Tekmandu

इन्स्टाग्राममा नयाँ फिचर, अब स्वाइप गरेर हेर्ने प्रत्येक फोटोमा बेग्लाबेग्लै क्याप्सन लेख्न मिल्ने

काठमाण्डौं — फोटो तथा भिडिओ सेयरिङ प्लेटफर्म इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताको लामो समयदेखिको माग पूरा गर्दै एउटा नयाँ फिचर ल्याएको छ। अब प्रयोगकर्ताले क्यारोसेल पोस्ट गर्दा हरेक स्लाइडमा छुट्टाछुट्टै क्याप्सन राख्न पाउनेछन्।

यसअघि क्यारोसेलमा जतिवटा फोटो वा भिडिओ राखे पनि सबैका लागि एउटै मात्र क्याप्सन लेख्ने सुविधा थियो। एउटै क्याप्सनले धेरै वटा तस्बिरको छुट्टाछुट्टै कथा वा सन्दर्भ बुझाउन कठिन भइरहेको थियो। तर नयाँ अपडेटसँगै अब प्रत्येक फोटोको आ-आफ्नै कथा प्रस्तुत गर्न निकै सहज हुने भएको छ।

यो फिचर प्रयोग गर्न निकै सजिलो छ। पोस्ट गर्दा क्याप्सन लेख्ने ठाउँमा एउटा टगल अप्सन देखिन्छ। त्यसमा ट्याप गरेपछि हरेक स्लाइडका लागि नयाँ क्याप्सन लेख्ने कि नलेख्ने भनेर प्रयोगकर्ता आफैंले निर्णय गर्न सक्छन्। कम्पनीले यो फिचर अहिले रोलआउट गरिरहेको छ। विश्वभरका सबै प्रयोगकर्ताको मोबाइलमा यो अपडेट पुग्न करिब एक साता लाग्न सक्ने बताइएको छ।

केही वर्षअघि मात्रै इन्स्टाग्रामले क्यारोसेलमा राख्न मिल्ने फोटोको सीमा १० बाट बढाएर २० पुर्‍याएको थियो। अब एकैपटक २० वटा तस्बिर र ती सबैका छुट्टाछुट्टै २० वटा क्याप्सन राख्न मिल्ने भएपछि प्लेटफर्ममा झनै रोचक र नयाँ किसिमका कन्टेन्टहरू आउने अपेक्षा गरिएको छ।

पछिल्लो समय इन्स्टाग्रामले आफ्नो प्लेटफर्ममा थुप्रै नयाँ परिवर्तनहरू गरिरहेको छ। अब एन्ड्रोइड डिभाइसमा इन-एप क्यामेराबाटै अल्ट्रा एचडीआर र नाइट साइटको मद्दतले उत्कृष्ट फोटो र भिडिओ खिच्न सकिन्छ। यसका साथै प्रयोगकर्तालाई आफ्नो अल्गोरिदमलाई व्यक्तिगत रुचि अनुसार बदल्ने र प्रोफाइलको ग्रिडमा भएका पोस्टहरूको क्रम आफैंले मिलाउने सुविधा पनि कम्पनीले थपेको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...