर्ताको आधिकारिकता पुष्टि गर्न ‘सिम स्वाप’ (SIM Swap) वा ‘नम्बर भेरिफिकेसन’ (Number Verification) जस्ता API को प्रयोग बढेको छ।

यस्तै  दोस्रो स्थानमा रहेको मिडिया र मनोरञ्जन क्षेत्रले पनि ७९ स्कोर नै प्राप्त गरेको छ। यो क्षेत्रमा वित्तीय क्षेत्रको तुलनामा माग केही कम भए पनि आम्दानीको सम्भावना (Revenue Potential) भने सबैभन्दा उच्च देखिएको छ। गुणस्तरीय कनेक्टिभिटीका लागि यस क्षेत्रमा ‘क्वालिटी एरेन्स’ (Quality Assurance) जस्ता उच्च मूल्यका API को प्रयोग बढ्दो छ।

कुन क्षेत्रको अवस्था कस्तो ? (तालिका)

इन्डेक्समा विभिन्न क्षेत्रको वरियता यसप्रकार छ:

स्वास्थ्य र सार्वजनिक क्षेत्रमा बजेटको चुनौती

अनुसन्धानका अनुसार रिटेल, स्वास्थ्य र सार्वजनिक क्षेत्रमा उद्यमहरूको माग उच्च भए पनि बजारको अवसर भने केही कम देखिएको छ। यसको मुख्य कारण ती क्षेत्रहरूमा रहेको बजेटको सीमिततालाई मानिएको छ।

यद्यपि  स्वास्थ्य क्षेत्रमा भने उत्साहजनक नतिजा देखिएको छ। रिपोर्टका अनुसार ७० प्रतिशत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित ‘डेभलपर्स’ हरूले अपरेटरहरूसँगको साझेदारीमा नेटवर्क API प्रयोग गरिसकेका छन्। जबकी समग्र इकोसिस्टममा यो औसत दर ४५ प्रतिशत मात्र छ।

के हो ‘ओपन गेटवे’ पहल ?

जीएसएमएले सन् २०२३ को सुरुवातमै ‘ओपन गेटवे’ पहल सुरु गरेको थियो। यसको मुख्य उद्देश्य टेलिकम नेटवर्कहरूमा एउटै खालको (Common) नेटवर्क API ढाँचा लागू गर्नु हो। हालसम्म विश्वका ८६ वटा अपरेटर ग्रुपहरू (जसमा ३०० भन्दा बढी नेटवर्कहरू छन्) यसमा आबद्ध भइसकेका छन्।

मोनिटाइजेसनका लागि ३ मुख्य मन्त्र

GSMAi ले API बाट व्यावसायिक लाभ लिन अपरेटरहरूलाई तीनवटा मुख्य सुझाव दिएको छ:

१. माग मात्र हुनु पर्याप्त छैन  त्यसलाई सेवामा बदल्न जरुरी छ।

२. आम्दानीको रणनीति बनाउँदा विशिष्ट क्षेत्र (Verticals) मा केन्द्रित हुनुपर्छ।

३. मूल्य निर्धारण गर्दा नेटवर्कको लागतभन्दा पनि ग्राहकले पाउने ‘भ्यालु’ लाई आधार मान्नुपर्छ।

यो प्रतिवेदन सन् २०२५ को मध्यतिर ५,३०० भन्दा बढी व्यावसायिक उत्तरदाताहरूमाझ गरिएको सर्वेक्षणका आधारमा तयार पारिएको हो। नेटवर्क API को प्रयोगमा अहिले मुख्य अवरोधका रूपमा सीमित बजार माग र व्यावसायिक व्यवहारिकता सम्बन्धी चिन्तालाई लिइएको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...