Tekmandu

च्याटजीपीटीको नयाँ अपडेट, अब आफूले चाहेको समयमा काम गराउन ‘सेड्युल’ गर्न मिल्ने

काठमाण्डौं — के तपाईँलाई थाहा थियो  च्याटजीपीटीलाई पछि गर्ने गरी कुनै कामको जिम्मा दिन पनि सकिन्छ ? सायद धेरै प्रयोगकर्तालाई यसबारे पत्तो थिएन। यही कुरालाई मध्यनजर गर्दै ओपनएआई (OpenAI) ले यो सुविधालाई अझ सहज र व्यवस्थित बनाउन नयाँ अपडेट लिएर आएको छ।

अब तपाईँले च्याटजीपीटीको साइडबार खोल्दा ‘सेड्युल्ड (Scheduled)’ पेजको नयाँ सर्टकट देख्नुहुनेछ। यो यस्तो हब हो  जहाँ तपाईँले च्याटजीपीटीलाई जिम्मा दिएका सबै एक्टिभ टास्कहरू र ती कहिले पूरा हुनेछन् भन्ने विवरण एकै ठाउँमा हेर्न सक्नुहुन्छ। त्यति मात्र होइन यही पेजबाट तपाईँले आउँदै गरेका रिक्वेस्टहरूलाई आवश्यकता अनुसार पज (Pause), एडिट (Edit) वा डिलिट (Delete) पनि गर्न सक्नुहुन्छ।

ओपनएआईले यो नयाँ अपडेटसँगै च्याटजीपीटीको सेड्युल गर्न मिल्ने प्रम्प्ट (Prompt) ह्यान्डल गर्ने क्षमता अझै बलियो बनाएको छ। कम्पनीको दाबी अनुसार अब यी टास्कहरू पहिलेभन्दा छिटो र भरपर्दो तरिकाले काम गर्नेछन्। च्याटबोटलाई भविष्यमा कुनै काम गर्न निर्देशन दिँदा तपाईँले ठ्याक्कै तोकिएको समय (जस्तै: १० बजे) वा ‘बिहान’, ‘दिउँसो’ तथा ‘साँझ’ जस्तो फराकिलो समयवधि पनि सेट गर्न सक्नुहुन्छ।

कम्पनीले सेयर गरेको भिडियोमा अर्को एउटा रोचक सुविधा पनि देखाइएको छ। प्रयोगकर्ताले अब ‘मोनिटरिङ टास्क’ सेट अप गर्न सक्नेछन्। यसको मतलब  च्याटजीपीटीले तपाईँको तर्फबाट आफैँ वेब सर्च (Web search) गर्ने वा तपाईँले कनेक्ट गरेका एपहरू (Connected apps) मा गएर जानकारी खोज्ने काम पनि गर्न सक्छ।

कसले पाउँछन् यो सुविधा ?

ओपनएआईका अनुसार यो सेड्युल्ड टास्क फिचर हाल प्लस (Plus), प्रो (Pro), बिजनेस (Business) र इन्टरप्राइज (Enterprise) ग्राहकहरूका लागि रोलआउट हुँदैछ। फ्री (Free) प्रयोगकर्ताहरूले यो सुविधा कहिलेसम्म पाउँछन् भन्नेबारे कम्पनीले अहिलेसम्म केही खुलाएको छैन।

यसै अपडेटसँगै कम्पनीले गत वर्षदेखि सुरु गरेको ‘पल्स (Pulse)’ फिचर भने बन्द गर्ने घोषणा गरेको छ। यो फिचरले प्रयोगकर्तालाई हरेक दिन पर्सनलाइज्ड समरी दिने गर्दथ्यो। प्रो प्रयोगकर्ताहरूले आगामी १४ दिनसम्म मात्रै पल्स चलाउन पाउनेछन्। त्यसपछि भविष्यका समरीहरू तयार गर्नका लागि उनीहरूले पनि यही नयाँ सेड्युलिङ हब नै प्रयोग गर्नुपर्ने हुन्छ।

सम्बन्धित समाचार

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

काठमाडौं — एप्पलले आफ्ना प्रयोगकर्ताको अनलाइन पहिचान गोप्य राख्न ल्याएको 'हाइड माई इमेल' (Hide My Email) फिचरमा एउटा गम्भीर कमजोरी...
ह्वाट्सएपमा आउँदैछ ‘युजरनेम’ फिचर, तर सुरु नहुँदै किन बढ्यो नक्कली अकाउन्ट र ठगीको डर?

ह्वाट्सएपमा आउँदैछ ‘युजरनेम’ फिचर, तर सुरु नहुँदै किन बढ्यो नक्कली अकाउन्ट र ठगीको डर?

काठमाडौं — लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले यसै वर्षको अन्त्यतिर ल्याउन लागेको नयाँ 'युजरनेम' (username) फिचरले अहिले नै सुरक्षा चि...
‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

काठमाडौं — इन्टरनेटको आधार बनेको टीसीपी/आईपी (TCP/IP) प्रोटोकल विकासमा निर्णायक भूमिका खेलेका तथा 'इन्टरनेटका पिता' का रूपमा परिचि...
नेपाली टेलिकममा ‘सब्स्क्रिप्सन’ मोडेलको भ्रम, बन्डलिङले ग्राहक बढायो, उद्योग किन बलियो भएन?

नेपाली टेलिकममा ‘सब्स्क्रिप्सन’ मोडेलको भ्रम, बन्डलिङले ग्राहक बढायो, उद्योग किन बलियो भएन?

काठमाडौं — नेपाल टेलिकम (NTC) ले ‘सजिलो अनलिमिटेड’ र ‘नमस्ते रिकरिङ’ जस्ता प्याकेज बजारमा ल्याएको छ। निजी क्षेत्रको एनसेल (Ncell) ...