Tekmandu

नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदमा पुन दरखास्त आह्वान

काठमाण्डौं —  सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदका लागि पुन दरखास्त आह्वान गरेको छ। यसअघि प्रकाशित सूचनाअनुसार पर्याप्त संख्यामा योग्य आवेदन नपरेपछि मन्त्रालयले पुन आवेदन खुला गरेको हो।

मन्त्रालयले प्रकाशित सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी असार २८ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। यसअघि जेठ २६ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएको भए पनि अपेक्षित आवेदन नपरेपछि पुन  सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ।

सूचनाअनुसार उक्त पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारको उमेर कम्तीमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै सम्बन्धित क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरहको योग्यता हासिल गरी कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार आवेदनसँगै नागरिकता वा राहदानीको प्रतिलिपि, व्यक्तिगत विवरण, शैक्षिक योग्यता, अनुभव खुल्ने कागजात, पासपोर्ट साइज फोटो तथा ३ हजारदेखि ५ हजार शब्दको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्नेछ। आवेदन मन्त्रालयको सिंहदरबारस्थित संस्थान समन्वय शाखामा वा मन्त्रालयको इमेलमार्फत समेत पठाउन सकिने जनाइएको छ।

मन्त्रालयले छनोट प्रक्रिया प्रचलित कानुन तथा सम्बन्धित मापदण्डअनुसार अघि बढाइने जनाएको छ। साथै समयभित्र नपुगेका वा अपूर्ण आवेदनमाथि कुनै कारबाही नगरिने स्पष्ट पारिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य… दको लागि पून दरखास्त आह्वान गरिएको सम्बन्धी सूचना

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...