Tekmandu

‘इन्टरनेटका पिता’ भिन्टन सर्फको अवकाश घोषणा, दुई दशकपछि गुगललाई बिदाइ

काठमाडौं — इन्टरनेटको आधार बनेको टीसीपी/आईपी (TCP/IP) प्रोटोकल विकासमा निर्णायक भूमिका खेलेका तथा ‘इन्टरनेटका पिता’ का रूपमा परिचित भिन्टन सर्फले गुगलबाट अवकाश लिने भएका छन्। ८३ वर्षीय सर्फले अर्को सातादेखि आफ्नो जिम्मेवारीबाट औपचारिक रूपमा बिदा लिनेछन्।

योसँगै प्रविधि इतिहासकै सबैभन्दा प्रभावशाली करिअरमध्ये एकको अन्त्य हुने भएको छ। सर्फको अवकाशबारे जानकारी लाउडे इन्स्टिच्युटले आयोजना गरेको ओपन फ्रन्टियर सम्मेलनमा सार्वजनिक गरिएको हो।

भिडियोमार्फत सम्मेलनमा सहभागी भएका सर्फलाई यूसी बर्कलीका प्राध्यापक तथा आरआईएससी (RISC) प्रोसेसर आर्किटेक्चरका सह-विकासकर्ता डेभ प्याटरसनले सम्मान गर्दै उनी अर्को सातादेखि अवकाशमा जान लागेको घोषणा गरेका थिए।

“भिन्ट गुगलमा २० वर्षभन्दा बढी समय रहे र आजबाट ठीक एक सातापछि उनी अवकाश लिँदैछन्। त्यसैले उनको निकै सफल करिअरका लागि हामीले ताली बजाउनुपर्छ,” प्याटरसनले भनेका थिए। त्यसपछि सम्मेलन हल तालिले गुञ्जिएको थियो।

यो विषयमा गुगलले भने समाचार प्रकाशन हुँदासम्म कुनै प्रतिक्रिया दिएको छैन।

सर्फ र उनका सहकर्मी रोबर्ट कानलाई आजको इन्टरनेट सम्भव बनाउने नेटवर्किङ प्रोटोकलका प्रमुख आर्किटेक्ट मानिन्छ। सन् १९७० को दशकदेखि उनीहरूले विकास र लोकप्रिय बनाएको टीसीपी/आईपी (TCP/IP) ले फरक फरक कम्प्युटर नेटवर्कबीच सञ्चार सम्भव बनाउने आधारभूत नियमहरूको सेट तयार गरेको थियो।

यस योगदानका लागि सर्फले धेरै मानार्थ उपाधि, प्रेसिडेन्सियल मेडल अफ फ्रिडम र ट्युरिङ अवार्ड लगायतका प्रतिष्ठित सम्मान प्राप्त गरेका छन्।

सन् २००५ देखि उनी गुगलमा भाइस प्रेसिडेन्ट तथा चिफ इन्टरनेट इभान्जेलिस्ट का रूपमा कार्यरत थिए।

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा ७ दिन थप, १८ टावर पुनः सञ्चालनमा

काठमाडौं — एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, ...
फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

फेसबुक–इन्स्टाग्राममा अब दुई घण्टाको सीमा, मेटाले गर्‍यो १८ अर्ब डलरको सम्झौता

काठमाडौं —  फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले अमेरिकाका अधिकांश राज्यहरूसँग करिब १८ अर्ब अमेरिकी डलर बराबरको ऐतिहासिक सम्...
एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

एआई मोडलले आफैं रच्यो साइबर हमलाको तानाबाना, ओपनएआईको आधिकारिक प्रतिवेदन सार्वजनिक

काठमाडौं — आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको विकासमा विश्वमै अग्रणी मानिएको कम्पनी ओपनएआईले हालै भएको ‘हगिङ फेस’ (Hugging F...
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतका लागि एनसेलद्वारा १ करोड सहयोग, ३ दिनसम्म सञ्चार सेवा निःशुल्क

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले १ करोड...