Tekmandu

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

काठमाडौं — सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्राधिकरणकै निर्देशक तथा निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका घिमिरेलाई आगामी कार्यकालका लागि अध्यक्षको जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।

सरकारले अध्यादेशमार्फत प्राधिकरणको सिङ्गो बोर्ड रिक्त गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाएको थियो । मन्त्रालयले खुला प्रतिस्पर्धाबाट अध्यक्ष चयन गर्न दरखास्त आह्वान गर्दा घिमिरेसहित ३२ जनाले आवेदन दिएका थिए ।

प्राप्त ३२ आवेदनमध्येबाट मन्त्रालयले शैक्षिक योग्यता र अनुभवका आधारमा ९ जनाको सङ्क्षिप्त सूची (शर्टलिस्ट) तयार पारेको थियो । उक्त सूचीमा घिमिरेसँगै अनन्तमान सिंह, अनिलकुमार झा, अमलेन्दु नारायण सिंह, जनार्दन भट्ट, मधुसुदन दाहाल, राजीव सुब्बा, सलाउल्लाह खान र सुशीलप्रसाद साह परेका थिए ।

गत असार २४ गते शर्टलिस्टमा परेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता सम्पन्न भएको थियो ।

नवनियुक्त अध्यक्ष घिमिरेसँग प्राधिकरणमै लामो समय काम गरेको र पछिल्लो समय निमित्त प्रमुख भएर संस्था हाँकेको अनुभव छ ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...