Tekmandu

इन्स्टाग्रामले प्रयोगकर्तालाई आफ्नै एल्गोरिदम नियन्त्रण गर्ने थप विकल्प परीक्षण गर्दै

काठमाडौं — इन्स्टाग्रामले प्रयोगकर्ताले आफूले हेर्न चाहने सामग्रीलाई अझ सहज रूपमा नियन्त्रण गर्न सक्ने नयाँ फिचरहरूको परीक्षण गरिरहेको छ। कम्पनीका प्रमुख एडम मोसेरीले सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार, ‘योर एल्गोरिदम’ फिचरलाई एपको प्रयोग अनुभवकै मुख्य भाग बनाउने तयारी भइरहेको छ।

इन्स्टाग्रामले गत वर्ष ‘योर एल्गोरिदम’ फिचर सार्वजनिक गरेको थियो। यो फिचरमार्फत प्रयोगकर्ताले आफू कुन विषयका पोस्ट बढी हेर्न चाहन्छन् र कुन विषय कम देखियोस् भन्ने छनोट गर्न सक्दछन्। कम्पनीले विस्तारै यसलाई एपका थप भागहरूमा उपलब्ध गराउँदै आएको छ।

मोसेरीका अनुसार कम्पनीको लक्ष्य ‘योर एल्गोरिदम’लाई केवल सेटिङमा सीमित नराखी प्रयोगकर्ताको दैनिक इन्स्टाग्राम अनुभवको केन्द्रमा ल्याउने हो। उनले अहिले परीक्षण भइरहेका केही फिचर निकट भविष्यमै सार्वजनिक हुन सक्ने, केही भने सफल नहुन पनि सक्ने बताएका छन्।

उनले सार्वजनिक गरेका उदाहरणहरूमा इन्स्टाग्राम फिड स्क्रोल गर्दा तलतिर तानेपछि ‘योर एल्गोरिदम’ मेनु खुल्ने सुविधा देखाइएको छ। अर्को उदाहरणमा रिल्स हेर्दै माथितर्फ स्वाइप गर्दा पनि यस्तै कस्टमाइजेसन विकल्प देखिने व्यवस्था समावेश छ।

त्यस्तै  प्रत्येक रिल्सको तल ‘यस्तै रिल्स अझ बढी हेर्न चाहन्छु’ वा ‘यस्ता रिल्स कम देखाइयोस्’ भन्ने संकेत गर्न मिल्ने बटन राख्ने परीक्षण पनि भइरहेको छ। यसबाट प्रयोगकर्ताले आफ्नो रुचिअनुसार कन्टेन्ट सिफारिसलाई अझ प्रभावकारी रूपमा समायोजन गर्न सक्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

काठमाडौं — एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, ...
फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

काठमाडौं —  फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले अमेरिकाका अधिकांश राज्यहरूसँग करिब १८ अर्ब अमेरिकी डलर बराबरको ऐतिहासिक सम्...
एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा विश्वमै अग्रणी मानिएको कम्पनी ओपनएआईले हालै भएको ‘हगिङ फेस’ (Hugging F...
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड...