Tekmandu

दूरसञ्चार प्राधिकरणको निमित्त अध्यक्षमा अर्जुन घिमिरेलाई जिम्मेवारी

काठमाण्डौं — सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारी प्राधिकरणकै निर्देशक अर्जुन घिमिरेलाई दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै नयाँ अध्यक्ष नियुक्ति नभएसम्मका लागि घिमिरेलाई उक्त जिम्मेवारी तोकेको हो ।

मन्त्रालयको संस्थान समन्वय शाखाले वैशाख २९ गतेको निर्णयानुसार घिमिरेलाई जिम्मेवारी तोकिएको पत्र पठाएको छ । पत्रमा घिमिरेलाई दैनिक प्रशासनिक तथा आर्थिक अधिकारसमेत प्रयोग गर्ने अख्तियारी दिइएको छ ।

“नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा नयाँ नियुक्ति नभएसम्म दैनिक प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गरी कार्य सञ्चालन गर्न निमित्तको जिम्मेवारी दिइएको व्यहोरा अनुरोध छ,” मन्त्रालयले घिमिरेलाई लेखेको पत्रमा भनिएको छ ।

मन्त्रालयका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारीहरूको (सेवा सर्त सम्बन्धी) विनियमावली, २०७६ को नियम ४३ को उपनियम (२) को व्यवस्था बमोजिम उनलाई निमित्त अध्यक्ष भई काम गर्ने जिम्मेवारी दिइएको हो ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...