Tekmandu

अब च्याटजीपीटीबाटै पावरपोइन्ट स्लाइड बनाउन सकिने, ओपनएआईले ल्यायो नयाँ सुविधा

काठमाण्डौं — ओपनएआईले च्याटजीपीटीलाई माइक्रोसफ्ट पावरपोइन्टसँग जोड्ने नयाँ सुविधा सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताले च्याटजीपीटीमार्फत नयाँ प्रस्तुति स्लाइड बनाउन, पुराना स्लाइड सम्पादन गर्न र अपडेट गर्न सक्नेछन्।

कम्पनीका अनुसार यो सुविधा प्राकृतिक भाषामा दिइने निर्देशनका आधारमा काम गर्छ। प्रयोगकर्ताले साधारण भाषामै “प्रेजेन्टेसन तयार गर” वा “यो स्लाइड अपडेट गर” जस्ता कमाण्ड दिएपछि च्याटजीपीटीले त्यसअनुसार पावरपोइन्टमा सामग्री तयार पार्नेछ। साथै जीमेल, आउटलुक वा शेयरपोइन्ट जस्ता कनेक्टेड सेवाबाट सामग्री तानेर पनि स्लाइड बनाउन सकिने बताइएको छ।

यो फिचर अहिले ‘बेटा’ चरणमा छ। तर ओपनएआईका अधिकांश प्रयोगकर्ताले भने तत्कालै प्रयोग गर्न पाउनेछन्। निःशुल्क प्रयोगकर्तादेखि च्याटजीपीटी बिजनेस प्रयोग गर्ने कर्पोरेट ग्राहकसम्मले यसमा पहुँच पाउने कम्पनीले जनाएको छ।

पावरपोइन्टमा एआई आधारित प्रस्तुति सुविधा ल्याउने प्रतिस्पर्धा भने नयाँ होइन। एन्थ्रोपिकले आफ्नो क्लाउड च्याटबोटमार्फत यस्तै सुविधा गत सेप्टेम्बरमै उपलब्ध गराइसकेको थियो। गुगलको जेमिनीसमेत कम्पनीकै स्लाइड्स प्लेटफर्मसँग एकीकृत रूपमा काम गर्दै आएको छ।

ओपनएआईले पछिल्लो समय आफ्ना सेवाहरूलाई विभिन्न व्यवसायिक टुलसँग आक्रामक रूपमा जोड्दै लगेको छ। यसअघि नै च्याटजीपीटीलाई माइक्रोसफ्ट एक्सेल र गुगल सिट्स जस्ता टुलमा समावेश गरिसकिएको छ। त्यसैले पावरपोइन्टमा यसको प्रवेशलाई कम्पनीको प्रतिस्पर्धात्मक रणनीतिको अर्को कदमका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...