Tekmandu

इन्स्टाग्रामको नयाँ नियम, अरूको फोटो कपी गरेर पोस्ट गर्नेको ‘रिच’ घटाइने

काठमाण्डौं — सामाजिक सञ्जाल इन्स्टाग्रामले आफ्नो ‘रिकमेन्डेसन एल्गोरिदम’मा ठूलो परिवर्तन गर्दै ‘ओरिजिनल’ अर्थात् मौलिक सामग्रीलाई प्राथमिकता दिने भएको छ। मेटाले विशेषगरी अरूका फोटो र क्यारोसल पोस्टहरू (एउटै पोस्टमा धेरै फोटोहरू) हुबहु कपी गरेर हाल्ने अकाउन्टहरूको ‘रिच’ घटाउने गरी नयाँ नीति ल्याएको हो।

मेटाले आफ्नो गाइडलाइन अपडेट गर्दै अबदेखि इन्स्टाग्राममा अरूले सिर्जना गरेका फोटो वा क्यारोसलहरूमा खासै परिवर्तन नगरी पुन  पोस्ट गर्ने अकाउन्टहरूलाई दण्डित (Penalize) गर्ने स्पष्ट पारेको छ।

के भन्छ मेटा ?

मेटाले एक ब्लग पोस्टमार्फत जानकारी दिँदै भनेको छ  “यदि तपाईंको अकाउन्टले मुख्यतया अरूले बनाएका वा तपाईं आफैँले ठोस रूपमा परिमार्जन नगरेका रिल्स, फोटो वा क्यारोसलहरू पोस्ट गर्छ भने, तपाईंको अकाउन्ट नयाँ दर्शकहरूसम्म पुग्ने सम्भावना कम हुन्छ। अर्थात् इन्स्टाग्रामले त्यस्ता पोस्टहरूलाई ‘रिकमेन्डेसन’मा पठाउने छैन।”

यो परिवर्तन मुख्यतया ‘एग्रिगेटर’ अकाउन्टहरूलाई लक्षित गरी ल्याइएको हो जसले अरूका सामग्रीहरू संकलन गरेर आफ्नो अकाउन्टमा सेयर गर्ने गर्दछन्। मेटाले सन् २०२४ मै रिल्सको हकमा यस्तो नियम लागू गरे पनि फोटो र क्यारोसलमा भने यो नियम पहिलोपटक विस्तार गरिएको हो। यसअघि फेसबुकमा समेत गुणस्तरीय सामग्रीलाई बढावा दिन यस्तै कडाइ गरिएको थियो।

मिम फ्यान अकाउन्टलाई चुनौती

नयाँ नियमले इन्स्टाग्राममा निकै लोकप्रिय रहेका मिम (Meme), फ्यान पेज र कमेन्टरी अकाउन्टहरूलाई भने समस्यामा पार्न सक्ने देखिएको छ। यस्ता अकाउन्टहरूले प्राय अरूको सामग्री प्रयोग गरेर आफ्ना कुराहरू राख्ने गर्दछन्।

मेटाले यस्ता अकाउन्ट सञ्चालकहरूलाई आफ्ना पोस्टमा मौलिकता देखाउन सुझाव दिएको छ। पोस्टमा आफ्नै शैलीको एडिटिङ, न्यारेसन (आवाज) वा ग्राफिक्स थपेर त्यसलाई मौलिक बनाउन सकिने कम्पनीको भनाइ छ। तर  फोटोमा वाटरमार्क राख्ने वा सक्कल सिर्जनाकर्तालाई क्रेडिट दिँदैमा मात्रै त्यसलाई ‘ओरिजिनल’ मानिने छैन। मेटाले यसलाई ‘लो इफोर्ट एडिट’को श्रेणीमा राखेको छ।

सक्कली सिर्जनाकर्ता छुट्याउन कठिन

मेटाको यो नयाँ नीतिका केही जटिल पक्षहरू पनि छन्। वर्षौँ पुराना स्क्रिनसट वा भाइरल भएका मिमहरूमा ‘सक्कली’ सिर्जनाकर्ता को हो भनेर एल्गोरिदमले कसरी छुट्याउँछ भन्नेबारे मेटाले स्पष्ट खुलाएको छैन। यसले गर्दा मौलिक सामग्री राख्नेहरू पनि झुक्किएर मर्कामा पर्न सक्ने जोखिम रहन्छ।

यदि कुनै प्रयोगकर्तालाई आफ्नो पोस्टको रिच एल्गोरिदमका कारण घटेको जस्तो लाग्छ भने उनीहरूले ‘अकाउन्ट स्टेटस’ फिचरमार्फत चेक गर्न सक्नेछन्। साथै  इन्स्टाग्रामको निर्णय चित्त नबुझेमा प्रयोगकर्ताले त्यसविरुद्ध उजुरी (Appeal) गर्ने सुविधा समेत दिइएको छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...