Tekmandu

एनसेल र ट्रिप टर्बोबीच सम्झौता, एनसेल एपमै जोडियो ट्राभल र टिकेटिङ सुविधा

काठमाण्डौं — दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि यात्रा र साहसिक गतिविधिमा आकर्षक छुटसहितको नयाँ अफर ल्याएको छ । यसका लागि एनसेलले चर्चित ट्राभल प्लेटफर्म ‘ट्रिप टर्बो’सँग सम्झौता गरेको छ ।

अब एनसेलका प्रयोगकर्ताले एनसेल एपको प्रयोग गरी बस र आन्तरिक हवाई टिकट बुकिङ गर्दा वा विभिन्न साहसिक गतिविधिमा सहभागी हुँदा विशेष छुट र लाभ लिन सक्नेछन् ।

कति पाइन्छ छुट ?

कम्पनीका अनुसार यो अफरको फाइदा लिन ग्राहकले एनसेलको ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै पनि प्याक खरिद गरेको हुनुपर्नेछ ।

प्याक खरिद गरेपछि ग्राहकले ट्रिप टर्बोमार्फत विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा ८ हजार रुपैयाँसम्मको भारी छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, एपमार्फत पहिलो पटक आन्तरिक हवाई टिकट काट्दा २०० रुपैयाँ र त्यसपछिका हरेक उडान टिकटमा १४० रुपैयाँ छुट पाइनेछ । साथै, बसको टिकट बुकिङमा पनि हरेक पटक १११ रुपैयाँ छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कसरी लिने यो सुविधा ?

यो विशेष छुटको लाभ लिन निकै सहज छ । यसका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको ‘एनसेल एप’ खोलेर त्यहाँ भित्र रहेको ‘पार्टनर्ड सर्भिसेज’ (Partnered Services) सेक्सनमा जानुपर्नेछ । त्यहाँ रहेको ‘ट्रिप टर्बो’ विकल्प छनोट गरेर ग्राहकले डिजिटल रूपमै आफ्नो यात्राको योजना बनाउन र छुटको फाइदा लिन सक्नेछन् ।

यस सम्झौताका विषयमा बोल्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले एनसेल अब कनेक्टिभिटीमा मात्र सीमित नरही ग्राहकको जीवनशैलीसँग जोडिन खोजेको बताए ।

“हामी ग्राहकलाई सञ्चार सेवा मात्र नभएर उहाँहरुको यात्रा र लाइफस्टाइलसँग जोडिएका विविध फाइदाहरू दिन प्रतिबद्ध छौँ,” उनले भने, “ट्रिप टर्बोसँगको सहकार्यले हाम्रा ग्राहकको यात्रालाई अझ सुविधाजनक, फलदायी र किफायती बनाउने हाम्रो विश्वास छ ।”

सम्बन्धित समाचार

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

काठमाडौं — एप्पलले आफ्ना प्रयोगकर्ताको अनलाइन पहिचान गोप्य राख्न ल्याएको 'हाइड माई इमेल' (Hide My Email) फिचरमा एउटा गम्भीर कमजोरी...
ह्वाट्सएपमा आउँदैछ ‘युजरनेम’ फिचर, तर सुरु नहुँदै किन बढ्यो नक्कली अकाउन्ट र ठगीको डर?

ह्वाट्सएपमा आउँदैछ ‘युजरनेम’ फिचर, तर सुरु नहुँदै किन बढ्यो नक्कली अकाउन्ट र ठगीको डर?

काठमाडौं — लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले यसै वर्षको अन्त्यतिर ल्याउन लागेको नयाँ 'युजरनेम' (username) फिचरले अहिले नै सुरक्षा चि...
‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

काठमाडौं — इन्टरनेटको आधार बनेको टीसीपी/आईपी (TCP/IP) प्रोटोकल विकासमा निर्णायक भूमिका खेलेका तथा 'इन्टरनेटका पिता' का रूपमा परिचि...
नेपाली टेलिकममा ‘सब्स्क्रिप्सन’ मोडेलको भ्रम, बन्डलिङले ग्राहक बढायो, उद्योग किन बलियो भएन?

नेपाली टेलिकममा ‘सब्स्क्रिप्सन’ मोडेलको भ्रम, बन्डलिङले ग्राहक बढायो, उद्योग किन बलियो भएन?

काठमाडौं — नेपाल टेलिकम (NTC) ले ‘सजिलो अनलिमिटेड’ र ‘नमस्ते रिकरिङ’ जस्ता प्याकेज बजारमा ल्याएको छ। निजी क्षेत्रको एनसेल (Ncell) ...