Tekmandu

इन्स्टाग्रामले प्रयोगकर्तालाई आफ्नै एल्गोरिदम नियन्त्रण गर्ने थप विकल्प परीक्षण गर्दै

काठमाडौं — इन्स्टाग्रामले प्रयोगकर्ताले आफूले हेर्न चाहने सामग्रीलाई अझ सहज रूपमा नियन्त्रण गर्न सक्ने नयाँ फिचरहरूको परीक्षण गरिरहेको छ। कम्पनीका प्रमुख एडम मोसेरीले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार, ‘योर एल्गोरिदम’ फिचरलाई एपको प्रयोग अनुभवकै मुख्य भाग बनाउने तयारी भइरहेको छ।

इन्स्टाग्रामले गत वर्ष ‘योर एल्गोरिदम’ फिचर सार्वजनिक गरेको थियो। यो फिचरमार्फत प्रयोगकर्ताले आफू कुन विषयका पोस्ट बढी हेर्न चाहन्छन् र कुन विषय कम देखियोस् भन्ने छनोट गर्न सक्दछन्। कम्पनीले विस्तारै यसलाई एपका थप भागहरूमा उपलब्ध गराउँदै आएको छ।

मोसेरीका अनुसार कम्पनीको लक्ष्य ‘योर एल्गोरिदम’लाई केवल सेटिङमा सीमित नराखी प्रयोगकर्ताको दैनिक इन्स्टाग्राम अनुभवको केन्द्रमा ल्याउने हो। उनले अहिले परीक्षण भइरहेका केही फिचर निकट भविष्यमै सार्वजनिक हुन सक्ने, केही भने सफल नहुन पनि सक्ने बताएका छन्।

उनले सार्वजनिक गरेका उदाहरणहरूमा इन्स्टाग्राम फिड स्क्रोल गर्दा तलतिर तानेपछि ‘योर एल्गोरिदम’ मेनु खुल्ने सुविधा देखाइएको छ। अर्को उदाहरणमा रिल्स हेर्दै माथितर्फ स्वाइप गर्दा पनि यस्तै कस्टमाइजेसन विकल्प देखिने व्यवस्था समावेश छ।

त्यस्तै  प्रत्येक रिल्सको तल ‘यस्तै रिल्स अझ बढी हेर्न चाहन्छु’ वा ‘यस्ता रिल्स कम देखाइयोस्’ भन्ने संकेत गर्न मिल्ने बटन राख्ने परीक्षण पनि भइरहेको छ। यसबाट प्रयोगकर्ताले आफ्नो रुचिअनुसार कन्टेन्ट सिफारिसलाई अझ प्रभावकारी रूपमा समायोजन गर्न सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...