Tekmandu

अमेरिकाको विश्वव्यापी चेतावनी- ‘चिनियाँ कम्पनीहरूले एआई चोरी गरिरहेका छन्’

काठमाण्डौं — अमेरिकाको स्टेट डिपार्टमेन्ट (State Department) ले चिनियाँ कम्पनीहरूले अमेरिकी आर्टिफिसियल इन्टेलिजेन्स (AI) ल्याबहरूबाट बौद्धिक सम्पत्ति चोरी गरिरहेको भन्दै विश्वभर ‘ग्लोबल वार्निङ’ जारी गर्न निर्देशन दिएको छ।

एक कुटनीतिक पत्र (Cable) अनुसार  चर्चित एआई स्टार्टअप DeepSeek सहितका चिनियाँ कम्पनीहरूले अमेरिकी एआई मोडलहरूको तथ्याङ्क अनधिकृत रूपमा प्रयोग गरिरहेको दाबी गरिएको छ। शुक्रबार विश्वभरका कन्सुलर पोस्टहरूमा पठाइएको उक्त पत्रमा अमेरिकी एआई मोडलहरूको ‘एक्स्ट्रयाक्सन’ (Extraction) र ‘डिस्टिलेसन’ (Distillation) बारे विदेशी समकक्षहरूसँग चासो व्यक्त गर्न आफ्ना कर्मचारीहरूलाई निर्देशन दिइएको छ।

के हो ‘डिस्टिलेसन’ को विवाद?

एआईको भाषामा ‘डिस्टिलेसन’ एउटा यस्तो प्रक्रिया हो जसमा ठूला र खर्चिला एआई मोडलहरूबाट निस्कने आउटपुट प्रयोग गरेर साना एआई मोडलहरूलाई तालिम दिइन्छ। यसले गर्दा शक्तिशाली एआई औजार बनाउन लाग्ने खर्च निकै कम हुन्छ।

अमेरिकाले चिनियाँ कम्पनीहरूले यसै विधिमार्फत अमेरिकी कम्पनीहरूको प्रविधि चोरी गरेर सस्तोमा आफ्ना उत्पादन ल्याइरहेको आरोप लगाएको छ। ह्वाइट हाउसले पनि यसै साता यस्तै आरोप लगाएको थियो। यसअघि OpenAI ले पनि अमेरिकी सांसदहरूलाई DeepSeek ले ChatGPT को नक्कल गर्न खोजिरहेको चेतावनी दिएको थियो।

चीनको प्रतिवाद- ‘आरोप आधारहीन छ’

वासिङ्टनस्थित चिनियाँ दूतावासले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ  “चिनियाँ संस्थाहरूले अमेरिकी एआई बौद्धिक सम्पत्ति चोरेको भन्ने दाबी निराधार छ र यो चीनको एआई उद्योगको विकासमाथि गरिएको सुनियोजित प्रहार हो।”

विवादकै बीच  DeepSeek ले शुक्रबार आफ्नो बहुप्रतिक्षित नयाँ मोडल V4 को ‘प्रिभ्यु’ सार्वजनिक गरेको छ। यो मोडल Huawei को चिप टेक्नोलोजीमा आधारित छ  जसले यस क्षेत्रमा चीनको बढ्दो आत्मनिर्भरतालाई देखाउँछ। DeepSeek ले यसअघि आफ्नो मोडल निर्माणमा OpenAI को डाटा प्रयोग नगरेको दाबी गर्दै आएको छ।

सुरक्षा गोपनीयताको जोखिम

अमेरिकी स्टेट डिपार्टमेन्टको पत्रमा भनिएको छ कि यसरी ‘डिस्टिलेसन’ गरिएका मोडलहरू सस्तो त हुन्छन्  तर तिनीहरूले सक्कली सिस्टमको जस्तो पूर्ण कार्यक्षमता राख्दैनन्। पत्रका अनुसार यस्ता अभियानहरूले:

  • एआई मोडलमा भएका सुरक्षा प्रोटोकलहरू (Security Protocols) लाई हटाउने जोखिम रहन्छ।
  • एआई मोडललाई वैचारिक रूपमा तटस्थ र सत्य खोज्ने बनाउने संयन्त्रहरूलाई नष्ट गरिदिन्छन्।

डाटा गोपनीयताको चिन्ता देखाउँदै धेरै पश्चिमा र केही एसियाली मुलुकहरूले आफ्ना सरकारी अधिकारीहरूलाई DeepSeek प्रयोग गर्न प्रतिबन्ध लगाइसकेका छन्। यद्यपि Open-source प्लेटफर्महरूमा यो अझै पनि अत्यधिक प्रयोग हुने मोडलमध्ये एक हो।

बढ्दो तनाव ट्रम्पको चीन भ्रमण

यो कुटनीतिक पत्र यस्तो समयमा बाहिर आएको छ  जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तापछि बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

गत अक्टोबरमा केही मत्थर भएको दुई महाशक्ति राष्ट्रबीचको ‘टेक वार’ (Tech War) यो नयाँ घटनाक्रमले पुन चर्किने र तनाव बढ्ने देखिएको छ। पत्रमा DeepSeek का अलावा अन्य चिनियाँ एआई कम्पनीहरू Moonshot AI र MiniMax को नाम पनि उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...