Tekmandu

अब फिटबिट होइन गुगल हेल्थ, एउटै एपमा स्वास्थ्य र फिटनेसको सम्पूर्ण विवरण

काठमाण्डौं — गुगलले फिटबिट एपलाई स्वास्थ्य र फिटनेससम्बन्धी सम्पूर्ण डेटा हेर्न मिल्ने एकीकृत प्लेटफर्ममा रूपान्तरण गर्ने भएको छ। मे १९ देखि नयाँ अपडेट सार्वजनिक भएपछि फिटबिट एपको नाम औपचारिक रूपमा ‘गुगल हेल्थ’ बन्नेछ भने यसको आइकन पनि परिवर्तन हुनेछ।

नयाँ एपमार्फत प्रयोगकर्ताले आफ्नो स्वास्थ्य र फिटनेससम्बन्धी सबै जानकारी एउटै ठाउँबाट हेर्न सक्ने गुगलले जनाएको छ। अहिले गुगल फिट प्रयोग गरिरहेका प्रयोगकर्तालाई भने यो वर्षभित्र आफ्नो डेटा नयाँ एपमा सार्न अनुरोध पठाइनेछ।

नयाँ लेआउटमा  टुडे, फिटनेस, स्लीप र  हेल्थ  गरी चार वटा मुख्य ट्याब रहनेछन्। गुगल हेल्थ प्रिमियम सब्स्क्रिप्सन लिएका प्रयोगकर्ताले भने यी ट्याबहरूसँग जेमिनी पावर्ड गुगल हेल्थ कोचको सुविधा पनि प्रयोग गर्न पाउनेछन्।

‘टुडे’ ट्याबमा दैनिक गतिविधि र स्वास्थ्यसम्बन्धी तथ्याङ्कको समग्र विवरण देख्न पाईनेछ । । हेल्थ कोच प्रयोग गर्न मिल्ने प्रयोगकर्ताले त्यहीँबाट सुझाव र इनसाइट्स पनि पाउनेछन्।

‘फिटनेस’ ट्याबमा वर्कआउट लाइब्रेरी, पछिल्ला गतिविधिहरूको सारांश र ‘वीक्ली प्लान’ राखिएको छ। प्रयोगकर्ताले हेल्थ कोचलाई आफूअनुसारको वर्कआउट योजना बनाउन पनि अनुरोध गर्न सक्नेछन्।

त्यस्तै  ‘स्लीप’ ट्याबमा निद्रासम्बन्धी स्कोर, सुताइको अवधि र REM sleep को विवरण हेर्न सकिनेछ। ‘हेल्थ’ ट्याबमा भने हार्ट रेट, तौल, ब्लड अक्सिजन र ब्लड प्रेसरजस्ता प्रमुख स्वास्थ्य जानकारीहरु उपलब्ध हुनेछन्।

अमेरिकामा रहेका प्रयोगकर्ताले आफ्नो मेडिकल रेकर्ड पनि एपसँग सिंक गर्न सक्नेछन्। त्यसपछि ल्याब रिपोर्ट, औषधिको विवरणलगायत जानकारी एपभित्रै हेर्न मिल्ने गुगलले जनाएको छ।

कम्पनीका अनुसार प्रयोगकर्ताको डेटा एपभित्रै सुरक्षित रूपमा स्टोर हुनेछ र डेटा कसरी प्रयोग वा सेयर गर्ने भन्ने नियन्त्रण प्रयोगकर्ताकै हातमा रहनेछ। पेलोटन र माइफिटनेसपाल जस्ता अन्य हेल्थ एपसँग लिंक गर्न सकिनेछ भने साथीहरूसँग स्टेप्स सेयर गरेर लिडरबोर्ड पनि बनाउन सकिनेछ।

गुगलले फिटबिट प्रयोगकर्ताको स्वास्थ्य तथा वेलनेस डेटा गुगल एड्सका लागि प्रयोग नगर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। कम्पनीले भनेको छ  “फिटबिट एप अब गुगल हेल्थ एप बनेको छ  तर प्रयोगकर्ताको डेटा विज्ञापनका लागि प्रयोग नगर्ने प्रतिबद्धता यथावत् रहनेछ।”

गुगलले आफ्नो व्यक्तिगत एआई हेल्थ कोच सेवा गत वर्ष सार्वजनिक गरेको थियो। यसको क्षमता परीक्षणका लागि NBA सुपरस्टार Stephen Curry सँग समेत सहकार्य गरिएको थियो।

मे १९ देखि हेल्थ कोच  प्रिभ्यू  अवस्थाबाट बाहिरिँदै विश्वभर उपलब्ध हुनेछ। यो सेवा पहिले Fitbit Premium भनेर चिनिने Google Health Premium सब्स्क्रिप्सनअन्तर्गत आउनेछ।

यसको शुल्क मासिक १० डलर वा वार्षिक ९९ डलर तोकिएको छ। तर Google AI Pro र Ultra सब्स्क्राइबरहरूले भने यो सेवा नि शुल्क प्रयोग गर्न पाउनेछन्।

योग्य Fitbit वा Pixel Watch भएका प्रयोगकर्ताले सुरुवाती चरणमै Health Coach प्रयोग गर्न सक्नेछन्। भविष्यमा भने अन्य डिभाइसमा पनि यसको सपोर्ट विस्तार गरिने गुगलले जनाएको छ।

गुगलका अनुसार नयाँ  Fitbit Air मे २६ मा बजारमा आएपछि हेल्थ एपको रोलआउट प्रक्रिया पूर्ण हुनेछ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...