Tekmandu

इन्स्टाग्रामको नयाँ नियम, अरूको फोटो कपी गरेर पोस्ट गर्नेको ‘रिच’ घटाइने

काठमाण्डौं — सामाजिक सञ्जाल इन्स्टाग्रामले आफ्नो ‘रिकमेन्डेसन एल्गोरिदम’मा ठूलो परिवर्तन गर्दै ‘ओरिजिनल’ अर्थात् मौलिक सामग्रीलाई प्राथमिकता दिने भएको छ। मेटाले विशेषगरी अरूका फोटो र क्यारोसल पोस्टहरू (एउटै पोस्टमा धेरै फोटोहरू) हुबहु कपी गरेर हाल्ने अकाउन्टहरूको ‘रिच’ घटाउने गरी नयाँ नीति ल्याएको हो।

मेटाले आफ्नो गाइडलाइन अपडेट गर्दै अबदेखि इन्स्टाग्राममा अरूले सिर्जना गरेका फोटो वा क्यारोसलहरूमा खासै परिवर्तन नगरी पुन  पोस्ट गर्ने अकाउन्टहरूलाई दण्डित (Penalize) गर्ने स्पष्ट पारेको छ।

के भन्छ मेटा ?

मेटाले एक ब्लग पोस्टमार्फत जानकारी दिँदै भनेको छ  “यदि तपाईंको अकाउन्टले मुख्यतया अरूले बनाएका वा तपाईं आफैँले ठोस रूपमा परिमार्जन नगरेका रिल्स, फोटो वा क्यारोसलहरू पोस्ट गर्छ भने, तपाईंको अकाउन्ट नयाँ दर्शकहरूसम्म पुग्ने सम्भावना कम हुन्छ। अर्थात् इन्स्टाग्रामले त्यस्ता पोस्टहरूलाई ‘रिकमेन्डेसन’मा पठाउने छैन।”

यो परिवर्तन मुख्यतया ‘एग्रिगेटर’ अकाउन्टहरूलाई लक्षित गरी ल्याइएको हो जसले अरूका सामग्रीहरू संकलन गरेर आफ्नो अकाउन्टमा सेयर गर्ने गर्दछन्। मेटाले सन् २०२४ मै रिल्सको हकमा यस्तो नियम लागू गरे पनि फोटो र क्यारोसलमा भने यो नियम पहिलोपटक विस्तार गरिएको हो। यसअघि फेसबुकमा समेत गुणस्तरीय सामग्रीलाई बढावा दिन यस्तै कडाइ गरिएको थियो।

मिम र फ्यान अकाउन्टलाई चुनौती

नयाँ नियमले इन्स्टाग्राममा निकै लोकप्रिय रहेका मिम (Meme), फ्यान पेज र कमेन्टरी अकाउन्टहरूलाई भने समस्यामा पार्न सक्ने देखिएको छ। यस्ता अकाउन्टहरूले प्राय अरूको सामग्री प्रयोग गरेर आफ्ना कुराहरू राख्ने गर्दछन्।

मेटाले यस्ता अकाउन्ट सञ्चालकहरूलाई आफ्ना पोस्टमा मौलिकता देखाउन सुझाव दिएको छ। पोस्टमा आफ्नै शैलीको एडिटिङ, न्यारेसन (आवाज) वा ग्राफिक्स थपेर त्यसलाई मौलिक बनाउन सकिने कम्पनीको भनाइ छ। तर  फोटोमा वाटरमार्क राख्ने वा सक्कल सिर्जनाकर्तालाई क्रेडिट दिँदैमा मात्रै त्यसलाई ‘ओरिजिनल’ मानिने छैन। मेटाले यसलाई ‘लो इफोर्ट एडिट’को श्रेणीमा राखेको छ।

सक्कली सिर्जनाकर्ता छुट्याउन कठिन

मेटाको यो नयाँ नीतिका केही जटिल पक्षहरू पनि छन्। वर्षौँ पुराना स्क्रिनसट वा भाइरल भएका मिमहरूमा ‘सक्कली’ सिर्जनाकर्ता को हो भनेर एल्गोरिदमले कसरी छुट्याउँछ भन्नेबारे मेटाले स्पष्ट खुलाएको छैन। यसले गर्दा मौलिक सामग्री राख्नेहरू पनि झुक्किएर मर्कामा पर्न सक्ने जोखिम रहन्छ।

यदि कुनै प्रयोगकर्तालाई आफ्नो पोस्टको रिच एल्गोरिदमका कारण घटेको जस्तो लाग्छ भने उनीहरूले ‘अकाउन्ट स्टेटस’ फिचरमार्फत चेक गर्न सक्नेछन्। साथै  इन्स्टाग्रामको निर्णय चित्त नबुझेमा प्रयोगकर्ताले त्यसविरुद्ध उजुरी (Appeal) गर्ने सुविधा समेत दिइएको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...