Tekmandu

यूट्युबमा एआई सर्च फिचरको परीक्षण: अब भिडियो मात्र होइन, एआईले नै दिनेछ स्टेप बाई स्टेप जवाफ

काठमाण्डौं — विश्वको सबैभन्दा ठूलो भिडियो स्ट्रिमिङ प्लेटफर्म YouTube ले प्रयोगकर्ताको सर्च अनुभवलाई थप सहज र स्मार्ट बनाउन नयाँ AI-powered interactive search फिचरको परीक्षण सुरु गरेको छ। विशेषगरी रेसिपी (परिकार बनाउने विधि) र यात्रा योजनाहरू खोज्ने प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यूट्युबले यो नयाँ ‘गाइडेड सर्च’ टुल ल्याएको हो।

यसअघि कुनै पनि कुरा सर्च गर्दा यूट्युबले केवल भिडियोका नतिजाहरू मात्र देखाउने गर्दथ्यो। तर  अब यो नयाँ फिचरमार्फत प्रयोगकर्ताले टेक्स्ट (अक्षर) र भिडियोको मिश्रणसहितको विस्तृत र तहगत जवाफ प्राप्त गर्नेछन्।

के हो ‘Ask YouTube’ फिचर र यसले कसरी काम गर्छ?

यूट्युबले विकास गरेको यस नवीन ‘Ask YouTube’ फिचरले प्रयोगकर्ताको खोज्ने शैलीलाई पूर्णत आधुनिक बनाउनेछ। यस फिचरको प्रमुख विशेषता भनेको प्रयोगकर्ताले कुनै पनि विषयमा विस्तृत र संवादात्मक प्रश्नहरू सोध्न पाउनु हो। उदाहरणका लागि यदि कुनै प्रयोगकर्ताले ” काठमाण्डौंदेखि झापासम्मको ३ दिने रोड ट्रिप प्लान गरिदेऊ” भनी खोजेमा यूट्युबले परम्परागत भिडियो सूचीको सट्टा एआईको सहयोगमा तयार पारिएको स्टेप बाई स्टेप योजना प्रस्तुत गर्नेछ। यसमा टेक्स्ट विवरणका साथै सान्दर्भिक Shorts र लामा भिडियोहरूको उत्कृष्ट मिश्रण समावेश हुनेछ।

यस प्रक्रियामा सिस्टमले भिडियोका मुख्य खण्डहरू (segments), भिडियोको शीर्षक र च्यानलको विस्तृत विवरण समेत उपलब्ध गराउनेछ जसले गर्दा प्रयोगकर्तालाई नयाँ Creators हरू पत्ता लगाउन अझ सहज हुने कम्पनीको विश्वास छ। यति मात्र नभई यो फिचर ‘इन्टरएक्टिभ’ समेत रहेको छ; अर्थात् मुख्य प्रश्नपछि प्रयोगकर्ताले थप जिज्ञासा वा Follow-up questions समेत राख्न सक्नेछन्। जस्तै यात्राको योजना सोधिसकेपछि “त्यहाँ राम्रो कफी कहाँ पाइन्छ?” भनी सोध्दा एआईले तत्कालै सोही सन्दर्भमा आधारित सटीक सुझावहरू प्रदान गर्नेछ।

कसले प्रयोग गर्न पाउनेछन् यो सुविधा?

हाल यो ‘एआई सर्च’ फिचर प्रारम्भिक परीक्षणको चरणमा रहेकाले सबैका लागि उपलब्ध भइसकेको छैन। कम्पनीका अनुसार  यो सेवा तत्कालका लागि अमेरिकामा रहेका १८ वर्ष वा सोभन्दा माथि उमेरका Premium subscribers हरूका लागि मात्र खुला गरिएको छ। इच्छुक प्रिमियम प्रयोगकर्ताहरूले यूट्युबको आधिकारिक प्रयोगधर्मी (Experiment) लिंकमार्फत यसमा सहभागी भएर नयाँ अनुभव लिन सक्नेछन्। यद्यपि यो सुविधा प्रिमियममा मात्र सीमित रहने छैन गुगलले निकट भविष्यमै यो फिचर साधारण अर्थात् non-Premium प्रयोगकर्ताहरूका लागि पनि उपलब्ध गराउने गरी तयारी भइरहेको जानकारी दिएको छ।

गुगलको एआई अभियान भविष्यको रणनीति

गुगलले पछिल्लो समय आफ्ना विभिन्न प्लेटफर्महरूमा AI mode लाई आक्रामक रूपमा विस्तार गरिरहेको छ। गत वर्षदेखि नै गुगलले ‘मल्टी-पार्ट’ प्रश्नहरूको जवाफ दिने गरी एआई मोड सुरु गरेको थियो। यसै वर्ष कम्पनीले साइड बाई साइड वेब ब्राउजिङ र प्रडक्टको मूल्य तुलना गर्ने फिचरहरू पनि थपेको छ।

गत महिना मात्रै गुगलले AI mode भित्र प्रोजेक्टहरू व्यवस्थापन गर्न Gemini’s Canvas फिचर सार्वजनिक गरेको थियो। यूट्युबमा भइरहेको यो नयाँ परीक्षण सफल भएमा कम्पनीले आगामी दिनमा विभिन्न प्रकारका भिडियोहरूका साथै ‘स्पोन्सर’ गरिएका सामग्रीहरू (Ads) समेत एआई सर्चमा समावेश गर्ने सम्भावना रहेको छ।

यो फिचर पूर्ण रूपमा कार्यान्वयनमा आएपछि यूट्युब केवल भिडियो हेर्ने माध्यम मात्र नभई एक शक्तिशाली व्यक्तिगत सहयोगी (Personal Assistant) सरह बन्ने देखिएको छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...