Tekmandu

नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदमा पुन दरखास्त आह्वान

काठमाण्डौं —  सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदका लागि पुन दरखास्त आह्वान गरेको छ। यसअघि प्रकाशित सूचनाअनुसार पर्याप्त संख्यामा योग्य आवेदन नपरेपछि मन्त्रालयले पुन आवेदन खुला गरेको हो।

मन्त्रालयले प्रकाशित सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी असार २८ गते कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्। यसअघि जेठ २६ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएको भए पनि अपेक्षित आवेदन नपरेपछि पुन  सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ।

सूचनाअनुसार उक्त पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारको उमेर कम्तीमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै सम्बन्धित क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरहको योग्यता हासिल गरी कम्तीमा सात वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार आवेदनसँगै नागरिकता वा राहदानीको प्रतिलिपि, व्यक्तिगत विवरण, शैक्षिक योग्यता, अनुभव खुल्ने कागजात, पासपोर्ट साइज फोटो तथा ३ हजारदेखि ५ हजार शब्दको व्यावसायिक कार्ययोजना समेत पेश गर्नुपर्नेछ। आवेदन मन्त्रालयको सिंहदरबारस्थित संस्थान समन्वय शाखामा वा मन्त्रालयको इमेलमार्फत समेत पठाउन सकिने जनाइएको छ।

मन्त्रालयले छनोट प्रक्रिया प्रचलित कानुन तथा सम्बन्धित मापदण्डअनुसार अघि बढाइने जनाएको छ। साथै समयभित्र नपुगेका वा अपूर्ण आवेदनमाथि कुनै कारबाही नगरिने स्पष्ट पारिएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य… दको लागि पून दरखास्त आह्वान गरिएको सम्बन्धी सूचना

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...