Tekmandu

च्याटजीपीटीमा ओपेनएआईको नयाँ अपडेट, जीपीटी-५.५ इन्स्ट्यान्टले अब झन् सटिक उत्तर दिने

काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपेनएआईले आफ्नो लोकप्रिय च्याटबोट च्याटजीपीटीको फ्रि मोडल ‘जीपीटी-५.५ इन्स्ट्यान्ट’ (GPT-5.5 Instant) मा महत्त्वपूर्ण सुधार गरेको छ। यो अपडेटसँगै च्याटजीपीटीले प्रयोगकर्ताका कुरा र सन्दर्भलाई अझ गहिराइसँग बुझ्ने तथा जटिल प्रश्नहरूको सटिक उत्तर दिन सक्ने भएको छ।

हामीले च्याटजीपीटी चलाउँदा सबैभन्दा बढी प्रयोग गर्ने डिफल्ट मोडल नै जीपीटी-५.५ इन्स्ट्यान्ट हो। कम्पनीले गत मे महिनामा यसलाई च्याटजीपीटीको डिफल्ट मोडल बनाएको थियो। त्यतिबेलै कम्पनीले परीक्षणका क्रममा यो मोडलले दिने गलत वा भ्रामक जानकारी (हलुसिनेसन) ५२.५ प्रतिशतले र तथ्यगत त्रुटि ३७.३ प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक गरेको थियो।

अहिले गरिएको नयाँ अपग्रेडपछि यो मोडलले प्रयोगकर्ताले सोधेको प्रश्नको भित्री मनसाय बुझ्न झनै सिपालु भएको छ। तपाईँले च्याटबोटसँग लगातार दोहोरो कुराकानी गरिरहँदा पनि यसले अघिल्ला सन्दर्भहरू बिर्सने छैन। एउटै प्रश्नमा धेरै वटा सर्त वा कुराहरू सोधिएका छन् भने पनि यसले अब नअल्मलिइकन सबै पक्षलाई सम्बोधन गरेर उत्तर दिन्छ।

यदि तपाईँले आफ्नो प्रश्नमा थप स्पष्टीकरण दिनुभयो वा च्याटजीपीटीले दिएको उत्तरमा चित्त नबुझेर क्रस प्रश्न गर्नुभयो भने  यसले पुरानै कुरा दोहोर्याउँदैन। बरु प्रयोगकर्ताको चाहना अनुसार आफूलाई ढालेर नयाँ र सान्दर्भिक उत्तर दिने ओपेनएआईले जनाएको छ। च्याटजीपीटीको मुख्य मोडल नै यही भएकाले प्रयोगकर्ताले अब यो च्याटबोट चलाउँदा निकै सहज र छिटो महसुस गर्नेछन्।

नयाँ  जीपीटी-५.५ इन्स्ट्यान्टले लोकेसन (स्थान) सँग जोडिएका सन्दर्भहरू पनि राम्रोसँग बुझ्न सक्छ। जस्तै  तपाईँ कतै घुम्न जाँदै हुनुहुन्छ र नजिकैको राम्रो रेस्टुरेन्टको सुझाव माग्नुभयो भने यसले एकदमै सान्दर्भिक विकल्पहरू देखाउँछ। साथै आवश्यक पर्दा यसले प्रडक्ट (सामान) को सुझाव, व्यापारिक जानकारी र तस्बिरहरू पनि उपलब्ध गराउनेछ।

ओपेनएआईले आफ्नो घोषणामा भनेको छ, “समग्रमा अब च्याटजीपीटीका उत्तरहरू पहिलेभन्दा धेरै प्राकृतिक, सन्तुलित र उत्कृष्ट लाग्नेछन्।” पहिले पहिले च्याटबोटले दिएका उत्तरहरू मेसिनले लेखेको जस्तो ‘टेम्प्लेट’ शैलीका हुन्थे भने अबको फर्म्याटिङ निकै स्वाभाविक हुने कम्पनीको भनाइ छ।

सम्बन्धित समाचार

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

एप्पल प्रयोगकर्ताको प्राइभेसीमाथि गम्भीर प्रश्न, ‘हाइड माई इमेल’ फिचरले नै चुहाइरहेको छ सक्कली इमेल

काठमाडौं — एप्पलले आफ्ना प्रयोगकर्ताको अनलाइन पहिचान गोप्य राख्न ल्याएको 'हाइड माई इमेल' (Hide My Email) फिचरमा एउटा गम्भीर कमजोरी...
ह्वाट्सएपमा आउँदैछ ‘युजरनेम’ फिचर, तर सुरु नहुँदै किन बढ्यो नक्कली अकाउन्ट र ठगीको डर?

ह्वाट्सएपमा आउँदैछ ‘युजरनेम’ फिचर, तर सुरु नहुँदै किन बढ्यो नक्कली अकाउन्ट र ठगीको डर?

काठमाडौं — लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले यसै वर्षको अन्त्यतिर ल्याउन लागेको नयाँ 'युजरनेम' (username) फिचरले अहिले नै सुरक्षा चि...
‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

काठमाडौं — इन्टरनेटको आधार बनेको टीसीपी/आईपी (TCP/IP) प्रोटोकल विकासमा निर्णायक भूमिका खेलेका तथा 'इन्टरनेटका पिता' का रूपमा परिचि...
नेपाली टेलिकममा ‘सब्स्क्रिप्सन’ मोडेलको भ्रम, बन्डलिङले ग्राहक बढायो, उद्योग किन बलियो भएन?

नेपाली टेलिकममा ‘सब्स्क्रिप्सन’ मोडेलको भ्रम, बन्डलिङले ग्राहक बढायो, उद्योग किन बलियो भएन?

काठमाडौं — नेपाल टेलिकम (NTC) ले ‘सजिलो अनलिमिटेड’ र ‘नमस्ते रिकरिङ’ जस्ता प्याकेज बजारमा ल्याएको छ। निजी क्षेत्रको एनसेल (Ncell) ...