Tekmandu

एक्समा अरुको कन्टेन्ट चोर्ने दिन गए, अब आम्दानी सक्कली सर्जककै खातामा

काठमाडौं — क्रिएटर रेवेन्यु शेयरिङ प्रोग्रामको दुरुपयोग गर्दै अरूको कन्टेन्ट चोरी गर्ने र इन्गेजमेन्ट बढाउन विभिन्न तरिका अपनाउने प्रयोगकर्तामाथि एक्सले कडाइ सुरु गरेको छ। कम्पनीले चोरी गरिएको कन्टेन्टबाट भएको आम्दानी अब त्यसको वास्तविक क्रिएटरले पाउने व्यवस्था लागू गर्न लागेको हो।

सोसल मिडिया प्लेटफर्ममा भाइरल भएका कन्टेन्ट बारम्बार पुन  पोस्ट हुने समस्या नयाँ होइन। विशेषगरी एक्समा यस्ता कन्टेन्टले लाइक र फलोअर्स मात्रै होइन कतिपय अवस्थामा क्रिएटरलाई प्रत्यक्ष आम्दानीसमेत दिलाउँछन्। यही कारण अरूले तयार पारेका कन्टेन्टलाई आफ्नो बनाएर पोस्ट गर्ने प्रवृत्ति बढ्दै गएको छ।

इन्स्टाग्राम, फेसबुक र रेडिटमा पनि यस्तै समस्या देखिँदै आएको छ। यी प्लेटफर्मले अरूको कामलाई क्रेडिट नदिई पुन  पोस्ट गरिएको कन्टेन्ट पहिचान गर्नेलगायतका प्राविधिक उपाय अपनाएका छन्।

एक्सले पनि पछिल्लो समय आफ्नो प्लेटफर्ममा सुधारिएको भिडियो एडिटर र रेकर्डर थपेको छ। क्रिएटरलाई अरूको कन्टेन्ट चोरी गरेर पोस्ट गर्नुभन्दा एक्सकै टुल प्रयोग गरेर आफ्नै कन्टेन्ट तयार पार्न प्रोत्साहित गर्ने उद्देश्यले यी फिचर ल्याइएको हो।

एक्सका निकिता बियरका अनुसार ग्रोक एआई मोडलको नयाँ भर्सनले अघिल्लो भर्सनको तुलनामा तीन गुणा बढी दरमा डुप्लिकेट कन्टेन्ट पत्ता लगाउन सक्दछ।

चोरी गरिएको कन्टेन्टलाई आफ्नै जस्तो देखाउन वाटरमार्क थप्ने, इन्ट्रो राख्ने वा अन्य एडिटिङ गर्ने प्रयास गरे पनि त्यसबाट आउने मोनिटाइज्ड इम्प्रेसनको आम्दानी अब वास्तविक अपलोडरलाई जानेछ। यो व्यवस्था भाइरल टेक्स्ट पोस्टको नक्कलमा समेत लागू हुने बताइएको छ।

बियरका अनुसार पछिल्लो साइकलमा एक्सले चोरी गरिएका १५ लाख पोस्ट पत्ता लगाएको छ। तर उक्त साइकल कति अवधिको थियो भन्नेबारे उनले खुलाएका छैनन्।

नयाँ परिवर्तनपछि चोरी गरिएका कन्टेन्टबाट सिर्जना भएको १० लाख अमेरिकी डलरभन्दा बढीको क्रिएटर पेआउट वास्तविक क्रिएटरलाई फिर्ता गरिने बियरले बताएका छन्।

एआईको प्रयोगले यस्ता गतिविधिलाई थप सहज बनाएको भन्दै एक्सले बट अकाउन्टमाथिको कारबाही पनि तीव्र बनाएको छ। गत अप्रिलमा बियरले प्लेटफर्मले  प्रतिमिनेट २०८ वटा बट पहिचान गरी सस्पेन्ड गरिरहेको र यो संख्या बढ्दो क्रममा रहेको बताएका थिए।

नयाँ नीतिलाई जानीजानी वा पटक पटक छल्ने प्रयास गर्ने प्रयोगकर्तालाई एक्सको क्रिएटर प्रोग्रामबाट हटाईदिनेछ। इन्गेजमेन्ट र फलोअर्स बढाउन कृत्रिम रूपमा प्रयोगकर्तालाई उक्साउने गतिविधिमाथि पनि कम्पनीले कडाइ गर्ने भएको छ।

उदाहरणका लागि  ‘रिप्लाई गर्ने सबैलाई फलो गर्छु’ जस्ता पोस्टमार्फत इन्गेजमेन्ट माग्ने गतिविधिमा तीन पटक वा त्यसभन्दा बढी संलग्न भएको पाइएमा सम्बन्धित अकाउन्टलाई क्रिएटर प्रोग्रामबाट हटाइनेछ। त्यस्ता अकाउन्टलाई सस्पेन्ड गर्ने प्रक्रियाका लागि एक्सको पोलिसी टिमसमक्ष समेत पठाउनेछ।

बियरले यसअघि पनि एक्समा बढ्दो इन्गेजमेन्ट बेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए। उनले चर्चित क्रिएटर मिस्टरबिस्टले आफ्ना भिडियो हेर्न मानिसलाई आकर्षित गर्न बारम्बार आर्थिक प्रलोभन प्रयोग गर्ने गरेको भन्दै आलोचना समेत गरेका थिए।

सम्बन्धित समाचार

विन्डोज प्रयोगकर्ताका लागि आयो गूगलको जेमिनाई  एप

विन्डोज प्रयोगकर्ताका लागि आयो गूगलको जेमिनाई एप

काठमाडौं — गूगलले आफ्ना विन्डोज कम्प्युटर प्रयोगकर्ताहरूलाई लक्षित गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल जेमिनाई (Gemini) को न...
बाढी प्रभावित क्षेत्रमा सञ्चार जोड्न एनसेलले सुरु गर्‍यो स्याटलाइट इन्टरनेट

बाढी प्रभावित क्षेत्रमा सञ्चार जोड्न एनसेलले सुरु गर्‍यो स्याटलाइट इन्टरनेट

काठमाडौं —  भोटेकोशी नदीमा आएको बाढीका कारण सञ्चार सेवाबाट विच्छेद भएका प्रभावित क्षेत्रमा निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसे...
गुगल फोटोजमा जेमिनी स्पार्कको नयाँ सुविधा, फोटो व्यवस्थापन AI मार्फत गर्न सकिने

गुगल फोटोजमा जेमिनी स्पार्कको नयाँ सुविधा, फोटो व्यवस्थापन AI मार्फत गर्न सकिने

काठमाडौं —  गुगलले आफ्नो कृत्रिम बुद्धिमत्ता (AI) प्रणाली Gemini Spark लाई Google Photos सँग एकीकृत गर्ने घोषणा गरेको छ। नयाँ सुवि...
एनसेलको निःशुल्क सेवा थप एक साता लम्बियो, ९२ प्रतिशत टावर सञ्चालनमा

एनसेलको निःशुल्क सेवा थप एक साता लम्बियो, ९२ प्रतिशत टावर सञ्चालनमा

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि एनसेलले प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि थप ...