Tekmandu

एनसेल फाउन्डेसनले एसईई उत्तीर्ण १०० जना विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाण्डौं — एनसेल फाउन्डेसनले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका १०० जना विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ ।

युवा सशक्तीकरण र शिक्षामा पहुँच बढाउने उद्देश्यले फाउन्डेसनले ‘प्रोजेक्ट शिक्षा’सँगको सहकार्यमा देशभरका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै यो छात्रवृत्ति कार्यक्रम अघि बढाएको हो ।

यस कार्यक्रमअन्तर्गत छनोटमा पर्ने विद्यार्थीले कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति पाउनका लागि विद्यार्थीले सातै प्रदेशमा सञ्चालन हुने लिखित परीक्षा र अन्तर्वार्ता उत्तीर्ण गर्नुपर्नेछ । आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छनोटमा विशेष प्राथमिकता दिइने एनसेलले जनाएको छ ।

अध्ययनका लागि निःशुल्क इन्टरनेट र भ्वाइस सेवा

छात्रवृत्तिका साथै छनोटमा परेका विद्यार्थीलाई अध्ययनमा थप सहजता मिलोस् भनेर एनसेलले १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क उपलब्ध गराउनेछ । यसले विद्यार्थीलाई अनलाइन अध्ययन गर्न, नयाँ अवसरहरू खोज्न र आफ्ना आकांक्षाहरूसँग जोडिन मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले शिक्षा नै देशको भविष्य निर्माण गर्ने आधारभूत स्तम्भ भएको बताइन् । “भौगोलिक र आर्थिक अवस्थाका कारण कुनै पनि युवाको भविष्य निर्धारण हुनु हुँदैन भन्ने हाम्रो मान्यता छ,” उनले भनिन्, “क्षमता भएर पनि अवसरको पर्खाइमा रहेका विद्यार्थीसम्म पुग्न हामीले प्रदेशस्तरीय परीक्षा र पारदर्शी छनोट प्रक्रिया अपनाएका छौँ । यसले सुदृढ र समावेशी भविष्य निर्माणमा योगदान पुग्ने हाम्रो विश्वास छ।”

यसका साथै  हन्ड्रेड ग्रुपद्वारा सञ्चालित ‘प्रोजेक्ट शिक्षा’ले आफ्नै तर्फबाट थप ५० जना विद्यार्थीलाई छुट्टै छात्रवृत्ति प्रदान गर्नेछ । सन् २०१७ देखि सञ्चालन हुँदै आएको यो प्रोजेक्टले एसईई उत्तीर्ण विद्यार्थीका लागि अर्थपूर्ण शैक्षिक अवसरहरू जुटाउँदै आएको छ ।

गत वर्ष पनि एनसेल फाउन्डेसनले देशका विभिन्न भागका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो उनिहरु अहिले विभिन्न कलेजमा कक्षा १२ मा अध्ययनरत छन् ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...