Tekmandu

इन्टरनेट जगतमा नयाँ टाउको दुखाइ, एआईको ‘एलिफेन्ट फ्लो’ले नेटवर्क धान्नै मुस्किल

काठमाण्डौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बढ्दो प्रयोगले इन्टरनेटको परम्परागत ट्राफिक संरचनालाई नै चुनौती दिन थालेको छ। क्लाउड स्टोरेज प्रदायक कम्पनी Backblaze ले सार्वजनिक गरेको सन् २०२६ को पहिलो त्रैमासिक प्रतिवेदनअनुसार  एआईका कारण इन्टरनेटमा अचानक र विशाल डेटा प्रवाह अर्थात् “elephant flows” सिर्जना हुन थालेका छन्।

यसले नेटवर्क अपरेटरहरूलाई आफ्ना पूर्वाधारहरूको क्षमता विस्तार गर्न दबाब बढाएको छ। ब्याकबलेजका नेटवर्क इन्जिनियरिङ म्यानेजर ब्रेन्ट नोवाकका अनुसार  एआई ट्राफिकमा देखिने यस्ता उतारचढाव सामान्य इन्टरनेट वृद्धिभन्दा निकै फरक र अनुमान गर्न कठिन प्रकृतिका छन्।

विन्टर फ्रिज’ ट्राफिकको मौसमी चक्र

ब्याकबलेजको रिपोर्टअनुसार Neocloud र hyperscaler हरूको ट्राफिकमा जाडोयाममा उल्लेख्य गिरावट देखिएको थियो। सन् २०२५ को अन्तिम त्रैमासिकमा कुल भोल्युमको ३६.४ प्रतिशत रहेको यस्तो ट्राफिक सन् २०२६ को पहिलो त्रैमासिकमा घटेर २५.५ प्रतिशतमा खुम्चियो। यद्यपि  मार्च महिनादेखि यसमा पुनः सुधार देखिएको छ।

यसलाई नोवाकले ‘विन्टर फ्रिज’ को संज्ञा दिएका छन्। एआई प्रोजेक्टहरूमा संलग्न टोलीहरू जाडो बिदामा बस्ने हुनाले वा ठूला डेटासेटहरूको प्रोसेसिङ सकिएपछि अर्को चरण सुरु हुन समय लाग्ने हुनाले यस्तो मौसमी चक्र देखिएको हुनसक्ने अनुमान गरिएको छ।

के हो ‘एलिफेन्ट फ्लो’ ?

एआई ट्रेनिङका क्रममा केही सीमित IP addresses बाट विशाल मात्रामा डेटा ट्रान्सफर हुन्छ जसलाई प्राविधिक भाषामा “elephant flows” भनिन्छ। यो परम्परागत CDN ट्राफिकभन्दा ठीक उल्टो प्रकृतिको हुन्छ  जहाँ एउटै फाइल हजारौँ ठाउँमा सानो सानो मात्रामा जान्छ।

एआई मोडेलहरूलाई ट्रेनिङ दिन GPU cluster को समय सीमित र महँगो हुने भएकाले कम्पनीहरूले छोटो समयमै विशाल डेटा लोड गर्नुपर्ने हुन्छ। एउटा मात्र GPU ले ८ देखि १० गिगाबिट प्रति सेकेन्डको दरमा डेटा तान्छ। जब ३० देखि ५० वटा GPUs सँगै चल्छन्  यसले तत्कालै १०० देखि ४०० गिगाबिट प्रति सेकेन्ड (100G/400G) को प्रवाह सिर्जना गर्छ। त्यसमाथि टेक्स्टको सट्टा इमेज, अडियो र भिडियो डेटाको प्रयोग बढ्दा १० पेटबाइटभन्दा ठूला डेटासेटहरू ट्रान्सफर गर्नुपर्ने बाध्यताले नेटवर्कमा ठूलो चाप पारेको छ।

कुन देशमा बढी एआई ट्राफिक?

ब्याकबलेजको तथ्याङ्कअनुसार एआईसँग सम्बन्धित ट्राफिक विशेषगरी अमेरिकाको क्यालिफोर्निया र भर्जिनिया क्षेत्रमा केन्द्रित छ। विश्वव्यापी रूपमा नेदरल्याण्ड्स, सिंगापुर, फिनल्याण्ड, जर्मनी र क्यानडामा पनि यस्तो ट्राफिकको चाप उच्च छ। नयाँ डाटा सेन्टर बजारका रूपमा उदाइरहेको टेक्सास जस्ता क्षेत्रहरू भने अझै शीर्ष स्थानमा आउन सकेका छैनन्।

हार्डवेयर प्रविधिमा तीव्र परिवर्तन

बढ्दो मागलाई सम्बोधन गर्न ब्याकबलेज आफैँले पनि आफ्नो पूर्वाधारमा सुधार गरिरहेको छ। कम्पनीले आफ्नो स्ट्यान्डर्ड पोर्ट क्षमता 100G बाट बढाएर 400G पुर्‍याएको छ भने सक्रिय ग्राहकका लागि टेराबिट रेन्जको क्षमता विस्तार गरिरहेको छ।

बजारमा अहिले 800G र 1.6 terabit का पोर्टहरू समेत आउन थालेका छन्। स्विचिङ प्रविधिमा पनि ठूलो परिवर्तन हुँदैछ। Arista, Juniper र Cisco जस्ता भेन्डरहरूले Co-packaged optics प्रविधिलाई अगाडि बढाइरहेका छन्। यसले कम तापक्रम र कम बिजुली खपतमा उच्च पोर्ट घनत्व प्रदान गर्दछ जसले एआईको यो विशाल र छिटो परिवर्तन हुने ब्यान्डविथको मागलाई धान्न मद्दत पुर्‍याउने देखिन्छ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...