Tekmandu

टिकटकको सिको गर्दै मेटा, इन्स्टाग्राम र फेसबुकमा अब रिल्सको ‘सिरिज’ बनाउन मिल्ने

काठमाण्डौं — छोटा भिडिओ रुचाउने दर्शकलाई अब लामो समयसम्म अड्याइराख्ने रणनीतिमा मेटा लागेको छ। फेसबुक र इन्स्टाग्राममा छरिएर रहेका रिल्स (Reels) लाई एउटै ठाउँमा समेटेर ‘सिरिज’ (Series) का रूपमा प्रस्तुत गर्न मिल्ने नयाँ फिचरको कम्पनीले परीक्षण गरिरहेको छ।

अब छानिएका केही क्रिएटरहरूले आफ्ना पुराना र नयाँ रिल्सलाई जोडेर एउटा शृङ्खला वा सिरिज बनाउन सक्नेछन्। क्रिएटरको प्रोफाइलमै यसका लागि छुट्टै हब (hub) हुनेछ  जहाँ हरेक रिल्स एउटा एपिसोडको रूपमा रहनेछ। यो सुविधा ठ्याक्कै टिकटकले दिइरहेको जस्तै छ।

छिटो छिटो स्क्रोल (scroll) गरिने छोटा भिडिओको साटो दर्शकलाई लामो समयसम्म इन्गेज गराउने मेटाको सोच देखिन्छ। यसबाट दर्शकहरू बारम्बार फर्केर आउने र उनीहरूमा भिडिओ हेर्ने बलियो बानी विकास हुने कम्पनीको अपेक्षा छ। क्रिएटरहरूलाई पनि ट्युटोरियल र च्यालेन्ज जस्ता एपिसोडिक भिडिओहरू व्यवस्थित रूपमा राख्न यो फिचरले निकै सजिलो बनाउनेछ।

कुनै क्रिएटरले ‘१० दिनको बेकिङ च्यालेन्ज’ गरिरहेको छ भने उसले ती १० वटै भिडिओलाई एउटै सिरिजभित्र राख्न सक्छ। क्रिएटरको प्रोफाइलमा आउने नयाँ ट्याबमा गएर दर्शकले सबै एपिसोड एकै ठाउँमा पाउनेछन्। आफूले जहाँसम्म हेरेर छोडेको हो  त्यहीँबाटै निरन्तरता दिन मिल्ने सुविधा पनि यसमा छ।

फिड (feed) वा रिल्स ट्याबमा स्क्रोल गर्दा कुनै सिरिजको एउटा भिडिओ भेटियो भने  त्यहीँबाट पूरै सिरिज हेर्ने विकल्प पनि प्रयोगकर्ताले पाउनेछन्। पछि हेर्नका लागि वा अपडेट रहन सिरिजलाई सेभ गरेर राख्न पनि सकिन्छ।

मेटाले यो नयाँ फिचरबाट कसरी आम्दानी गर्ने (monetize) भन्ने विषयमा पनि छलफल भइरहेको बताएको छ  यद्यपि यसको ठोस खाका भने बाहिर आइसकेको छैन। प्रतिस्पर्धी प्लेटफर्म टिकटकले सन् २०२३ मै यस्तो सिरिज फिचर ल्याइसकेको थियो। टिकटकमा क्रिएटरले प्रिमियम कन्टेन्टहरू पेवाल (paywall) भित्र राखेर बेच्न सक्छन्। मेटाले पनि भविष्यमा यस्तै मोडल अपनाउन सक्ने अनुमान गरिएको छ।

हाल परीक्षणको क्रममा रहेको यो सुविधा अहिले इन्स्टाग्राम र फेसबुकमा पहिलेदेखि नै शृङ्खलाबद्ध कन्टेन्ट राख्दै आएका सीमित क्रिएटर र कन्टेन्ट प्रोड्युसरहरूलाई मात्र उपलब्ध गराइएको छ। शृङ्खलाबद्ध भिडिओहरूले राम्रो चर्चा पाउन थालेको देखेपछि मेटाले दर्शकलाई हरेक एपिसोड सजिलै भेटाउन यो फिचर ल्याएको हो।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...