Tekmandu

एनसेल र ट्रिप टर्बोबीच सम्झौता, एनसेल एपमै जोडियो ट्राभल र टिकेटिङ सुविधा

काठमाण्डौं — दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि यात्रा र साहसिक गतिविधिमा आकर्षक छुटसहितको नयाँ अफर ल्याएको छ । यसका लागि एनसेलले चर्चित ट्राभल प्लेटफर्म ‘ट्रिप टर्बो’सँग सम्झौता गरेको छ ।

अब एनसेलका प्रयोगकर्ताले एनसेल एपको प्रयोग गरी बस र आन्तरिक हवाई टिकट बुकिङ गर्दा वा विभिन्न साहसिक गतिविधिमा सहभागी हुँदा विशेष छुट र लाभ लिन सक्नेछन् ।

कति पाइन्छ छुट ?

कम्पनीका अनुसार यो अफरको फाइदा लिन ग्राहकले एनसेलको ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै पनि प्याक खरिद गरेको हुनुपर्नेछ ।

प्याक खरिद गरेपछि ग्राहकले ट्रिप टर्बोमार्फत विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा ८ हजार रुपैयाँसम्मको भारी छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, एपमार्फत पहिलो पटक आन्तरिक हवाई टिकट काट्दा २०० रुपैयाँ र त्यसपछिका हरेक उडान टिकटमा १४० रुपैयाँ छुट पाइनेछ । साथै, बसको टिकट बुकिङमा पनि हरेक पटक १११ रुपैयाँ छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कसरी लिने यो सुविधा ?

यो विशेष छुटको लाभ लिन निकै सहज छ । यसका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको ‘एनसेल एप’ खोलेर त्यहाँ भित्र रहेको ‘पार्टनर्ड सर्भिसेज’ (Partnered Services) सेक्सनमा जानुपर्नेछ । त्यहाँ रहेको ‘ट्रिप टर्बो’ विकल्प छनोट गरेर ग्राहकले डिजिटल रूपमै आफ्नो यात्राको योजना बनाउन र छुटको फाइदा लिन सक्नेछन् ।

यस सम्झौताका विषयमा बोल्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले एनसेल अब कनेक्टिभिटीमा मात्र सीमित नरही ग्राहकको जीवनशैलीसँग जोडिन खोजेको बताए ।

“हामी ग्राहकलाई सञ्चार सेवा मात्र नभएर उहाँहरुको यात्रा र लाइफस्टाइलसँग जोडिएका विविध फाइदाहरू दिन प्रतिबद्ध छौँ,” उनले भने, “ट्रिप टर्बोसँगको सहकार्यले हाम्रा ग्राहकको यात्रालाई अझ सुविधाजनक, फलदायी र किफायती बनाउने हाम्रो विश्वास छ ।”

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...