Tekmandu

अब व्हाट्सएपमै एआईले दिनेछ ग्राहकको जवाफ, मेटाको बिजनेस एजेन्ट विश्वभर लन्च

काठमाण्डौं — साना तथा मझौला व्यवसायका लागि व्हाट्सएप अब एउटा सामान्य सञ्चारको माध्यम मात्र रहेन। मेटाले यसलाई शक्तिशाली ‘वर्कफ्लो सफ्टवेयर’ बनाउने उद्देश्यका साथ व्हाट्सएप बिजनेसमा विश्वव्यापी रूपमा एआई एजेन्ट सार्वजनिक गरेको छ।

बुधबार कम्पनीले आफ्नो कस्टमर सपोर्ट एआई बोटलाई ‘मेटा बिजनेस एजेन्ट’ को नामबाट विश्वभर उपलब्ध गराएको जानकारी दिएको हो। भारत र मेक्सिको जस्ता देशहरूमा ग्राहक सेवाका लागि करिब दुई वर्षसम्म गरिएको निरन्तर परीक्षणपछि मेटाले यसलाई औपचारिक रूपमा सबैका लागि खुला गरेको हो।

यो एआई एजेन्टले मानिसले जस्तै ग्राहकका प्रश्नहरूको जवाफ दिने, प्रडक्ट सिफारिस गर्ने र अपोइन्टमेन्ट बुक गर्न सघाउँछ। यसका साथै  यसले सेल्स लिड पहिचान गर्ने र आवश्यक परेको खण्डमा ग्राहकको च्याटलाई सिधै सम्बन्धित कर्मचारी (मानिस) कहाँ ट्रान्सफर समेत गरिदिन्छ। व्हाट्सएपसँगै कम्पनीले यो बोटलाई इन्स्टाग्राम डीएममा पनि उपलब्ध गराएको छ।

अहिले मेटाले बिजनेस एजेन्टमार्फत रातभरि भएका च्याटहरूको  डेली ब्रिफिङ  र इन्साइट्स उपलब्ध गराउने नयाँ फिचरको पनि परीक्षण गरिरहेको छ। यो सुविधा हाल व्हाट्सएप बिजनेस, इन्स्टाग्राम प्रो, मेसेन्जर र मेटा बिजनेस सुइटका सीमित अकाउन्टहरूमा मात्र परीक्षणको क्रममा छ।

आगामी दिनमा यो एजेन्टलाई अझै बहुउपयोगी बनाउने कम्पनीको तयारी छ। बजार अनुसन्धान गर्ने, प्रडक्टका विशेषता हाइलाइट गर्ने, प्रयोगकर्ताको क्यालेन्डर म्यानेज गर्ने र प्रतिस्पर्धी बजारको डेटा निकाल्ने टुलहरूसँग यसलाई जोड्ने काम भइरहेको मेटाले जनाएको छ। च्याटमै कुनै व्यवसाय खोज्दा वा कन्ट्याक्ट सेयर गर्दा एजेन्टले नै त्यसलाई देखाउने व्यवस्था पनि गरिँदैछ।

यसबाहेक ठूला कम्पनीहरूका लागि सपिपाई, जेनडेस्क र सपी जस्ता सिस्टमसँग कनेक्ट गर्न मिल्ने आफ्नै छुट्टै  कस्टम एजेन्ट  बनाउन मिल्ने प्लेटफर्म पनि निर्माण भइरहेको छ।

यो सुविधा प्रयोग गरेबापत मेटाले व्यवसायहरूसँग शुल्क लिने योजना बनाएको छ। यसलाई व्हाट्सएप बिजनेस प्रिमियम सब्सक्रिप्सनका केही टियरहरूमा समावेश गरिनेछ। ठूला व्यवसायहरूको हकमा भने उनीहरूले प्रयोग गर्ने टोकनको आधारमा शुल्क लाग्ने कम्पनीले स्पष्ट पारेको छ।

अहिलेसम्म म्यासेजिङ र क्लिक टु व्हाट्सएप एड्सबाट हुने आम्दानीमा निर्भर रहेको व्हाट्सएपका लागि एआईको यो इन्टिग्रेसनलाई व्यापारिक रूपमा निकै महत्त्वपूर्ण कदम मानिएको छ।

सम्बन्धित समाचार

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

नासाको ‘स्वीफ्ट’ टेलिस्कोप जोगाउन खटाइएको यानमै समस्या: अन्तरिक्षमै घुम्न थालेपछि उद्धार मिसन जोखिममा

काठमाडौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको प्रसिद्ध 'स्वीफ्ट' गामा-रे टेलिस्कोपलाई सम्भावित दुर्घटनाबाट जोगाउन पठाइएको यान आफैँ अ...
बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...