Tekmandu

स्पेसएक्स एआईले ल्यायो ‘ग्रोक ४.५’, एलन मस्कले भने- यो ‘ओपस-क्लास मोडल’ हो

काठमाडौं — एलन मस्कको कम्पनी स्पेसएक्स एआई (SpaceXAI) ले आफ्नो नयाँ एआई मोडल ‘ग्रोक ४.५’ (Grok 4.5) सार्वजनिक गरेको छ। केही साताअघि मात्र पब्लिक कम्पनी बनेपछि स्पेसएक्स एआईले ल्याएको यो पहिलो मोडल हो।

बुधबार प्रकाशित एक ब्लग पोस्टमा कम्पनीले यसलाई कोडिङ, एप निर्माण, अनुसन्धान, लेखन र कार्यालयका अन्य नियमित कामहरू गर्न सक्ने भरपर्दो मोडल (Workhorse) का रूपमा व्याख्या गरेको छ। अन्य प्रमुख मोडलहरूको तुलनामा यसमा दोब्बर बढी ‘टोकन इफिसियन्सी’ (token efficiency) रहेको कम्पनीको दाबी छ। पछिल्लो समय एआई प्रयोगकर्ताहरूका लागि टोकनको लागत मुख्य चिन्ताको विषय बनिरहेका बेला यो नयाँ फिचर कम्पनीका लागि ठूलो फाइदा हुन सक्छ।

बुधबार नै कम्पनीले सार्वजनिक गरेको बेन्चमार्क (benchmark) तथ्याङ्कअनुसार ग्रोक अन्य प्रतिस्पर्धी कम्पनीका उत्कृष्ट मोडलहरूसँग कडा प्रतिस्पर्धामा देखिए पनि यो सर्वोत्कृष्ट भने भइसकेको छैन। सार्वजनिक गरिएको ग्राफमा ‘डीपएसडब्लूई १.०’ (DeepSWE 1.0) स्कोरमा ग्रोक ४.५ ले ६२ प्रतिशत अङ्क प्राप्त गरेको छ। यो फ्याबल म्याक्स (६६.१%) र जीपीटी ५.५ (६४.३%) भन्दा पछाडि छ भने ओपस ४.८ म्याक्स (५५.८%) भन्दा अगाडि छ।

स्पेसएक्स एआईकै सहायक कम्पनी ‘एक्स’ (X) मा पोस्ट गर्दै संस्थापक एलन मस्कले ग्रोक ४.५ लाई एन्थ्रोपिकको  ओपस (Opus) सँग तुलना गरेका छन्। ओपस विशेषगरी जटिल र गम्भीर प्रकृतिका काम गर्नका लागि तयार पारिएको ‘लार्ज ल्याङ्ग्वेज मोडल’ (LLM) हो।

“हाम्रो बिटा टेस्ट (beta test) प्रोग्रामका ग्राहकहरूबाट प्राप्त बलियो र सकारात्मक प्रतिक्रियाको आधारमा भोलिदेखि ग्रोक ४.५ सर्वसाधारणका लागि उपलब्ध गराउँदै छौँ,” मस्कले एक्समा लेखेका छन्। उनले यो ‘ओपस-क्लास’ मोडल नै भए पनि अझ छिटो, बढी टोकन इफिसियन्ट र सस्तो भएको दाबी गरेका छन्।

मस्कले थप प्रस्ट्याउँदै भनेका छन्, “हाम्रो आन्तरिक मूल्याङ्कनमा ग्रोक ४.५ झन्डै ओपस ४.७ जस्तै छ  तर यो निकै फास्ट छ। यसको क्षमता, गति र कम लागतले नै यसलाई प्रतिस्पर्धी बनाएको छ।”

प्रतिस्पर्धी मूल्य

मूल्यको हिसाबले ग्रोक निकै सस्तो देखिएको छ। कम्पनीका अनुसार यो नयाँ मोडल प्रयोग गर्दा तल उल्लिखित लागत लाग्नेछ:

  • प्रति १० लाख इनपुट टोकनको मूल्य २ डलर।
  • प्रति १० लाख आउटपुट टोकनको मूल्य ६ डलर।

तुलनात्मक रूपमा ओपस ४.७ को प्रति १० लाख इनपुट टोकनलाई ५ डलर र आउटपुट टोकनलाई २५ डलर पर्दछ। त्यस्तै  ओपन एआईका विभिन्न मोडलको मूल्य फरक फरक छ। सबैभन्दा महँगो मोडल ‘सोल’ (Sol) को इनपुट टोकनलाई ५ डलर र आउटपुटलाई ३० डलर पर्दछ  भने सस्तो मोडल ‘लुना’ (Luna) को इनपुट १ डलर र आउटपुट ६ डलर तोकिएको छ।

यो साता एआई मोडल रिलिजको हिसाबले निकै व्यस्त देखिएको छ। बिहीबार ओपन एआईले आफ्नो अहिलेसम्मकै शक्तिशाली मोडल ‘जीपीटी ५.६’ (GPT 5.6) सार्वजनिक गर्ने तयारी गरेको छ। सुरक्षा चुनौतीको कारण देखाउँदै ट्रम्प प्रशासनले यसअघि यो मोडल रिलिजमा रोक लगाएको थियो। ओपन एआईले यसलाई आफ्नो  सबैभन्दा बलियो मोडल  दाबी गरेको छ।

सम्बन्धित समाचार

विन्डोज प्रयोगकर्ताका लागि आयो गूगलको जेमिनाई  एप

विन्डोज प्रयोगकर्ताका लागि आयो गूगलको जेमिनाई एप

काठमाडौं — गूगलले आफ्ना विन्डोज कम्प्युटर प्रयोगकर्ताहरूलाई लक्षित गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल जेमिनाई (Gemini) को न...
बाढी प्रभावित क्षेत्रमा सञ्चार जोड्न एनसेलले सुरु गर्‍यो स्याटलाइट इन्टरनेट

बाढी प्रभावित क्षेत्रमा सञ्चार जोड्न एनसेलले सुरु गर्‍यो स्याटलाइट इन्टरनेट

काठमाडौं —  भोटेकोशी नदीमा आएको बाढीका कारण सञ्चार सेवाबाट विच्छेद भएका प्रभावित क्षेत्रमा निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसे...
गुगल फोटोजमा जेमिनी स्पार्कको नयाँ सुविधा, फोटो व्यवस्थापन AI मार्फत गर्न सकिने

गुगल फोटोजमा जेमिनी स्पार्कको नयाँ सुविधा, फोटो व्यवस्थापन AI मार्फत गर्न सकिने

काठमाडौं —  गुगलले आफ्नो कृत्रिम बुद्धिमत्ता (AI) प्रणाली Gemini Spark लाई Google Photos सँग एकीकृत गर्ने घोषणा गरेको छ। नयाँ सुवि...
एनसेलको निःशुल्क सेवा थप एक साता लम्बियो, ९२ प्रतिशत टावर सञ्चालनमा

एनसेलको निःशुल्क सेवा थप एक साता लम्बियो, ९२ प्रतिशत टावर सञ्चालनमा

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि एनसेलले प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि थप ...