Tekmandu

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्न ३२ जनाको प्रतिस्पर्धा, सदस्यमा कसको कति दाबी? (सूचीसहित)

काठमाण्डौं — नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण (NTA) को रिक्त अध्यक्ष तथा सदस्य पदका लागि आवेदन दिएका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले एक जना अध्यक्ष र चार जना सदस्य पदका लागि दरखास्त आह्वान गरेकोमा उल्लेख्य संख्यामा आवेदन परेको छ।

मन्त्रालयले गत २०८३ वैशाख २६ गते (२०८३/१/२६) सूचना प्रकाशन गर्दै जेठ ५ गते (२०८३/०२/०५) भित्र इच्छुक तथा योग्य व्यक्तिहरूलाई दरखास्त पेश गर्न आह्वान गरेको थियो। सोही सूचनाका आधारमा तोकिएको म्यादभित्र प्राप्त आवेदनहरूलाई समावेश गरी मन्त्रालयले उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरेको हो।

अध्यक्ष पदमा ३२ जनाको भिडन्त

प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन् । दरखास्त दिनेहरूमा दूरसञ्चार क्षेत्रका अनुभवी प्राविधिक विज्ञदेखि पूर्वप्रशासकहरूसम्म रहेका छन्। अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने ३२ जना उम्मेदवारहरूमा रोहित रौनियार, नगेन्द्र कुमार दास, राकेश ताम्राकार, सरोज कुमार शर्मा, प्रदिप कुमार श्रेष्ठ, सुभाष साह, सुशिल प्रसाद साह, अनिल कुमार झा, नरेन्द्र मान सिं महर्जन, अमलेन्दु नारायण सिंह, रमेश कुमार श्रीवास्तव, नविन जि.सी., महेश प्रसाद पाण्डेय, डा. शैलेन्द्र गिरी, बुद्वी प्रसाद आचार्य, अर्जुन घिमिरे, ई. जनार्दन भट्ट, अनन्त मान सिंह, मधु सुदन दाहाल, दिपक राज लुइटेल, श्रीकृष्ण सुवेदी, सनाउल्लाह खान, डा. भोजराज घिमिरे, सुनिल कुमार मिश्र, अम्बर स्थापित, पंकज कुमार दास, कृष्ण राम धुजु, दिपक राज उप्रेती, माधव अधिकारी, नविन कुमार कर्ण, दिपेश शिवाकोटी र डा.ई. राजिब सुब्बा रहेका छन् ।

चार सदस्य पदका लागि ३३ जनाको आवेदन

प्राधिकरणका विभिन्न ४ वटा सदस्य पदका लागि कुल ३३ जनाले आवेदन दिएका छन्। मन्त्रालयले सार्वजनिक गरेको नामावली अनुसार सदस्यतर्फ विभिन्न विधामा उम्मेदवारहरूको विवरण यस प्रकार रहेको छ:

  • सदस्य (कानून): कानूनतर्फको सदस्य पदमा ४ जनाको दरखास्त परेको छ । जसमा अमृत प्रसाद रुपाखेती, विनोद आचार्य, श्रीकृष्ण सुवेदी र असगरुल हक रहेका छन् ।
  • सदस्य (लेखा/लेखापरीक्षण): यस पदका लागि ९ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा क्षेत्र गोपाल प्रधान, केशव बराल, हेमन्त राज रमाली, गोकर्ण प्रसाद सिटौला, कविन्द्र दाहाल, इन्द्रमणि पोखरेल, प्रतिक श्रेष्ठ, मनोज अधिकारी र तीर्थ प्रसाद यादब रहेका छन् ।
  • सदस्य (बजार व्यवस्थापन): बजार व्यवस्थापनतर्फको सदस्यमा ५ जनाको दाबी रहेको छ । यस पदका लागि विपिन चुहान, सुजिता श्रेष्ठ, ओमलाल श्रेष्ठ, रमेश कुमार श्रेष्ठ र दयानाथ दासले दरखास्त दिएका छन् ।
  • सदस्य (प्राविधिक/प्रशासन): प्राविधिक/ प्रशासन तर्फको सदस्य पदमा सबैभन्दा धेरै १५ जनाले दरखास्त दिएका छन् । जसमा अनिल राज गौतम, आशिष शर्मा, सुभाष साह, धनेश्वर झा, नारायण प्रसाद काफ्ले, अनन्त मल्लिक, दिपेन्द्र बहादुर शाह, नविन जि.सी., विमल प्रकाश साह, ज्नानेन्द्र खतिवडा, ई. जनार्दन भट्ट, दिपक राज लुइटेल, मिनु के.सी., फूल बाबु झा र विकास आचार्य समावेश छन् ।

मन्त्रालयका अनुसार उम्मेदवारहरूका लागि तोकिएको आवश्यक न्यूनतम योग्यता तथा अन्य मापदण्डहरू सूचना जारी गर्दाको बखत तोकिए बमोजिम नै हुनेछ । अब मन्त्रालयको छनौट समितिले यी आवेदकहरूमध्येबाट कार्ययोजना तथा अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा योग्य उम्मेदवारको छनौट गरी नियुक्तिका लागि मन्त्रिपरिषद्‌मा सिफारिस गर्नेछ।

सम्बन्धित समाचार

अब व्हाट्सएपमै एआईले दिनेछ ग्राहकको जवाफ, मेटाको  बिजनेस एजेन्ट  विश्वभर लन्च

अब व्हाट्सएपमै एआईले दिनेछ ग्राहकको जवाफ, मेटाको बिजनेस एजेन्ट विश्वभर लन्च

काठमाण्डौं — साना तथा मझौला व्यवसायका लागि व्हाट्सएप अब एउटा सामान्य सञ्चारको माध्यम मात्र रहेन। मेटाले यसलाई शक्तिशाली 'वर्कफ्लो ...
तपाईंको काम गर्ने शैली सिक्ने स्काउट एआई ल्यायो माइक्रोसफ्टले

तपाईंको काम गर्ने शैली सिक्ने स्काउट एआई ल्यायो माइक्रोसफ्टले

काठमाण्डौं —  माइक्रोसफ्टले ओपनक्लोबाट प्रेरित नयाँ एआई असिस्टेन्ट ‘स्काउट’ सार्वजनिक गरेको छ। माइक्रोसफ्ट ३६५ इकोसिस्टमभित्र काम ...
ओपनएआईले ल्यायो ‘Codex’ का नयाँ टुल, कर्पोरेट बजार तान्ने आक्रामक रणनीति

ओपनएआईले ल्यायो ‘Codex’ का नयाँ टुल, कर्पोरेट बजार तान्ने आक्रामक रणनीति

काठमाण्डौं — ओपनएआई (OpenAI) ले कर्पोरेट प्रयोगकर्ताहरूलाई लक्षित गर्दै आफ्नो सेवा विस्तारलाई तीव्रता दिएको छ। मंगलबार यस एआई ल्या...
टिकटकको सिको गर्दै मेटा,  इन्स्टाग्राम र फेसबुकमा अब रिल्सको ‘सिरिज’ बनाउन मिल्ने

टिकटकको सिको गर्दै मेटा, इन्स्टाग्राम र फेसबुकमा अब रिल्सको ‘सिरिज’ बनाउन मिल्ने

काठमाण्डौं — छोटा भिडिओ रुचाउने दर्शकलाई अब लामो समयसम्म अड्याइराख्ने रणनीतिमा मेटा लागेको छ। फेसबुक र इन्स्टाग्राममा छरिएर रहेका ...