Tekmandu

अब च्याटजीपीटीबाटै पावरपोइन्ट स्लाइड बनाउन सकिने, ओपनएआईले ल्यायो नयाँ सुविधा

काठमाण्डौं — ओपनएआईले च्याटजीपीटीलाई माइक्रोसफ्ट पावरपोइन्टसँग जोड्ने नयाँ सुविधा सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताले च्याटजीपीटीमार्फत नयाँ प्रस्तुति स्लाइड बनाउन, पुराना स्लाइड सम्पादन गर्न र अपडेट गर्न सक्नेछन्।

कम्पनीका अनुसार यो सुविधा प्राकृतिक भाषामा दिइने निर्देशनका आधारमा काम गर्छ। प्रयोगकर्ताले साधारण भाषामै “प्रेजेन्टेसन तयार गर” वा “यो स्लाइड अपडेट गर” जस्ता कमाण्ड दिएपछि च्याटजीपीटीले त्यसअनुसार पावरपोइन्टमा सामग्री तयार पार्नेछ। साथै जीमेल, आउटलुक वा शेयरपोइन्ट जस्ता कनेक्टेड सेवाबाट सामग्री तानेर पनि स्लाइड बनाउन सकिने बताइएको छ।

यो फिचर अहिले ‘बेटा’ चरणमा छ। तर ओपनएआईका अधिकांश प्रयोगकर्ताले भने तत्कालै प्रयोग गर्न पाउनेछन्। निःशुल्क प्रयोगकर्तादेखि च्याटजीपीटी बिजनेस प्रयोग गर्ने कर्पोरेट ग्राहकसम्मले यसमा पहुँच पाउने कम्पनीले जनाएको छ।

पावरपोइन्टमा एआई आधारित प्रस्तुति सुविधा ल्याउने प्रतिस्पर्धा भने नयाँ होइन। एन्थ्रोपिकले आफ्नो क्लाउड च्याटबोटमार्फत यस्तै सुविधा गत सेप्टेम्बरमै उपलब्ध गराइसकेको थियो। गुगलको जेमिनीसमेत कम्पनीकै स्लाइड्स प्लेटफर्मसँग एकीकृत रूपमा काम गर्दै आएको छ।

ओपनएआईले पछिल्लो समय आफ्ना सेवाहरूलाई विभिन्न व्यवसायिक टुलसँग आक्रामक रूपमा जोड्दै लगेको छ। यसअघि नै च्याटजीपीटीलाई माइक्रोसफ्ट एक्सेल र गुगल सिट्स जस्ता टुलमा समावेश गरिसकिएको छ। त्यसैले पावरपोइन्टमा यसको प्रवेशलाई कम्पनीको प्रतिस्पर्धात्मक रणनीतिको अर्को कदमका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...