Tekmandu

ह्वाट्सएपमा पनि पैसा तिरेर ‘प्रिमियम’ फिचर पाइने, यस्ता छन् नयाँ सुविधाहरू

काठमाण्डौं — इन्स्टाग्राम र स्न्यापच्याट जस्तै अब म्यासेजिङ एप ह्वाट्सएपले पनि आफ्ना प्रयोगकर्ताका लागि सशुल्क ‘प्रिमियम’ सेवा ल्याउने तयारी गरेको छ। कम्पनीले हाल ‘ह्वाट्सएप प्लस’ (WhatsApp Plus) नामको नयाँ सब्सक्रिप्शन टियर परीक्षण गरिरहेको छ।

सामाजिक सञ्जाल विज्ञ म्याट नाभारासहित धेरै प्रयोगकर्ताहरूले यो नयाँ फिचर देखिएको जानकारी दिएका छन्। ह्वाट्सएपको मातृ कम्पनी मेटाका प्रवक्ताले  यस परीक्षणको पुष्टि गरेका छन्।

के-के हुनेछन् ‘ह्वाट्सएप प्लस’ मा?

यो सशुल्क सेवा मुख्यतया एपको सजावट र व्यक्तिगत रुचिका फिचरहरूमा केन्द्रित रहनेछ। मेटाका अनुसार यसका मुख्य विशेषताहरू यस प्रकार छन्:

  • च्याट थिम रिङ्टोन: प्रयोगकर्ताले आफ्नो रुचि अनुसार विभिन्न च्याट थिम, कल रिङ्टोन र नोटिफिकेसन टोनहरू राख्न पाउनेछन्।
  • पिन च्याट (Pinned Chats): हाल नि:शुल्क संस्करणमा ३ वटा च्याट मात्र पिन गर्न मिल्ने सुविधा छ। ‘ह्वाट्सएप प्लस’ मा प्रयोगकर्ताले २० वटासम्म च्याट पिन गर्न सक्नेछन्।
  • कस्टम लिस्ट: च्याटहरूलाई व्यवस्थित गर्न थप ‘कस्टम लिस्ट’ बनाउन सकिनेछ।
  • कस्टम आइकन: एपको आइकनलाई समेत आफ्नो इच्छा अनुसार परिवर्तन गर्न मिल्नेछ।

तर  यो सशुल्क सेवामा पनि ‘स्टाटस’ मा देखिने विज्ञापनहरू हट्ने बारे भने कम्पनीले केही उल्लेख गरेको छैन।

मूल्य कति पर्ला?

ह्वाट्सएपले आधिकारिक रूपमा मूल्य सार्वजनिक नगरे पनि ‘वाटा इन्फो’ (WABetaInfo) का अनुसार युरोपमा यसको मासिक शुल्क २.४९ युरो र पाकिस्तानमा २२९ रुपैयाँ (करिब ०.८२ डलर) सम्म पर्न सक्छ। कम्पनीले सुरुमा प्रयोगकर्ताहरूलाई एक महिनाको ‘फ्री ट्रायल’ समेत उपलब्ध गराएको बताइएको छ।

वर्षपछि फेरि सशुल्क मोडेलतर्फ

सन् २०१६ मा फेसबुकले ह्वाट्सएप किनेपछि यसअघि लाग्दै आएको १ डलरको वार्षिक शुल्क हटाएको थियो। त्यसयता ह्वाट्सएप पूर्ण रूपमा नि:शुल्क रहँदै आएको थियो।

अहिले आएर ‘ह्वाट्सएप प्लस’ को परीक्षण हुनुलाई मेटाको आम्दानी बढाउने रणनीतिको रूपमा हेरिएको छ। सन् २०२५ को चौथो त्रैमासिकमा मेटाको एपहरूको आम्दानी ५४ प्रतिशतले बढेर ८०१ मिलियन डलर पुगेको छ  जसमा ह्वाट्सएपको ‘पेड म्यासेजिङ’ को ठूलो भूमिका छ। रिपोर्ट अनुसार ह्वाट्सएपको वार्षिक आम्दानीको दर (Run-rate) अहिले २ अर्ब डलर नाघिसकेको छ।

३ अर्बभन्दा बढी प्रयोगकर्ता रहेको ह्वाट्सएपले हाल यो फिचर सीमित बजारमा मात्र परीक्षण गरिरहेको छ। त्यसैले तत्कालै यो सबै प्रयोगकर्ताका लागि उपलब्ध हुनेछैन।

सम्बन्धित समाचार

विन्डोज प्रयोगकर्ताका लागि आयो गूगलको जेमिनाई  एप

विन्डोज प्रयोगकर्ताका लागि आयो गूगलको जेमिनाई एप

काठमाडौं — गूगलले आफ्ना विन्डोज कम्प्युटर प्रयोगकर्ताहरूलाई लक्षित गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल जेमिनाई (Gemini) को न...
बाढी प्रभावित क्षेत्रमा सञ्चार जोड्न एनसेलले सुरु गर्‍यो स्याटलाइट इन्टरनेट

बाढी प्रभावित क्षेत्रमा सञ्चार जोड्न एनसेलले सुरु गर्‍यो स्याटलाइट इन्टरनेट

काठमाडौं —  भोटेकोशी नदीमा आएको बाढीका कारण सञ्चार सेवाबाट विच्छेद भएका प्रभावित क्षेत्रमा निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसे...
गुगल फोटोजमा जेमिनी स्पार्कको नयाँ सुविधा, फोटो व्यवस्थापन AI मार्फत गर्न सकिने

गुगल फोटोजमा जेमिनी स्पार्कको नयाँ सुविधा, फोटो व्यवस्थापन AI मार्फत गर्न सकिने

काठमाडौं —  गुगलले आफ्नो कृत्रिम बुद्धिमत्ता (AI) प्रणाली Gemini Spark लाई Google Photos सँग एकीकृत गर्ने घोषणा गरेको छ। नयाँ सुवि...
एनसेलको निःशुल्क सेवा थप एक साता लम्बियो, ९२ प्रतिशत टावर सञ्चालनमा

एनसेलको निःशुल्क सेवा थप एक साता लम्बियो, ९२ प्रतिशत टावर सञ्चालनमा

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि एनसेलले प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि थप ...