Tekmandu

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य पदका योग्य उम्मेदवारको नामावली सार्वजनिक, अध्यक्षमा २९ जनाको प्रतिस्पर्धा

काठमाण्डौं — नेपाल सरकार , सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष तथा विभिन्न सदस्य पदका लागि आवेदन दिएकामध्ये योग्य उम्मेदवारहरूको नामावली प्रकाशन गरेको छ ।

मन्त्रालयले मिति २०८३/०२/१९ गते एक सूचना जारी गर्दै मिति २०८३/०१/२६ मा प्रकाशित सूचना बमोजिम न्यूनतम योग्यता, अनुभव तथा पेश गर्नुपर्ने कागजातका आधारमा योग्य आवेदकहरूको विवरण सार्वजनिक गरेको हो ।

कुन पदमा कति उम्मेदवार प्रतिस्पर्धामा छन्?

  • अध्यक्ष पद: दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि कुल २९ जना आवेदकहरू योग्य ठहरिएका छन्। अध्यक्ष पदका योग्य उम्मेदवारहरूको सूचीमा निम्न व्यक्तिहरू रहेका छन्:

श्री रोहित रौनियार, श्री नगेन्द्र कुमार दास, श्री सरोज कुमार शर्मा, श्री प्रदिप कुमार श्रेष्ठ, श्री सुभाष साह, श्री सुशिल प्रसाद साह, श्री अनिल कुमार झा, श्री नरेन्द्र मान सिं महर्जन, श्री अमलेन्दु नारायण सिंह, श्री रमेश कुमार श्रीवास्तव, श्री नविन जि.सी., श्री महेश प्रसाद पाण्डेय, श्री शैलेन्द्र गिरी, श्री बुद्वी प्रसाद आचार्य, श्री अर्जुन घिमिरे, श्री जनार्दन भट्ट, श्री अनन्त मान सिंह, श्री मधु सुदन दाहाल, श्री दिपक राज लुइटेल, श्री श्रीकृष्ण सुवेदी, श्री सनाउल्लाह खान, श्री भोजराज घिमिरे, श्री सुनिल कुमार मिश्र, श्री अम्बर स्थापित, श्री पंकज कुमार दास, श्री कृष्ण राम धुजु, श्री दिपक राज उप्रेती, श्री नविन कुमार कर्ण र श्री राजिब सुब्बा।

  • सदस्य (लेखा तथा लेखापरीक्षण): यस पदका लागि ६ जना उम्मेदवार योग्य देखिएका छन्। योग्य उम्मेदवारहरूको सूचीमा श्री क्षेत्र गोपाल प्रधान, श्री केशव बराल, श्री हेमन्त राज रमाली, श्री गोकर्ण प्रसाद सिटौला, श्री कविन्द्र दाहाल र श्री इन्द्रमणि पोखरेल रहेका छन्।
  • सदस्य (बजार व्यवस्थापन): बजार व्यवस्थापन तर्फको सदस्य पदमा ४ जनाको मात्र नामावली सार्वजनिक भएको छ। जसमा श्री विपिन चुहान, श्री सुजिता श्रेष्ठ, श्री रमेश कुमार श्रेष्ठ र श्री दयानाथ दास रहेका छन्।
  • सदस्य (प्रशासन प्राविधिक): प्रशासन र प्राविधिक तर्फको सदस्य पदका लागि ११ जना योग्य उम्मेदवार छानिएका छन्। जसमा श्री अनिल राज गौतम, श्री आशिष शर्मा, श्री सुभाष साह, श्री नारायण प्रसाद काफ्ले, श्री अनन्त मल्लिक, श्री दिपेन्द्र बहादुर शाह, श्री नविन जि.सी., श्री विमल प्रकाश साह, श्री ज्ञानेन्द्र खतिवडा, श्री जनार्दन भट्ट र श्री दिपक राज लुइटेलको नाम समावेश छ।

यसैबीच  मन्त्रालयका अनुसार सदस्य (कानून) पदका लागि भने पर्याप्त सङ्ख्यामा योग्य आवेदन परेको छैन । उम्मेदवार छनोट प्रक्रिया सम्बन्धी कुनै थप जानकारी आवश्यक भएमा सिंहदरवारस्थित मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क राख्न सकिने जानकारी सूचनामार्फत दिइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा सदस्य पदका योग्य उम्मेदवारहरूको नामावली

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...