Tekmandu

एप विस्थापित गर्दै ओपनएआईले ल्याउँदैछ आफ्नै स्मार्टफोन, एआई एजेन्टले गर्नेछन् सबै काम

काठमाण्डौं — च्याटजीपीटी (ChatGPT) को सफलतापछि आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा क्रान्ति ल्याएको कम्पनी ओपनएआई (OpenAI) ले अब हार्डवेयर बजारमा तहल्का मच्चाउने तयारी गरेको छ। पछिल्लो समय चर्चामा रहेका विभिन्न हल्लाहरूका बीच ओपनएआईले आफ्नै स्मार्टफोन निर्माण गर्न लागेको खबर सार्वजनिक भएको छ।

प्रख्यात उद्योग विश्लेषक मिङ-ची कुओ (Ming-Chi Kuo) का अनुसार ओपनएआईले मिडियाटेक (MediaTek), क्वालकम (Qualcomm) र लक्ससेयर (Luxshare) जस्ता दिग्गज कम्पनीहरूसँग मिलेर एआई केन्द्रित स्मार्टफोन विकास गरिरहेको छ।

एपको साटो एआई एजेन्टको दबदबा

अहिलेका स्मार्टफोनहरूमा हामी विभिन्न कामका लागि फरक फरक एपहरू प्रयोग गर्छौँ। तर  ओपनएआईको यो फोनमा परम्परागत ‘एप’ हरूको साटो एआई एजेन्ट (AI agents) हरूले काम गर्नेछन्।

विश्लेषक कुओका अनुसार एप्पल र गुगलले आफ्नो इकोसिस्टममा एपहरूको पहुँच र कार्यक्षमतामा कडा नियन्त्रण राख्ने गरेका छन्। आफ्नै स्मार्टफोन र हार्डवेयर निर्माण गर्दा ओपनएआईले कुनै पनि प्रतिबन्ध बिना आफ्ना सबै एआई फिचरहरू स्वतन्त्र रूपमा प्रयोग गर्न पाउनेछ। हप्तामा झण्डै एक अर्ब प्रयोगकर्ता पुग्न लागेको च्याटजीपीटीका लागि यो स्मार्टफोन दैनिक जीवनको अभिन्न हिस्सा बन्न सक्ने देखिन्छ।

प्रयोगकर्ताको बानी गोपनीयतामा नयाँ प्रयोग

यो स्मार्टफोन प्रयोगकर्ताको सन्दर्भ (Context) र बानीहरूलाई निरन्तर बुझ्ने गरी डिजाइन गरिनेछ। केवल एउटा एपको तुलनामा स्मार्टफोनकै मालिक हुँदा कम्पनीले प्रयोगकर्ताका रुचि र व्यवहारबारे थप तथ्याङ्क प्राप्त गर्न सक्नेछ। यसका लागि कम्पनीले स-साना अन-डिभाइस मोडल (On-device models) र ठूला क्लाउड मोडल (Cloud models) को मिश्रण प्रयोग गर्नेछ  जसले विभिन्न प्रकारका कार्यहरू सहजै सम्पादन गर्न सकोस्।

कहिले सार्वजनिक होला त ओपनएआईको स्मार्टफोन?

ओपनएआईको यो बहुप्रतिक्षित स्मार्टफोन बजारमा आउन अझै केही समय कुर्नुपर्ने देखिएको छ। रिपोर्टहरूका अनुसार कम्पनीले सन् २०२६ को उत्तरार्धसम्ममा आफ्नो पहिलो हार्डवेयर उत्पादन सार्वजनिक गर्ने लक्ष्य राखेको छ जुन विशेष किसिमको एयरबड्स हुन सक्ने अनुमान गरिएको छ। स्मार्टफोनको हकमा भने सन् २०२७ को पहिलो त्रैमासिकसम्ममा यसको स्पेसिफिकेसन (Specifications) र आवश्यक पार्ट्सहरू आपूर्ति गर्ने कम्पनीहरूको अन्तिम टुङ्गो लगाइनेछ। यदि सबै योजना अनुसार अघि बढेमा सन् २०२८ देखि यो स्मार्टफोनको व्यापक उत्पादन (Mass production) सुरु हुने प्रक्षेपण गरिएको छ। यसरी हेर्दा आगामी दुई देखि तीन वर्षभित्रमा ओपनएआईले विश्व बजारमा आफ्नो भौतिक उपस्थिति बलियो बनाउने निश्चित देखिन्छ।

एप विहीन भविष्यको परिकल्पना

एप विहीन संसारको कल्पना गर्नेमा ओपनएआई एक्लो छैन। नथिङ (Nothing) का सिईओ कार्ल पेईले पनि भविष्यमा एपहरूको अस्तित्व हराएर जाने बताएका छन्। त्यस्तै  ‘भाइब कोडिङ’ एप निर्माताहरूले पनि एआई एजेन्टहरू नै भविष्यको प्रमुख आधार हुने भविष्यवाणी गरेका छन्।

ओपनएआईका प्रमुख ग्लोबल अफेयर्स अफिसर क्रिस लेहानेले सन् २०२६ को दोस्रो छनोटमा पहिलो हार्डवेयर आउने बताए पनि स्मार्टफोनका बारेमा भने कम्पनीले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन। यदि यो योजना सफल भएमा स्मार्टफोन प्रयोग गर्ने हाम्रो शैलीमा ठूलो परिवर्तन आउने निश्चित छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...