Tekmandu

एनसेल ग्राहकलाई विशेष अफर, अल्टिमाका ग्याजेट खरिदमा ६० प्रतिशतसम्म छुट

काठमाण्डौं — दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकको डिजिटल जीवनशैलीलाई थप सहज बनाउन आकर्षक छुट योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत एनसेलका ग्राहकले अल्टिमा लाइफस्टाइलका विभिन्न ग्याजेट खरिद गर्दा ६० प्रतिशतसम्मको भारी छुट प्राप्त गर्न सक्नेछन् ।

यस विशेष अफरका लागि एनसेल र स्मार्ट ग्याजेट ब्रान्ड अल्टिमा लाइफस्टाइलबीच व्यावसायिक साझेदारी भएको छ । उक्त साझेदारी पत्रमा एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

कसले पाउँछन् त यो छुट ?

एनसेलका अनुसार  रु. ९९ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो प्याक प्रयोग गरिरहेका प्रिपेड ग्राहकहरू यो अफरका लागि योग्य हुनेछन् । त्यसैगरी  रेन्टल प्लान सक्रिय रहेका पोस्टपेड ग्राहकले पनि यो सुविधाको लाभ लिन पाउनेछन् ।

यस अफर मार्फत ग्राहकले अल्टिमाका साउन्ड बार, स्पिकर, वायरलेस इयरबड, स्मार्टवाच, पावरब्याङ्क लगायतका अत्याधुनिक ग्याजेट निकै सस्तो मूल्यमा किन्न सक्नेछन् । अझ गजबको कुरा त के छ भने  यसरी खरिद गरिएका सामान अल्टिमाले नेपालभर डेलिभरी गर्ने व्यवस्था मिलाएको छ ।

कसरी लिने छुटको फाइदा ?

यो छुट अफर पूर्ण रूपमा एनसेल एपमार्फत मात्र सञ्चालनमा ल्याइएको छ । यसको लाभ लिन ग्राहकले आफ्नो स्मार्टफोनमा रहेको एनसेल एप  खोली पार्टनर्ड सर्भिसेस (Partnered Services) मा गएर अल्टिमा लाइफस्टाइल  छान्नुपर्नेहुन्छ ।

त्यहाँ प्रयोगकर्ताको नाममा दर्ता भएको मोबाइल नम्बरका आधारमा सिस्टमले आफैँ योग्यता जाँच गर्नेछ र ग्राहकले एपमै छुटपछिको अन्तिम मूल्य (तिर्नुपर्ने रकम) देख्न सक्नेछन् ।

यस सहकार्यबारे बोल्दै एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, “हाम्रा ग्राहकलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट प्रदान गर्ने योजना ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ । अल्टिमा लाइफस्टाइलसँगको यो सहकार्यले हाम्रा ग्राहकको डिजिटल जीवनशैलीलाई अझ समृद्ध बनाउन मद्दत गर्नेछ भन्ने हाम्रो विश्वास छ ।”

यदि कुनै ग्राहक यो योजनाका लागि तत्काल योग्य छैनन् भने उनीहरूले रु. ९९ वा सोभन्दा बढीको कुनै पनि प्याक खरिद गरी तुरुन्तै यो अफरको फाइदा लिन सक्नेछन् । आफ्नो प्याक वा रेन्टल प्लान सक्रिय रहेसम्म ग्राहकले आफ्नो आवश्यकता अनुसार यो छुट अफर पटक–पटक प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...