Tekmandu

अब युट्युब चलाउँदै अरू काम पनि गर्न सकिने, विश्वभरका प्रयोगकर्ताका लागि ‘पिक्चर इन पिक्चर’ मोड सार्वजनिक

काठमाण्डौं — विश्वकै लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो बहुप्रतीक्षित  पिक्चर इन पिक्चर (PiP) फिचर अब विश्वभरका सबै एन्ड्रोइड र आईओएस प्रयोगकर्ताका लागि उपलब्ध गराउने भएको छ। यसअघि सीमित प्रयोगकर्ता र प्रिमियम सब्सक्राइबरका लागि मात्र उपलब्ध यो सुविधा अब निःशुल्क प्रयोगकर्ताले पनि चलाउन पाउनेछन्।

‘टिम युट्युब’का अनुसार यो फिचर आगामी केही महिनाभित्रै चरणबद्ध रूपमा सबै प्रयोगकर्ताको अकाउन्टमा देखिनेछ। यसको अर्थ सबैको मोबाइलमा यो सुविधा पुग्न केही समय लाग्न सक्नेछ।

पिक्चर इन पिक्चर (PiP)  मोड यसको प्रयोग विधि

युट्युबले ल्याएको यो नयाँ फिचर प्रयोगकर्ताका लागि निकै सहज र उपयोगी हुने देखिएको छ। यो फिचर उपलब्ध भएपछि प्रयोगकर्ताले युट्युबमा भिडियो हेर्दाहेर्दै एपभन्दा बाहिर निस्किएर मोबाइलमा अन्य कार्यहरू समेत गर्न सक्नेछन्। सामान्यतया युट्युबमा कुनै भिडियो प्ले भइरहेको अवस्थामा प्रयोगकर्ताले ‘स्वाइप अप’ गरेमा वा ‘होम बटन’ थिचेमा एप बन्द हुने गर्दथ्यो। तर  पिक्चर इन पिक्चर मोड सक्रिय भएपछि भने एप बन्द भए पनि भिडियो बन्द हुँदैन।

यस प्रक्रियामा भिडियो मोबाइलको स्क्रिनमा एक सानो ‘मिनी प्लेयर’को रूपमा निरन्तर बजिरहनेछ। यो फिचरको अर्को विशेषता के छ भने  प्रयोगकर्ताले आफ्नो सुविधा र आवश्यकता अनुसार उक्त मिनी प्लेयरलाई स्क्रिनको जुनसुकै भागमा सार्न (Move) समेत सक्नेछन्। यसले गर्दा फेसबुक चलाउँदा, म्यासेज गर्दा वा अन्य कुनै पनि एप प्रयोग गर्दा युट्युबको भिडियो स्क्रिनको एक छेउमा हेरिरहन सम्भव हुनेछ।

कुन देशमा कस्तो सुविधा ?

युट्युबले यो फिचरको सुरुवात सन् २०१८ मा अमेरिकाका एन्ड्रोइड प्रयोगकर्ता र २०२१ मा आईओएस प्रयोगकर्ताका लागि गरेको थियो। अमेरिकामा रहेका प्रयोगकर्ताहरूले पहिलेदेखि नै यो सुविधा उपभोग गरिरहेकाले उनीहरूको अनुभवमा कुनै परिवर्तन नहुने युट्युबले स्पष्ट पारेको छ। तर अब भने अमेरिका बाहिरका अन्य देशका प्रयोगकर्ताहरूले पनि एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा यो फिचर प्रयोग गर्न पाउनेछन्।

यद्यपि  कम्पनीले निःशुल्क र सःशुल्क प्रयोगकर्ताका लागि केही भिन्न सीमाहरू तोकेको छ। निःशुल्क युट्युब चलाउनेहरूले ‘लङnफर्म’ र ‘नन-म्युजिक’ (संगीत बाहेकका) सामग्रीहरूमा मात्र यो फिचर प्रयोग गर्न पाउनेछन्। अर्कोतर्फ  युट्युब प्रिमियमको शुल्क तिर्ने ग्राहकहरूले भने म्युजिक र नन म्युजिक दुवै प्रकारका सामग्रीहरूमा  पिक्चर इन पिक्चर  मोडको पूर्ण फाइदा लिन सक्नेछन्। लामो समयदेखि प्रयोगकर्ताहरूले माग गर्दै आएको यो सुविधाले मोबाइलमा मल्टिटास्किङ गर्नेहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...