Tekmandu

अनलाइन सेफ्टी शुल्क र जरिवानालाई लिएर बेलायती नियामकविरुद्ध मेटाको चुनौती

काठमाण्डौं — मेटा प्लेटफर्म्सले बेलायतको अनलाइन सेफ्टी कानुनअन्तर्गत लगाइने शुल्क र जरिवानाको गणनाविधिविरुद्ध कानुनी चुनौती दिएको छ। फेसबुक र इन्स्टाग्रामको मातृकम्पनी मेटाले बेलायती सञ्चार नियामक अफकम  (Ofcom) को नीति असन्तुलित र गैरकानुनी भएको दाबी गरेको हो।

लन्डनको हाई कोर्टमा बिहीबार सुनुवाइका क्रममा मेटाले अफकम ले शुल्क र सम्भावित जरिवाना निर्धारण गर्दा बेलायतभित्रको आम्दानी नभई विश्वव्यापी राजस्वलाई आधार बनाएकोमा आपत्ति जनाएको हो।

बेलायतले सन् २०२३ मा लागू गरेको अनलाइन सेफ्टी एक्ट  (Online Safety Act) ले फेसबुकजस्ता सामाजिक सञ्जाल, सर्च इन्जिन तथा पोर्नोग्राफिक सामग्री प्रदायकमाथि कडा मापदण्ड लागू गरेको छ। उक्त कानुनअनुसार अफकमले कम्पनीलाई विश्वव्यापी  आम्दानीको १० प्रतिशतसम्म जरिवाना गर्न सक्छ। साथै नियमन सञ्चालन खर्चसमेत शुल्कमार्फत उठाउन पाउने व्यवस्था छ।

मेटाका अनुसार यस्तो व्यवस्था अनुपातहीन छ र यसले बेलायती नियामक इतिहासकै सबैभन्दा ठूलो जरिवाना निम्त्याउन सक्छ।

कम्पनीले एउटै संस्थाअन्तर्गत रहेका दुई वा बढी प्लेटफर्म संयुक्त रूपमा नियम उल्लंघनमा दोषी ठहरिएमा जरिवाना गणना गर्ने अफकमको नीतिमाथि पनि प्रश्न उठाएको छ। मेटाको दाबी अनुसार त्यस अवस्थामा सम्बन्धित एप वा साइटको आम्दानी होइन  पूरै कम्पनीको विश्वव्यापी राजस्वलाई आधार बनाइन्छ  चाहे त्यो आम्दानी नियमनमा परेका सेवासँग सम्बन्धित होस् वा नहोस्।

मेटाका प्रवक्ताले जारी गरेको वक्तव्यमा भनिएको छ “शुल्क र जरिवाना सम्बन्धित देशमा नियमन भइरहेका सेवाका आधारमा निर्धारण हुनुपर्छ भन्ने हाम्रो विश्वास छ। यसो गर्दा पनि अफकमले बेलायती कर्पोरेट इतिहासकै ठूलो जरिवाना लगाउन सक्नेछ।”

अफकमले भने आफ्नो निर्णयको बचाउ गरेको छ। नियामकका प्रवक्ताका अनुसार शुल्क र जरिवाना सेवा प्रदायकको  विश्वव्यापी आम्दानीका आधारमा तय गरिएको हो।

अफकम को भनाइ छ  “मेटाले शुल्क तिर्न र भविष्यमा लाग्न सक्ने जरिवानाको आधारप्रति आपत्ति जनाएको निराशाजनक छ।”

यो मुद्दाको सुनुवाइ अक्टोबरमा हुने तय भएको छ। सुनुवाइमा कम्प्युटर एन्ड कम्युनिकेशन्स इन्डस्ट्री एसोसिएसन (Computer & Communications Industry Association -CCIA) र एपिक गेम्स (Epic Games) ले पनि हस्तक्षेपका लागि अदालतमा निवेदन दिन सक्ने मेटाका वकिलहरूले बताएका छन्।

CCIA यूकेका वरिष्ठ निर्देशक म्याथ्यु सिन्क्लेयरले मेटाको चुनौतीलाई समर्थन गर्ने बताएका छन्। उनका अनुसार यस मुद्दाले प्रविधि क्षेत्रमा दीर्घकालीन असर पार्न सक्ने भएकाले अदालतलाई त्यसको व्यापक प्रभाव बुझाउन CCIA ले हस्तक्षेप गर्न चाहेको हो।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...