Tekmandu

बालबालिकाको सुरक्षामा कमजोरी देखिएको भन्दै Meta माथि कारबाहीको तयारी

काठमाण्डौं — युरोपेली आयोगले Meta ले १३ वर्षमुनिका बालबालिकालाई Instagram र Facebook प्रयोग गर्नबाट प्रभावकारी रूपमा रोक्न नसकेको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरेको छ।

आयोगले Digital Services Act (DSA) उल्लंघन भएको हुनसक्ने आशंकामा गरेको अनुसन्धानको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै Meta ले “जोखिम पहिचान, मूल्याङ्कन र न्यूनीकरण गर्न पर्याप्त सावधानी नअपनाएको” आरोप लगाएको हो।

आयोगका अनुसार Meta ले आफ्नै नियमअनुसार यी प्लेटफर्म प्रयोग गर्न न्यूनतम उमेर १३ वर्ष तोकेको भए पनि त्यसको कार्यान्वयन प्रभावकारी देखिएको छैन। “कम्पनीले लागू गरेका उपायहरू प्रभावकारी देखिँदैनन्। १३ वर्षभन्दा कम उमेरका प्रयोगकर्तालाई प्लेटफर्ममा प्रवेश गर्नबाट रोक्न र प्रवेश गरिसकेपछि छिटो हटाउन पनि असफल देखिन्छ,” आयोगको विज्ञप्तिमा उल्लेख छ।

यसका साथै प्रयोगकर्ताले आफैं घोषणा गर्ने जन्ममिति (date of birth) को सत्यता जाँच गर्ने कुनै प्रभावकारी प्रणाली नरहेको पनि आयोगले जनाएको छ। बालबालिकाबारे रिपोर्ट गर्ने उपकरणहरू पनि प्रयोग गर्न गाह्रो र प्रभावहीन रहेको निष्कर्षमा उल्लेख गरिएको छ।

युरोपेली आयोगले सन् २०२४ मा Digital Services Act लागू भएपछि Meta विरुद्ध अनुसन्धान सुरु गरेको थियो। यो कानुनले अनलाइन प्लेटफर्महरूले सामग्री व्यवस्थापन र प्रयोगकर्ताको सुरक्षासम्बन्धी जोखिम कसरी सम्हाल्छन् भन्ने विषय समेट्छ।

यदि प्रारम्भिक निष्कर्ष पुष्टि भएमा Meta लाई विश्वव्यापी वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्दछ । सन् २०२५ मा Meta को कुल कारोबार करिब २०१ अर्ब डलर रहेको आधारमा जरिवाना झण्डै १२.६ अर्ब डलरसम्म पुग्न सक्ने देखिन्छ।

युरोपेली आयोगकी टेक सोभरेनिटी, सेक्युरिटी एन्ड डेमोक्रेसीसम्बन्धी कार्यकारी उपाध्यक्ष Henna Virkkunen ले “Meta का आफ्नै नियमले १३ वर्षमुनिका लागि सेवा होइन भनिए पनि व्यवहारमा त्यस्तो देखिँदैन” भन्दै DSA अन्तर्गत कम्पनीहरूले आफ्नै नियम कडाइका साथ लागू गर्नुपर्ने बताइन्।

उता Meta ले आयोगको निष्कर्षसँग असहमति जनाएको छ। कम्पनीले आफूले अपनाएका उपाय प्रभावकारी रहेको दाबी गर्दै उमेर पहिचान गर्ने विषय सम्पूर्ण उद्योगकै चुनौती भएको उल्लेख गरेको छ। साथै थप सुरक्षात्मक उपाय चाँडै लागू गर्ने तयारी रहेको पनि जनाएको छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...