Tekmandu

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

काठमाडौं — सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदमा अर्जुन घिमिरेलाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले प्राधिकरणकै निर्देशक तथा निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका घिमिरेलाई आगामी कार्यकालका लागि अध्यक्षको जिम्मेवारी सुम्पने निर्णय गरेको हो ।

सरकारले अध्यादेशमार्फत प्राधिकरणको सिङ्गो बोर्ड रिक्त गरेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ नियुक्ति प्रक्रिया अगाडि बढाएको थियो । मन्त्रालयले खुला प्रतिस्पर्धाबाट अध्यक्ष चयन गर्न दरखास्त आह्वान गर्दा घिमिरेसहित ३२ जनाले आवेदन दिएका थिए ।

प्राप्त ३२ आवेदनमध्येबाट मन्त्रालयले शैक्षिक योग्यता र अनुभवका आधारमा ९ जनाको सङ्क्षिप्त सूची (शर्टलिस्ट) तयार पारेको थियो । उक्त सूचीमा घिमिरेसँगै अनन्तमान सिंह, अनिलकुमार झा, अमलेन्दु नारायण सिंह, जनार्दन भट्ट, मधुसुदन दाहाल, राजीव सुब्बा, सलाउल्लाह खान र सुशीलप्रसाद साह परेका थिए ।

गत असार २४ गते शर्टलिस्टमा परेका उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता सम्पन्न भएको थियो ।

नवनियुक्त अध्यक्ष घिमिरेसँग प्राधिकरणमै लामो समय काम गरेको र पछिल्लो समय निमित्त प्रमुख भएर संस्था हाँकेको अनुभव छ ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...