Tekmandu

एनसेल ग्राहकलाई विशेष अफर, अल्टिमाका ग्याजेट खरिदमा ६० प्रतिशतसम्म छुट

काठमाण्डौं — दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकको डिजिटल जीवनशैलीलाई थप सहज बनाउन आकर्षक छुट योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत एनसेलका ग्राहकले अल्टिमा लाइफस्टाइलका विभिन्न ग्याजेट खरिद गर्दा ६० प्रतिशतसम्मको भारी छुट प्राप्त गर्न सक्नेछन् ।

यस विशेष अफरका लागि एनसेल र स्मार्ट ग्याजेट ब्रान्ड अल्टिमा लाइफस्टाइलबीच व्यावसायिक साझेदारी भएको छ । उक्त साझेदारी पत्रमा एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

कसले पाउँछन् यो छुट ?

एनसेलका अनुसार  रु. ९९ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो प्याक प्रयोग गरिरहेका प्रिपेड ग्राहकहरू यो अफरका लागि योग्य हुनेछन् । त्यसैगरी  रेन्टल प्लान सक्रिय रहेका पोस्टपेड ग्राहकले पनि यो सुविधाको लाभ लिन पाउनेछन् ।

यस अफर मार्फत ग्राहकले अल्टिमाका साउन्ड बार, स्पिकर, वायरलेस इयरबड, स्मार्टवाच, पावरब्याङ्क लगायतका अत्याधुनिक ग्याजेट निकै सस्तो मूल्यमा किन्न सक्नेछन् । अझ गजबको कुरा त के छ भने  यसरी खरिद गरिएका सामान अल्टिमाले नेपालभर डेलिभरी गर्ने व्यवस्था मिलाएको छ ।

कसरी लिने छुटको फाइदा ?

यो छुट अफर पूर्ण रूपमा एनसेल एपमार्फत मात्र सञ्चालनमा ल्याइएको छ । यसको लाभ लिन ग्राहकले आफ्नो स्मार्टफोनमा रहेको एनसेल एप  खोली पार्टनर्ड सर्भिसेस (Partnered Services) मा गएर अल्टिमा लाइफस्टाइल  छान्नुपर्नेहुन्छ ।

त्यहाँ प्रयोगकर्ताको नाममा दर्ता भएको मोबाइल नम्बरका आधारमा सिस्टमले आफैँ योग्यता जाँच गर्नेछ र ग्राहकले एपमै छुटपछिको अन्तिम मूल्य (तिर्नुपर्ने रकम) देख्न सक्नेछन् ।

यस सहकार्यबारे बोल्दै एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, “हाम्रा ग्राहकलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट प्रदान गर्ने योजना ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ । अल्टिमा लाइफस्टाइलसँगको यो सहकार्यले हाम्रा ग्राहकको डिजिटल जीवनशैलीलाई अझ समृद्ध बनाउन मद्दत गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

यदि कुनै ग्राहक यो योजनाका लागि तत्काल योग्य छैनन् भने उनीहरूले रु. ९९ वा सोभन्दा बढीको कुनै पनि प्याक खरिद गरी तुरुन्तै यो अफरको फाइदा लिन सक्नेछन् । आफ्नो प्याक वा रेन्टल प्लान सक्रिय रहेसम्म ग्राहकले आफ्नो आवश्यकता अनुसार यो छुट अफर पटक–पटक प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

एनसेल ग्राहकलाई विशेष अफर, अल्टिमाका ग्याजेट खरिदमा ६० प्रतिशतसम्म छुट

एनसेल ग्राहकलाई विशेष अफर, अल्टिमाका ग्याजेट खरिदमा ६० प्रतिशतसम्म छुट

काठमाण्डौं — दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकको डिजिटल जीवनशैलीलाई थप सहज बनाउन आकर्षक छुट योजना सार्वजनिक गरेको...
९९ प्रतिशत इन्टरनेट डेटा बोक्ने समुद्रमुनिका केबुलको रोचक कथा

९९ प्रतिशत इन्टरनेट डेटा बोक्ने समुद्रमुनिका केबुलको रोचक कथा

काठमाण्डौं — समुद्रको गहिराइमा अनेकौँ विचित्रका जीवजन्तु भेटिन्छन्। तर  के तपाईंलाई थाहा छ? तपाईंले हेर्ने टिकटक भिडियोदेखि इमेल र...
हुवावे आईसीटी प्रतिस्पर्धा २०२५–२६ को ग्लोबल फाइनल सम्पन्न, २ लाख २० हजार विद्यार्थी सहभागी

हुवावे आईसीटी प्रतिस्पर्धा २०२५–२६ को ग्लोबल फाइनल सम्पन्न, २ लाख २० हजार विद्यार्थी सहभागी

शेन्जेन (चीन) — हुवावे सूचना तथा सञ्चार प्रविधि (ICT) प्रतियोगिता २०२५–२०२६ को विश्वव्यापी अन्तिम चरण तथा पुरस्कार वितरण समारोह ची...
नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदमा पुन  दरखास्त आह्वान

नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदमा पुन दरखास्त आह्वान

काठमाण्डौं —  सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको सदस्य (कानुन) पदका लागि पुन दरखास्त आह्वान गरेको छ। यसअघि प...