Tekmandu

ओपनएआईले ल्यायो ‘Codex’ का नयाँ टुल, कर्पोरेट बजार तान्ने आक्रामक रणनीति

काठमाण्डौं — ओपनएआई (OpenAI) ले कर्पोरेट प्रयोगकर्ताहरूलाई लक्षित गर्दै आफ्नो सेवा विस्तारलाई तीव्रता दिएको छ। मंगलबार यस एआई ल्याबले आफ्नो एजेन्टिक (agentic) टुल ‘Codex’ मा थप नयाँ क्षमता र फिचरहरू थपेको घोषणा गर्‍यो। कार्यालयका दैनिक काममा यसको प्रयोगलाई फराकिलो बनाउने कम्पनीको मुख्य लक्ष्य छ।

नयाँ टुलसँगै ओपनएआईले एउटा आन्तरिक रिपोर्ट पनि बाहिर ल्याएको छ। रिपोर्टले देखाएअनुसार Codex को प्रयोग अब सफ्टवेयर इन्जिनियरिङमा मात्रै सीमित छैन। ज्ञानमा आधारित काम (knowledge work) गर्नेहरूले पनि यसलाई उत्तिकै रुचाउन थालेका छन्।

“गत फेब्रुअरीमा डेस्कटप एप सार्वजनिक भएयता Codex का साप्ताहिक सक्रिय प्रयोगकर्ता ५० लाख नाघिसकेका छन्। यो ६ गुणाको वृद्धि हो,” कम्पनीको ब्लग पोस्टमा भनिएको छ। अहिले पनि डेभलपरहरू नै यसको मुख्य प्रयोगकर्ता भए पनि कुल प्रयोगकर्ताको करिब २० प्रतिशत हिस्सा नलेज वर्करले ओगट्न थालेका छन्। उनीहरूको वृद्धिदर अन्य प्रयोगकर्ताको तुलनामा तीन गुणा छिटो छ।

यही समूहलाई लक्षित गरेर ओपनएआईले ६ वटा विशेष काम गर्ने प्लग इन (plug-ins) ल्याएको छ। यी टुलहरू डेटा एनालिटिक्स (data analytics), क्रिएटिभ प्रोडक्सन (creative production), सेल्स (sales), प्रडक्ट डिजाइन (product design), इक्विटी इन्भेस्टिङ (equity investing) र इन्भेस्टमेन्ट बैंकिङ (investment banking) का लागि बनाइएका हुन्।

Codex एपभित्रै उपलब्ध यी प्लग इनले विभिन्न इन्टिग्रेसन (integrations), निर्देशन र सन्दर्भहरूलाई जोडेर कुनै एउटा निश्चित कामलाई मान्छेले गरेकै हाराहारीमा नतिजा दिन्छन्। प्रयोगकर्ताले आफ्नै तरिकाले कस्टमाइज गर्दै जाँदा कुनै पनि एआई टुल झैँ यी अझै प्रभावकारी हुँदै जान्छन् तर इन्स्टल गर्नेबित्तिकै पनि सीधै काम गर्न सक्ने गरी यिनलाई तयार पारिएको छ।

पछिल्लो समय एआई कम्पनीहरूबीच कर्पोरेट बजार कब्जा गर्ने होडबाजी नै चलेको छ। प्रतिस्पर्धी कम्पनी एन्थ्रोपिक (Anthropic) ले गत फेब्रुअरीमै आफ्नो ‘इन्टरप्राइज एजेन्ट्स’ (Enterprise Agents) प्रोग्राम ल्याएको थियो भने मे महिनामा फाइनान्स लक्षित एजेन्टहरू सार्वजनिक गरिसकेको छ। साधारण उपभोक्तामा बढी केन्द्रित हुँदै आएको ओपनएआई भने कर्पोरेट ग्राहक तान्न अलि सुस्त देखिन्थ्यो। उसले गत मार्चमा मात्रै Codex का लागि प्लग इन सपोर्ट दिएको थियो।

प्लग इन बाहेक कम्पनीले ‘Sites’ (साइट्स) नामक नयाँ फिचर पनि थपेको छ। यसको मद्दतले प्रयोगकर्ताले Codex बाट तयार भएको कामलाई सामान्य लोकल फाइलमा मात्र सीमित नराखी सिधै इन्टरएक्टिभ वेबसाइटको रूपमा होस्ट (hosted) गर्न सक्छन्। यस प्रणालीका लागि ओपनएआईले Wix, Base44, Replit, Lovable, Figma र Emergent सँग सहकार्य गरेको छ। आगामी दिनमा यो सेवालाई सघाउन अझ ठूलो पार्टनरसिप इकोसिस्टम बनाउने कम्पनीको योजना छ।

त्यस्तै  नयाँ ‘Annotations’ (एनोटेसन्स) फिचरले प्रयोगकर्तालाई डकुमेन्ट वा फाइलको कुनै निश्चित भागलाई मात्रै छानेर त्यसका लागि विशेष कमान्ड (commands) र सन्दर्भहरू दिन मिल्ने सुविधा दिएको छ।

कर्पोरेट क्षेत्र लक्षित यी नयाँ फिचरहरू ओपनएआईले ‘OpenAI Deployment Company’ को नाममा नयाँ जोइन्ट भेन्चर सुरु गरेको जम्मा तीन हप्तापछि आएका हुन्। विश्वभरका व्यवसायिक संस्थाहरूमा ओपनएआईका टुलहरू गहिरोसँग इन्टिग्रेट गर्ने उद्देश्य बोकेको यो भेन्चरमा ग्लोबल इन्भेस्टमेन्ट फर्महरूबाट ४ अर्ब डलरभन्दा बढी फन्डिङ (funding) प्राप्त भएको छ।

“संस्थाहरूभित्र एआईले अहिले झन् धेरै अर्थपूर्ण कामहरू गर्न सक्ने भएको छ,” ओपनएआईकी चिफ रेभिन्यु अफिसर डेनिस ड्रेसरले सार्वजनिक कार्यक्रममा भनिन्, “अबको मुख्य चुनौती भनेको कम्पनीहरूलाई उनीहरूको व्यवसाय चलाउने पूर्वाधार र वर्कफ्लो (workflows) मा यी सिस्टमहरू इन्टिग्रेट गर्न सघाउनु हो।”

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...