Tekmandu

भ्रष्टाचार मुद्दामा सफाइ पाएसँगै नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी पुनर्बहाली

काठमाडौं — नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक (एमडी) पदमा संगीता पहाडी अर्याल पुनर्बहाली भएकी छन् । टेलिकमको ‘बिलिङ सिस्टम अपग्रेड’ (विद्युतीय भुक्तानी प्रणाली स्तरोन्नति) गर्ने कार्यमा भ्रष्टाचार गरेको आरोप लागेकी पहाडीले विशेष अदालतबाट क्लिन चिट (सफाइ) पाएसँगै उनी पुन  आफ्नो जिम्मेवारीमा फर्किएकी हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट गत असार २६ गते उनको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । विशेष अदालतको फैसलासँगै मन्त्रालयले निलम्बन फुकुवा गरेपछि उनी टेलिकमको नेतृत्वमा पुनर्बहाली भएकी हुन् ।

यसअघि असार २५ गते विशेष अदालतले टेलिकमको बिलिङ प्रणाली स्तरोन्नतिमा भ्रष्टाचार भएको भन्दै दायर गरिएको मुद्दामा आरोपित सबैलाई सफाइ दिएको थियो । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले उक्त प्रकरणमा कुनै बदनियत नदेखिएको ठहर गर्दै प्रबन्ध निर्देशक पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहित सबै १८ जना प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको थियो ।

पहाडी २०८१ भदौ २१ गते नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् । तर उक्त खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेसँगै उनीसहित अन्य आरोपित कर्मचारीहरू स्वत  निलम्बनमा परेका थिए ।

पहाडी निलम्बनमा परेपछि टेलिकमको दैनिक कामकाज सञ्चालन गर्न सरकारले सविना मास्केलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको थियो । मास्केले अनिवार्य अवकाश पाएपछि भने रिना डंगोलले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । अदालतको अन्तिम फैसलासँगै टेलिकमको नेतृत्व पुन  पहाडीले नै सम्हाल्ने भएकी छन् ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...