Tekmandu

नेपालमै पहिलोपटक एनसेलको डाटा सेन्टरले पायो प्रतिष्ठित ‘टीआईए रेटेड ३’ प्रमाणीकरण, डाटा सुरक्षामा नयाँ फड्को

काठमाण्डौं — दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ललितपुर, नख्खुस्थित अत्याधुनिक डाटा सेन्टरले विश्व प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रमाणीकरण प्राप्त गरेको छ । एनसेल बिजनेसअन्तर्गत सञ्चालित यस डाटा सेन्टरले ‘एएनएसआई/टीआईए–९४२–सी (ANSI/TIA-942-C) रेटेड ३ डिजाइन एन्ड कन्स्ट्रक्टेड फसिलिटी’ प्रमाणीकरण पाएको हो ।

यो सफलतासँगै एनसेलको डाटा सेन्टर डिजाइन र निर्माण दुवै विधामा यस्तो अन्तर्राष्ट्रिय मान्यता पाउने नेपालकै पहिलो डाटा सेन्टर बनेको छ । सरकारद्वारा सूचीकृत नेपालको पहिलो इन्टिग्रेटेड डाटा सेन्टर र क्लाउड सेवाको रूपमा रहेको यस सेन्टरले पाएको यो ‘टीएर थ्री’ (Tier III) प्रमाणीकरणले यसको उच्च गुणस्तर, सुरक्षा र विश्वसनीयतालाई विश्वस्तरिय प्रमाणित गरेको छ ।

टेलिकम्युनिकेशन इन्डस्ट्री एसोसिएसन (टीआईए) बाट अधिकारप्राप्त अडिट संस्था ‘डाटा सेन्टर मिडिया एलएलपी’ले यसको मूल्यांकन र प्रमाणीकरण गरेको हो ।

९९.९८२% अपटाइमको ग्यारेन्टी

यो प्रमाणीकरणले एनसेलको डाटा सेन्टरमा कुनै प्राविधिक गडबडी आउँदा वा मर्मतसम्भार गर्नुपर्दा पनि सेवा अवरुद्ध नहुने (कन्करेन्ट्ली मेन्टेनेबल) कुराको सुनिश्चितता गर्दछ । पूर्ण रूपमा अतिरिक्त (रिडन्डेन्ट) विद्युत आपूर्ति, कुलिङ प्रणाली र नेटवर्कको बलियो ब्याकअपका कारण यो डाटा सेन्टरले ९९.९८२ प्रतिशत समय निरन्तर सेवा (अपटाइम) दिन सक्दछ । यसको अर्थ  पूर्व निर्धारित मर्मत वा आकस्मिक घटनाहरूमा पनि ग्राहकको सेवा रोकिने छैन ।

नेपालकै डिजिटल पूर्वाधारका लागि कोशेढुङ्गा

यस उपलब्धिलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले एनसेल र नेपाल दुवैका लागि एक महत्वपूर्ण  कोशेढुङ्गा  मानेका छन् ।

“हामी विश्वस्तरीय डिजिटल पूर्वाधार उपलब्ध गराउन प्रतिबद्ध छौँ, जसले स्थानीय व्यवसायहरूलाई विस्तार गर्न आत्मविश्वास दिन्छ र सरकारको डिजिटल रूपान्तरणको महत्वकांक्षामा पनि योगदान पुर्‍याउँछ,” सीईओ फोलेले भने, “कुनै पनि अवस्थामा सेवा अवरुद्ध भएको परिकल्पना समेत गर्न नसक्ने संवेदनशील क्षेत्रका ग्राहकहरूले अब नेपालमै होस्ट गरिएका सुरक्षित र सधैँ उपलब्ध सेवाहरूमा ढुक्कले भरोसा गर्न सक्दछ ।”

सूचना सुरक्षामा आईएसओको मोहर

टीएर थ्री प्रमाणीकरण बाहेक  एनसेलको डाटा सेन्टर सूचना सुरक्षा र गोपनीयताको मामिलामा पनि अब्बल मानिएको छ । उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यास अपनाएबापत यसले सूचना सुरक्षाका लागि ‘आईएसओ २७००१’ (ISO 27001) र गोपनीयता व्यवस्थापनका लागि ‘आईएसओ २७७०१’ मान्यता यसअघि नै पाइसकेको छ । साथै उच्च गुणस्तरीय सेवा र वातावरणीय प्रभाव न्यूनीकरणप्रति कम्पनीको प्रतिबद्धतालाई ‘आईएसओ ९००१’ र ‘१४००१’ प्रमाणीकरणले पनि पुष्टि गरिसकेका छन् ।

व्यवसाय र देशलाई के फाइदा ?

यो प्रमाणीकरणसँगै एनसेल बिजनेसले आफ्ना कर्पोरेट ग्राहकहरूलाई अझ सुरक्षित सेवा दिने क्षमता प्रमाणित गरेको छ:

  • व्यवसायलाई निरन्तरता: बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सरकारी निकाय र साना ठूला व्यवसायका बैंकिङ कारोबार, ईआरपी (ERP) प्लेटफर्म र अनलाइन सेवाहरूमा  डाउनटाइम (सेवा निष्क्रिय हुने समय) लगभग शून्य हुनेछ ।
  • विपद् व्यवस्थापन: बलियो ब्याकअप र बिल्ट इन रिडन्डेन्सीका कारण साइबर आक्रमण वा प्राकृतिक विपत्तिको समयमा पनि व्यवसाय निरन्तर सुचारु गर्न सकिनेछ ।
  • डाटा सार्वभौमिकता: यो सफलताले नेपाली डाटालाई नेपालमै सुरक्षित रूपमा होस्ट गर्न सघाउनेछ । यसबाट विदेशी पूर्वाधारप्रतिको निर्भरता घट्ने र नेपाललाई उदीयमान डिजिटल हबको रूपमा विकास गर्न मद्दत पुग्नेछ ।

एनसेलको यो कदमले नेपालको डिजिटल रूपान्तरण र डाटा सुरक्षाको क्षेत्रमा ठूलो विश्वास जगाउने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...