Tekmandu

एनसेल फाउन्डेसनले एसईई उत्तीर्ण १०० जना विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाण्डौं — एनसेल फाउन्डेसनले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका १०० जना विद्यार्थीलाई ‘एनसेल एसईई छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ ।

युवा सशक्तीकरण र शिक्षामा पहुँच बढाउने उद्देश्यले फाउन्डेसनले ‘प्रोजेक्ट शिक्षा’सँगको सहकार्यमा देशभरका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै यो छात्रवृत्ति कार्यक्रम अघि बढाएको हो ।

यस कार्यक्रमअन्तर्गत छनोटमा पर्ने विद्यार्थीले कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति पाउनका लागि विद्यार्थीले सातै प्रदेशमा सञ्चालन हुने लिखित परीक्षा र अन्तर्वार्ता उत्तीर्ण गर्नुपर्नेछ । आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छनोटमा विशेष प्राथमिकता दिइने एनसेलले जनाएको छ ।

अध्ययनका लागि निःशुल्क इन्टरनेट भ्वाइस सेवा

छात्रवृत्तिका साथै छनोटमा परेका विद्यार्थीलाई अध्ययनमा थप सहजता मिलोस् भनेर एनसेलले १२ महिनासम्म लिमिटेड डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि निःशुल्क उपलब्ध गराउनेछ । यसले विद्यार्थीलाई अनलाइन अध्ययन गर्न, नयाँ अवसरहरू खोज्न र आफ्ना आकांक्षाहरूसँग जोडिन मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले शिक्षा नै देशको भविष्य निर्माण गर्ने आधारभूत स्तम्भ भएको बताइन् । “भौगोलिक र आर्थिक अवस्थाका कारण कुनै पनि युवाको भविष्य निर्धारण हुनु हुँदैन भन्ने हाम्रो मान्यता छ,” उनले भनिन्, “क्षमता भएर पनि अवसरको पर्खाइमा रहेका विद्यार्थीसम्म पुग्न हामीले प्रदेशस्तरीय परीक्षा र पारदर्शी छनोट प्रक्रिया अपनाएका छौँ । यसले सुदृढ र समावेशी भविष्य निर्माणमा योगदान पुग्ने हाम्रो विश्वास छ।”

यसका साथै  हन्ड्रेड ग्रुपद्वारा सञ्चालित ‘प्रोजेक्ट शिक्षा’ले आफ्नै तर्फबाट थप ५० जना विद्यार्थीलाई छुट्टै छात्रवृत्ति प्रदान गर्नेछ । सन् २०१७ देखि सञ्चालन हुँदै आएको यो प्रोजेक्टले एसईई उत्तीर्ण विद्यार्थीका लागि अर्थपूर्ण शैक्षिक अवसरहरू जुटाउँदै आएको छ ।

गत वर्ष पनि एनसेल फाउन्डेसनले देशका विभिन्न भागका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो उनिहरु अहिले विभिन्न कलेजमा कक्षा १२ मा अध्ययनरत छन् ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...