Tekmandu

‘हिमालयन लिटरेचर फेस्टिभल २०२६’ काठमाडौंमा आयोजना हुँदै, विश्वका दिग्गज स्रष्टाहरू नेपाल आउने

काठमाण्डौं — दक्षिण एसियाका प्रमुख अन्तर्राष्ट्रिय साहित्यिक जमघटहरूमध्ये एक मानिने ‘हिमालयन लिटरेचर फेस्टिभल एन्ड राइटर्स वर्कसप २०२६’ को आगामी संस्करणको औपचारिक घोषणा गरिएको छ । एनसेल फाउन्डेसनको सहकार्यमा हुन लागेको यस महोत्सवले विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरूलाई नेपालमा ल्याउने भएको छ ।

आगामी मे २९ देखि जुन ५, २०२६ सम्म काठमाडौंमा आयोजना हुने यस वर्षको महोत्सव विशेषगरी हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति तथा तीव्र परिवर्तनशील विश्वमा सांस्कृतिक संवादको विषयमा केन्द्रित रहनेछ । आठ दिनसम्म चल्ने यो अन्तर्राष्ट्रिय कार्यक्रम नेपाली साहित्यमा गुरुप्रसाद मैनालीले पुर्‍याउनुभएको दीर्घकालीन योगदानको सम्मानमा समर्पित गरिएको छ ।

विश्वप्रसिद्ध स्रष्टाहरूको जमघट

महोत्सवमा नेपाल तथा विश्वका प्रतिष्ठित कवि, उपन्यासकार, संस्मरण लेखक, अनुवादक, चलचित्रकर्मी, विद्वान्, पत्रकार तथा उदाउँदै गरेका लेखकहरूको सहभागिता रहनेछ ।

  • महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मुल्डुन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, कवि तथा अनुवादक टोनी बार्नस्टोन र विश्वप्रसिद्ध हिमालयन कवि युयुत्सु शर्मा सहभागी हुनेछन् ।
  • यसैगरी आइरिस साहित्यिक सम्पादक मार्टिन डोयल, ब्रुकलिन  पोएट लउरिएट  टिना चाङ लगायत नेपाल, भारत, आयरल्यान्ड, अस्ट्रिया, पोल्यान्ड र संयुक्त राज्य अमेरिका लगायतका विशिष्ट साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
  • नेपालका तर्फबाट शैलेन्द्र साकार, नारायण ढकाल, हरि अधिकारी, उषा शेरचन र लक्ष्मी माली लगायत नेपाली तथा अंग्रेजी भाषामा लेख्ने कवि र लेखकहरू अन्तर्राष्ट्रिय अतिथिसँगै विशेष रूपमा प्रस्तुत हुनेछन् । यसले अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रमा नेपालको बढ्दो उपस्थिति थप सुदृढ गर्नेछ ।

महोत्सवका प्रमुख आकर्षण तथा कार्यक्रमहरू

हिमालयन तथा विश्व साहित्यिक परम्पराको सङ्गमलाई उत्सवका रूपमा मनाउने विशेष समारोहद्वारा महोत्सवको उद्घाटन गरिनेछ ।

सप्ताहव्यापी कार्यक्रममा मास्टर क्लास, कार्यशाला, मुख्य वक्तव्य, कविता वाचन, साहित्यिक संवाद, चलचित्र प्रदर्शन र सांस्कृतिक भ्रमण समावेश गरिएका छन् । महोत्सवभरि कविता, संस्मरण, जादुई यथार्थवाद, कृत्रिम बुद्धिमत्ता (एआई) र सिर्जनात्मक लेखन, महिला साहित्य, आदिवासी आख्यान, आघात र हिलिङ, ध्यान र सिर्जना, अनुवाद, प्रस्तुति कला तथा डिजिटल युगमा साहित्यको भविष्य जस्ता विविध विषयमा सत्रहरू सञ्चालन गरिनेछन् ।

यस महोत्सवको प्रमुख उद्देश्य उदाउँदै गरेका साहित्यिक आवाजहरूको प्रवर्द्धन गर्नु पनि हो । युवा कविता मञ्चन, मार्गदर्शन कार्यक्रम र अन्तर्राष्ट्रिय सहकार्यमार्फत नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गरिनेछ ।

सम्पदा भ्रमण चलचित्र प्रदर्शन

महोत्सव अन्तर्गत कवितामा आधारित आइरिस, अस्ट्रियन र पोलिस चलचित्रहरूको प्रदर्शन गरिनेछ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा कवितामा आधारित दुई फिल्मका ट्रेलरहरू प्रदर्शन गरिएको थियो । यसमा आइरिस कवि तथा चिन्तक डोरेन नी ग्रीफाको जीवनमा आधारित ‘क्लाउडेड रेभरिज’ र अस्ट्रियन कवि बोडो हेलबारे कारोला मायरले निर्देशन गरेको ‘वाइड अवेक’ समावेश छन् । त्यस्तै सन् २०१५ को नेपाल भूकम्पमा आधारित युयुत्सु शर्माको कवितामा स्टिफन बुकासले बनाएको फिल्म ‘आई सी माई वर्ल्ड सेकिङ’ पनि प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूलाई नेपालको कलात्मक, आध्यात्मिक तथा सांस्कृतिक सम्पदासँग जोड्न काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, बौद्धनाथ, बूढानीलकण्ठ तथा नगरकोट जस्ता स्थलहरूको भ्रमण पनि आयोजना गरिनेछ ।

आयोजक सहकार्यकर्ताको भनाइ

पत्रकार सम्मेलनमा बोल्दै आयोजक युयुत्सु शर्माले भने, “साहित्य विलासिता होइन। यो मानव सभ्यतासँगै रहेको हिलिङको सबैभन्दा पुरानो माध्यम हो” । उनले यो महोत्सव नेपाल, यसको समृद्ध सांस्कृतिक सम्पदा र जीवन्त जीवनशैलीको गौरवमय उत्सव भएको र यसले नेपालको गौरवलाई विश्वमञ्चमा उजागर गर्ने बताए ।

यस सहकार्यमार्फत एनसेल फाउन्डेसनले नेपालको समृद्ध साहित्यिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउँदै संवाद, सिर्जनशीलता र विश्वव्यापी सांस्कृतिक आदानप्रदानका लागि अर्थपूर्ण मञ्च निर्माण गर्न सहयोग गरेको छ । एनसेल फाउन्डेसनकी कर्पोरेट कम्युनिकेसन्स, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, “हामी साहित्य र कथावाचनले सांस्कृतिक सम्पदाको संरक्षण, सिर्जनशीलतालाई प्रेरणा तथा अर्थपूर्ण संवाद प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गर्छौं। स्थानीय र विश्वव्यापी सिर्जनशील आवाजहरूलाई जोड्ने यस मञ्चलाई सहयोग गर्न पाउँदा हामी गर्व महसुस गर्छौं” ।

संवाद, सिर्जनशीलता तथा अन्तर सांस्कृतिक समझदारीको साझा मञ्चका रूपमा स्थापित यस कार्यशालाले काठमाडौंलाई विश्व साहित्यिक गन्तव्य र विविध कलात्मक आवाजहरूको महत्त्वपूर्ण गन्तव्य स्थलका रूपमा अझ सुदृढ बनाउँदै लगेको छ ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...