Tekmandu

नासाको चन्द्रमा योजना फेरियो: अन्तरिक्ष स्टेशनको काम रोकियो, अब सिधै सतहमा मुन बेस

काठमाण्डौं — अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो चन्द्रमा मिसनको रणनीतिमा परिवर्तन गरेसँगै  हेलो मोड्युल (HALO module) को काम रोक्न निर्देशन दिएको छ। नासाले लुनार गेटवे (Lunar Gateway) भन्दा पनि चन्द्रमाको सतहमा बेस बनाउने योजनामा ध्यान केन्द्रित गरेपछि नर्थ्रोप ग्रुमनले निर्माण गरिरहेको यो महत्त्वपूर्ण स्पेस भेइकलको काम रोकिएको हो।

करीब तीन महिनाअघि वासिङ्टन डीसीमा आयोजित एक कार्यक्रममा नासाले आफ्नो रणनीति परिवर्तन गरेको जानकारी दिएको थियो। उक्त घोषणामा चन्द्रमाको कक्षमा रहने अर्बिटल स्पेस स्टेशनको काम तत्कालका लागि रोकिने र चन्द्रमाकै सतहमा मुन बेस बनाउने कुरा उल्लेख थियो। गेटवेका दुई प्रमुख भागमध्ये ‘पावर एन्ड प्रोपल्सन एलिमेन्ट’लाई अब डिप स्पेसमा न्यूक्लियर-इलेक्ट्रिक प्रोपल्सन प्रदर्शनका लागि मुख्य मोड्युलको रूपमा प्रयोग गरिने नासाले त्यतिबेलै प्रष्ट पारेको थियो।

तर  अर्को मुख्य कम्पोनेन्ट ‘ह्याबिटेसन एन्ड लजिस्टिक आउटपोस्ट’ अर्थात् हेलो (HALO) को भविष्य के हुने भन्नेबारे धेरै कुरा बाहिर आएको थिएन। ६.१ मिटर लामो यो प्रेसराइज्ड मोड्युलमा लुनार गेटवेमा पुग्ने अन्तरिक्ष यात्रीहरूले धेरैजसो समय बिताउने योजना थियो। नासाले यो ह्याबिटेसन मोड्युल डिजाइन, निर्माण र  पावर एन्ड प्रोपल्सन एलिमेन्टसँग इन्टिग्रेट गर्न नर्थ्रोप ग्रुमनलाई १.१ बिलियन डलरको ठेक्का दिएको थियो।

मार्चको घोषणापछि नर्थ्रोप ग्रुमनले  हेलो मोड्युललाई नासाको मुन बेस योजनामा समावेश गर्न लबिङ सुरु गरेको थियो। अब भने यो सम्भावना लगभग टरेको छ। गत हप्ता मात्रै हेलो मोड्युलको एक प्रमुख ठेकेदार प्यारागोन स्पेस डेभलपमेन्ट कर्पलाई स्पेस भेइकलको काम रोक्न निर्देशन दिइएको दुईवटा स्रोतले जानकारी दिएका छन्। प्यारागोनले सन् २०२२ मा हेलोको लाइफ सपोर्ट सिस्टम विकास गर्न १०० मिलियन डलरभन्दा बढीको ठेक्का पाएको थियो।

नासा नर्थ्रोप ग्रुमन अन्य प्रोजेक्टमा केन्द्रित

अहिलेसम्म स्टप वर्क अर्डर  वा हेलोको भविष्य सकिएको विषयमा कसैले पनि औपचारिक रूपमा पुष्टि गरेका छैनन्। नर्थ्रोप ग्रुमनका एक प्रवक्ताले हेलोलाई अन्य विभिन्न लुनार मिसनमा प्रयोग गर्न सकिने र यो डिप स्पेस वा लुनार ह्याबिट्याटलाई सपोर्ट गर्ने सबैभन्दा म्याच्युर टेक्नोलोजी भएको दाबी गरेका छन्। “यी स्रोतहरूको कसरी उत्तम प्रयोग गर्ने भन्ने विषयमा हामी नासालाई सघाइरहने छौं,” ती प्रवक्ताले भने।

साथै  हेलो मोड्युलको काम रोकिँदा प्रभावित हुने आफ्ना अधिकांश कर्मचारीलाई कम्पनीले स्पेस पोर्टफोलियो अन्तर्गतकै अन्य कार्यक्रम र अवसरहरूमा सरुवा गरिरहेको पनि उनले खुलाए।

यस निर्णयले नासा र यसको प्रमुख ठेकेदारबीच कुनै विवाद भने ल्याएको छैन। अन्तरिक्ष एजेन्सीका एक स्रोतले भनेका छन्, “मुन बेसमा नर्थ्रोपले कसरी योगदान गर्ने भन्ने विषयमा नासा सहमतिको राम्रो बिन्दुमा पुगेको छ।”

आखिर हेलोको काम अहिले नै किन रोकियो त? यसको ठ्याक्कै कारण स्पष्ट छैन। सम्भवत  नासालाई चन्द्रमाको सतहका लागि यति ठूलो मोड्युल आवश्यक परेन। पूर्ण रूपमा तयार हुँदा हेलो मोड्युलको तौल ८ वा ९ मेट्रिक टन हुन्छ। चन्द्रमाको सतहमा यति धेरै तौल पुर्‍याउनु आफैंमा जटिल काम हो। लुनार सर्फेस हार्डवेयर विकास गर्ने सवालमा हतार नगरी बिस्तारै अघि बढ्ने (walk-before-you-can-run) नासाको नीतिसँग पनि यो भारी तौल मेल खाँदैन। अर्कोतर्फ हेलोमा देखिएको कोरोजन (खिया लाग्ने) समस्या समाधान गर्न धेरै समय र लागत लाग्ने भएकाले पनि यो निर्णय लिइएको हुन सक्छ।

कारण जेसुकै भए पनि  हेलोको काम रोकिनुले पहिले नै अनिश्चित बनिसकेको  लुनार गेटवे  परियोजनालाई पूर्ण रूपमा समाप्तिको दिशामा धकेलिदिएको छ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

काठमाडौं — एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, ...
फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

काठमाडौं —  फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले अमेरिकाका अधिकांश राज्यहरूसँग करिब १८ अर्ब अमेरिकी डलर बराबरको ऐतिहासिक सम्...
एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा विश्वमै अग्रणी मानिएको कम्पनी ओपनएआईले हालै भएको ‘हगिङ फेस’ (Hugging F...
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड...