Tekmandu

एप विस्थापित गर्दै ओपनएआईले ल्याउँदैछ आफ्नै स्मार्टफोन, एआई एजेन्टले गर्नेछन् सबै काम

काठमाण्डौं — च्याटजीपीटी (ChatGPT) को सफलतापछि आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा क्रान्ति ल्याएको कम्पनी ओपनएआई (OpenAI) ले अब हार्डवेयर बजारमा तहल्का मच्चाउने तयारी गरेको छ। पछिल्लो समय चर्चामा रहेका विभिन्न हल्लाहरूका बीच ओपनएआईले आफ्नै स्मार्टफोन निर्माण गर्न लागेको खबर सार्वजनिक भएको छ।

प्रख्यात उद्योग विश्लेषक मिङ-ची कुओ (Ming-Chi Kuo) का अनुसार ओपनएआईले मिडियाटेक (MediaTek), क्वालकम (Qualcomm) र लक्ससेयर (Luxshare) जस्ता दिग्गज कम्पनीहरूसँग मिलेर एआई केन्द्रित स्मार्टफोन विकास गरिरहेको छ।

एपको साटो एआई एजेन्टको दबदबा

अहिलेका स्मार्टफोनहरूमा हामी विभिन्न कामका लागि फरक फरक एपहरू प्रयोग गर्छौँ। तर  ओपनएआईको यो फोनमा परम्परागत ‘एप’ हरूको साटो एआई एजेन्ट (AI agents) हरूले काम गर्नेछन्।

विश्लेषक कुओका अनुसार एप्पल र गुगलले आफ्नो इकोसिस्टममा एपहरूको पहुँच र कार्यक्षमतामा कडा नियन्त्रण राख्ने गरेका छन्। आफ्नै स्मार्टफोन र हार्डवेयर निर्माण गर्दा ओपनएआईले कुनै पनि प्रतिबन्ध बिना आफ्ना सबै एआई फिचरहरू स्वतन्त्र रूपमा प्रयोग गर्न पाउनेछ। हप्तामा झण्डै एक अर्ब प्रयोगकर्ता पुग्न लागेको च्याटजीपीटीका लागि यो स्मार्टफोन दैनिक जीवनको अभिन्न हिस्सा बन्न सक्ने देखिन्छ।

प्रयोगकर्ताको बानी र गोपनीयतामा नयाँ प्रयोग

यो स्मार्टफोन प्रयोगकर्ताको सन्दर्भ (Context) र बानीहरूलाई निरन्तर बुझ्ने गरी डिजाइन गरिनेछ। केवल एउटा एपको तुलनामा स्मार्टफोनकै मालिक हुँदा कम्पनीले प्रयोगकर्ताका रुचि र व्यवहारबारे थप तथ्याङ्क प्राप्त गर्न सक्नेछ। यसका लागि कम्पनीले स-साना अन-डिभाइस मोडल (On-device models) र ठूला क्लाउड मोडल (Cloud models) को मिश्रण प्रयोग गर्नेछ  जसले विभिन्न प्रकारका कार्यहरू सहजै सम्पादन गर्न सकोस्।

कहिले सार्वजनिक होला त ओपनएआईको स्मार्टफोन?

ओपनएआईको यो बहुप्रतिक्षित स्मार्टफोन बजारमा आउन अझै केही समय कुर्नुपर्ने देखिएको छ। रिपोर्टहरूका अनुसार कम्पनीले सन् २०२६ को उत्तरार्धसम्ममा आफ्नो पहिलो हार्डवेयर उत्पादन सार्वजनिक गर्ने लक्ष्य राखेको छ जुन विशेष किसिमको एयरबड्स हुन सक्ने अनुमान गरिएको छ। स्मार्टफोनको हकमा भने सन् २०२७ को पहिलो त्रैमासिकसम्ममा यसको स्पेसिफिकेसन (Specifications) र आवश्यक पार्ट्सहरू आपूर्ति गर्ने कम्पनीहरूको अन्तिम टुङ्गो लगाइनेछ। यदि सबै योजना अनुसार अघि बढेमा सन् २०२८ देखि यो स्मार्टफोनको व्यापक उत्पादन (Mass production) सुरु हुने प्रक्षेपण गरिएको छ। यसरी हेर्दा आगामी दुई देखि तीन वर्षभित्रमा ओपनएआईले विश्व बजारमा आफ्नो भौतिक उपस्थिति बलियो बनाउने निश्चित देखिन्छ।

एप विहीन भविष्यको परिकल्पना

एप विहीन संसारको कल्पना गर्नेमा ओपनएआई एक्लो छैन। नथिङ (Nothing) का सिईओ कार्ल पेईले पनि भविष्यमा एपहरूको अस्तित्व हराएर जाने बताएका छन्। त्यस्तै  ‘भाइब कोडिङ’ एप निर्माताहरूले पनि एआई एजेन्टहरू नै भविष्यको प्रमुख आधार हुने भविष्यवाणी गरेका छन्।

ओपनएआईका प्रमुख ग्लोबल अफेयर्स अफिसर क्रिस लेहानेले सन् २०२६ को दोस्रो छनोटमा पहिलो हार्डवेयर आउने बताए पनि स्मार्टफोनका बारेमा भने कम्पनीले अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन। यदि यो योजना सफल भएमा स्मार्टफोन प्रयोग गर्ने हाम्रो शैलीमा ठूलो परिवर्तन आउने निश्चित छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...