Tekmandu

कुन गल्तीमा फेसबुक एकाउन्ट बन्द हुन्छ? मेटाकै ओभरसाइट बोर्ड भन्छ- ‘नियम नै स्पष्ट छैन’

काठमाण्डौं — सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्ना प्रयोगकर्ताका एकाउन्ट बन्द (Deactivate) गर्दा कुनै स्पष्ट कारण र पारदर्शी प्रक्रिया नपनाएको भन्दै मेटाकै ओभरसाइट बोर्ड (Oversight Board) ले असन्तुष्टि जनाएको छ। बिहीबार बोर्डले एकाउन्ट प्रतिबन्ध लगाउने विषयमा कम्पनीले स्पष्ट जानकारी नदिने र अपिलका लागि गतिलो कस्टमर सपोर्ट (Customer Support) पनि नदिएको निष्कर्ष निकालेको छ।

सन् २०२८ सम्मका लागि काम गर्ने फन्डिङ पाएको यो स्वतन्त्र बोर्डले यसै वर्षको सुरुवातमै मेटाको एकाउन्ट नियमन नीतिबारे अनुसन्धान थालेको थियो। एक जना पत्रकारमाथि हिंसात्मक धम्की दिइएको घटनालाई लिएर यो अनुसन्धान सुरु भएको हो। उक्त गम्भीर धम्कीको हकमा भने एकाउन्ट सधैंका लागि बन्द गर्ने मेटाको निर्णयलाई बोर्डले सही मानेको छ।

तर समग्र एकाउन्ट बन्द गर्ने प्रक्रियाको अनुसन्धान गर्दा भने बोर्डले ‘प्रणालीगत मानवअधिकारको चिन्ता’ र मेटाको दुई प्रणाली अवधारणामा ‘पारदर्शिता र एकरुपताको अभाव’ रहेको औंल्याएको छ। मेटाले एकाउन्टमा कारबाही गर्दा मुख्यतया दुईवटा तरिका अपनाउँछ, एउटा ‘स्ट्राइक’ (Strikes) दिने र अर्को गम्भीर उल्लंघन भन्दै सीधै एकाउन्ट सधैंका लागि बन्द गरिदिने। कुन गल्ती गर्दा कस्तो कारबाही हुन्छ भन्ने स्पष्ट र डकुमेन्टेड मापदण्ड नभएको बोर्डको भनाइ छ।

पैसा तिरेर ‘मेटा भेरिफाइड’ (Meta Verified) लिने प्रयोगकर्तालाई पनि कम्पनीले बेवास्ता गरेको बोर्डको ठहर छ। भेरिफाइड प्रयोगकर्तालाई  २४ सै घण्टा इमेल वा च्याट एजेन्ट सपोर्ट  दिने भनिए पनि एकाउन्ट बन्द हुँदा उनीहरूले कम्पनीबाट कुनै पनि अर्थपूर्ण सहयोग पाउँदैनन्।

फेसबुक, इन्स्टाग्राम र मेटाका अन्य एप चलाउने प्रयोगकर्ताहरूले वर्षौंदेखि यस्तो सास्ती भोग्दै आएका छन्। मेटाको मोडेरेसन (Moderation) सिस्टम जति धेरै अटोमेटेड (Automated) हुँदै गयो सिस्टमले गल्ती गर्दा प्रयोगकर्ताले पाउने सहयोग उति नै कम हुँदै गएको छ। यसले गर्दा झुटा आरोपमा आफ्ना व्यक्तिगत तथा व्यापारिक एकाउन्ट गुमाउनेहरू नराम्ररी प्रभावित भएका छन्। कतिपयले त यसै विषयलाई लिएर अदालतमा मुद्दा समेत हालेका छन्।

हालै मात्र फेसबुक र इन्स्टाग्राममा एकैपटक धेरै एकाउन्ट बन्द भएपछि यो विषयले ठूलो रूप लिएको थियो। एक विवरणअनुसार एकाउन्ट गुमाएका पीडितहरूले आफ्नो समस्या मेटासम्म पुर्‍याइदिन बिभिन्न माध्यम मार्फत आग्रह गर्दै निरन्तर गुनासो गरिरहेका छन्।

उदाहरणका लागि लस एन्जलस काउन्टीका अवकाशप्राप्त अग्नि नियन्त्रक तथा पारामेडिक रिचार्ड पावेल्सले मेटाको प्लेटफर्ममा आफ्नो वेलनेस ब्रान्ड बनाइरहेका थिए। तर  कुन पोस्टले नियम उल्लंघन गर्‍यो भन्ने कुनै जानकारी नदिई र मान्छेले रिभ्यु (Human review) नै नगरी उनको व्यक्तिगत एकाउन्ट बन्द गरिदियो।

अटोमेटेड सिस्टमले बाल यौन शोषण (CSE) जस्तो गम्भीर आरोप लगाएर निर्दोष प्रयोगकर्ताको एकाउन्ट बन्द गरिदिने अर्को ठूलो समस्या देखिएको छ। एक जना पब्लिक रिलेसन (PR) प्रोफेसनलले आफ्नो पहिचान खुलाउन नचाहँदै बताएअनुसार  हप्तौंसम्म कुनै नयाँ पोस्ट नगर्दा पनि बाल यौन शोषणको झुटो आरोपमा उनको एकाउन्ट बन्द गरियो। कुन कन्टेन्टले नियम मिच्यो भन्ने समेत नखुलाई लगाइएको यो आरोपलाई उनले  दुष्ट र घृणित  भनेका छन्। अहिले उनले ओभरसाइट बोर्डमा आफ्नो उजुरी दर्ता गराएका छन्।

सम्बन्धित समाचार

९९ प्रतिशत इन्टरनेट डेटा बोक्ने समुद्रमुनिका केबुलको रोचक कथा

९९ प्रतिशत इन्टरनेट डेटा बोक्ने समुद्रमुनिका केबुलको रोचक कथा

काठमाण्डौं — समुद्रको गहिराइमा अनेकौँ विचित्रका जीवजन्तु भेटिन्छन्। तर  के तपाईंलाई थाहा छ? तपाईंले हेर्ने टिकटक भिडियोदेखि इमेल र...
हुवावे आईसीटी प्रतिस्पर्धा २०२५–२६ को ग्लोबल फाइनल सम्पन्न, २ लाख २० हजार विद्यार्थी सहभागी

हुवावे आईसीटी प्रतिस्पर्धा २०२५–२६ को ग्लोबल फाइनल सम्पन्न, २ लाख २० हजार विद्यार्थी सहभागी

शेन्जेन (चीन) — हुवावे सूचना तथा सञ्चार प्रविधि (ICT) प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी अन्तिम चरण तथा पुरस्कार वितरण समारोह ची...
नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदमा पुन  दरखास्त आह्वान

नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदमा पुन दरखास्त आह्वान

काठमाण्डौं —  सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदका लागि पुन दरखास्त आह्वान गरेको छ। यसअघि प...
कुन गल्तीमा फेसबुक एकाउन्ट बन्द हुन्छ? मेटाकै ओभरसाइट बोर्ड भन्छ- ‘नियम नै स्पष्ट छैन’

कुन गल्तीमा फेसबुक एकाउन्ट बन्द हुन्छ? मेटाकै ओभरसाइट बोर्ड भन्छ- ‘नियम नै स्पष्ट छैन’

काठमाण्डौं — सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्ना प्रयोगकर्ताका एकाउन्ट बन्द (Deactivate) गर्दा कुनै स्पष्ट कारण र पारदर्शी प्रक्रिय...