Tekmandu

विश्वभर ५जी कनेक्सन ३ अर्ब नाघ्यो, टेलिकम क्षेत्रमा अझै चुनौती कायम

काठमाण्डौं — विश्वभर ५जी सेवाको विस्तार तीव्र गतिमा भइरहेको देखिएको छ। विश्लेषण संस्था Omdia को पछिल्लो तथ्यांकअनुसार सन् २०२५ मा ५जी कनेक्सन ३ अर्ब नाघेको छ  जुन अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि हो।

रिपोर्टअनुसार ग्लोबल कनेक्टिभिटी बजार जसमा मोबाइल, फिक्स्ड ब्रडब्यान्ड र फिक्स्ड भ्वाइस सेवा पर्दछन् , सन् २०२५ को चौथो त्रैमासमा ३३३ अर्ब डलर पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले बढी हो।
पूरै वर्षको आम्दानी भने १.३ ट्रिलियन डलर पुगेको छ  जसले ४ प्रतिशत वार्षिक वृद्धि देखाउँछ।

५जीको तीव्र विस्तार, एसिया अग्रस्थानमा

५जी विस्तारको गति उच्च रहे पनि टेलिकम उद्योग अझै पुरानै मुख्य व्यवसायमा निर्भर रहेको रिपोर्टले देखाएको छ। नयाँ आम्दानीका स्रोत खोज्ने प्रयास भइरहे पनि अपेक्षित सफलता हासिल हुन सकेको छैन।

विश्वव्यापी ५जी कनेक्सनमध्ये ६९ प्रतिशत हिस्सा एसियाको रहेको छ  जसले यस क्षेत्रलाई सबैभन्दा ठूलो बजार बनाएको छ।
तुलनात्मक रूपमा ४जी कनेक्सन अझै पनि ८.३ अर्बमा कायम छ।

भारत अगाडि, अमेरिका पछि

सन् २०२५ को चौथो त्रैमासमा भारतले अमेरिकालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो ५जी FWA बजार बनेको छ। भारतमा १४.५ मिलियन कनेक्सन हुँदा अमेरिकामा १३.९ मिलियन रहेको उल्लेख छ।

फिक्स्ड ब्रडब्यान्ड पनि विस्तारमा

फिक्स्ड ब्रडब्यान्डतर्फ सन् २०२५ मा कनेक्सन संख्या १.६ अर्ब पुगेको छ। यसमध्ये FTTx प्रविधि अग्रस्थानमा रहँदै १.१६९ अर्ब कनेक्सन पार गरेको छ  जुन वार्षिक रूपमा ७ प्रतिशत वृद्धि हो।

अमेरिका चीनका कम्पनी अग्रणी

कनेक्टिभिटी आम्दानीका हिसाबले अमेरिका र चीनका अपरेटरहरू अग्रस्थानमा छन्। शीर्ष १० मध्ये ८ स्थान यी दुई देशले ओगटेका छन् भने बाँकी २ जापानका कम्पनीको हिस्सा रहेको छ।

लगानी घटे पनि सुधारको संकेत

सन् २०२५ मा ग्लोबल CAPEX ३०३ अर्ब डलर पुगेको छ  जुन अघिल्लो वर्षको तुलनामा २ प्रतिशतले घटेको हो। यद्यपि सन् २०२४ को ३.५ प्रतिशत गिरावटको तुलनामा यो सुधारको संकेत मानिएको छ।

Ari Lopes का अनुसार टेलिकम उद्योगको मुख्य व्यवसाय अझै महत्वपूर्ण भए पनि ढिलो वृद्धि र नयाँ प्रविधिमा गरिएको लगानीबाट अपेक्षित प्रतिफल नआउँदा दबाब बढिरहेको छ।

नेटवर्क प्रविधिमा तीव्र वृद्धि

यसैबीच Dell’Oro को अर्को रिपोर्टले सन् २०२५ मा Mobile Core Network (MCN) आम्दानी १५ प्रतिशतले बढेको जनाएको छ  जुन सन् २०१४ पछिको सबैभन्दा तीव्र वृद्धि हो।

Huawei, Ericsson, Nokia र ZTE जस्ता शीर्ष भेन्डरहरूले सन् २०२५ मा उच्च वृद्धि हासिल गरेका छन् र बजार हिस्सामा पनि स्थिरता कायम राखेका छन्।

रिपोर्टले मानक निर्धारण निकाय, भेन्डर र अपरेटरबीच सहकार्य बढ्दै गएको उल्लेख गर्दै नयाँ प्रोडक्ट, एप्लिकेसन र मोनेटाइजेसन फिचरमार्फत भविष्यमा थप लाभ हुने अपेक्षा गरिएको जनाएको छ।

सम्बन्धित समाचार

९९ प्रतिशत इन्टरनेट डेटा बोक्ने समुद्रमुनिका केबुलको रोचक कथा

९९ प्रतिशत इन्टरनेट डेटा बोक्ने समुद्रमुनिका केबुलको रोचक कथा

काठमाण्डौं — समुद्रको गहिराइमा अनेकौँ विचित्रका जीवजन्तु भेटिन्छन्। तर  के तपाईंलाई थाहा छ? तपाईंले हेर्ने टिकटक भिडियोदेखि इमेल र...
हुवावे आईसीटी प्रतिस्पर्धा २०२५–२६ को ग्लोबल फाइनल सम्पन्न, २ लाख २० हजार विद्यार्थी सहभागी

हुवावे आईसीटी प्रतिस्पर्धा २०२५–२६ को ग्लोबल फाइनल सम्पन्न, २ लाख २० हजार विद्यार्थी सहभागी

शेन्जेन (चीन) — हुवावे सूचना तथा सञ्चार प्रविधि (ICT) प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी अन्तिम चरण तथा पुरस्कार वितरण समारोह ची...
नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदमा पुन  दरखास्त आह्वान

नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदमा पुन दरखास्त आह्वान

काठमाण्डौं —  सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदका लागि पुन दरखास्त आह्वान गरेको छ। यसअघि प...
कुन गल्तीमा फेसबुक एकाउन्ट बन्द हुन्छ? मेटाकै ओभरसाइट बोर्ड भन्छ- ‘नियम नै स्पष्ट छैन’

कुन गल्तीमा फेसबुक एकाउन्ट बन्द हुन्छ? मेटाकै ओभरसाइट बोर्ड भन्छ- ‘नियम नै स्पष्ट छैन’

काठमाण्डौं — सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्ना प्रयोगकर्ताका एकाउन्ट बन्द (Deactivate) गर्दा कुनै स्पष्ट कारण र पारदर्शी प्रक्रिय...