Tekmandu

आफ्नै अनुहार र आवाजमा एआई भिडियो बनाउन सकिने, गुगलले ल्यायो नयाँ सुविधा

काठमाडौं — ओपनएआईको (OpenAI) ‘सोरा’ (Sora) बन्द भए पनि गुगलले एआई भिडियोप्रतिको मानिसहरूको आकर्षण अझै घटेको छैन भन्ने ठानेको छ। यसैलाई मध्यनजर गर्दै टेक जायन्ट गुगलले आफ्नो भिडियो निर्माण टुल ‘गुगल भिड्स’ (Google Vids) मा एउटा गज्जबको अपडेट ल्याएको छ  जसले तपाईँलाई आफ्नै एआई भिडियोको  स्टार  बन्ने मौका दिनेछ।

गुगलले बिहीबार घोषणा गरेअनुसार अब प्रयोगकर्ताले गुगल भिड्समा आफ्नै डिजिटल अवतार (Digital avatar) बनाउन सक्नेछन्। यसका लागि तपाईँले आफ्नो एउटा सेल्फी र भ्वाइस रेकर्डिङ (Voice recording) अपलोड गर्नुपर्ने हुन्छ। त्यसकै आधारमा ठ्याक्कै तपाईँजस्तै देखिने र बोल्ने अवतार तयार हुनेछ।

यसका साथै गुगलले भिड्समा आफ्नो मल्टी मोडल एआई मोडल ‘जेमिनी ओम्नी’ (Gemini Omni) पनि समावेश गर्दैछ। यसको मद्दतले तपाईँले लिखित प्रम्प्ट (Prompt) र आफूले अपलोड गरेका रिफरेन्स इमेजहरू (Reference images) मिलाएर चाहेजस्तो भिडियो बनाउन सक्नुहुन्छ। ओम्नीले यी सबै इन्पुटलाई एकै ठाउँमा मिसाएर आकर्षक एआई भिडियो तयार पार्दछ।

यति मात्र होइन मोबाइलमा खिचिएको भिडियोको ब्याकग्राउन्ड फेर्न, लाइटिङ मिलाउन वा विभिन्न इफेक्टहरू थप्न पनि यसको प्रयोग गर्न सकिन्छ। ओम्नीमा अब स्टेप बाई स्टेप (Step by step) एडिट गर्ने सुविधा पनि छ। यसको मतलब  भिडियो बनाउँदै गर्दा बीचमा केही परिवर्तन गर्नुपर्‍यो भने सुरुदेखि नै नयाँ भिडियो बनाइरहनु पर्दैन  बीच बीचमै सम्पादन गर्दै जान सकिन्छ।

सुरुवातमा अफिसको प्रेजेन्टेसन बनाउन सघाउने टुलको रूपमा आएको गुगल भिड्स अब यो अपडेटसँगै  अल इन वान  (All in one) भिडियो क्रिएसन प्लेटफर्म बनेको छ। गुगल वर्कस्पेस (Google Workspace) को एउटा हिस्सा भएकाले कम्पनीले यसलाई कर्पोरेट अपडेट वा ट्रेनिङ भिडियो बनाउने बिजनेस टुलको रूपमा अघि सारिरहेको छ। तर  पर्सनलाइज्ड अवतार र सजिलो सम्पादन फिचरले गर्दा अब यसले हेजेन (HeyGen), सिन्थेसिया (Synthesia), क्याप्सन्स (Captions) र डी-आईडी (D-ID) जस्ता अन्य एआई भिडियो स्टार्टअपहरूसँग कडा प्रतिस्पर्धा गर्ने देखिन्छ।

सुरक्षाको हकमा  नयाँ एआई अवतार अकाउन्ट होल्डरको आफ्नै अनुहारसँग मेल खाने हुनुपर्छ र यो गुगल अकाउन्टसँग जोडिएको हुन्छ। साथै  यसमा सिन्थआईडी (SynthID) मार्फत नदेखिने वाटरमार्क पनि राखिने गुगलले जनाएको छ। (यसको अर्थ  ओपनएआईका सीईओ साम अल्टम्यानले सोरा उपलब्ध हुँदा प्रयोगकर्तालाई दिएको छुटजस्तो  अब गुगलका सीईओ सुन्दर पिचाईको जथाभावी एआई भिडियो बनाउन कसैले पाउने छैनन्!)

कम्पनीका अनुसार यो पर्सनल अवतार बनाउने सुविधा तत्कालका लागि निश्चित क्षेत्रका १८ वर्ष वा सोभन्दा माथिका प्रयोगकर्तालाई मात्र उपलब्ध हुनेछ।

सम्बन्धित समाचार

विन्डोज प्रयोगकर्ताका लागि आयो गूगलको जेमिनाई  एप

विन्डोज प्रयोगकर्ताका लागि आयो गूगलको जेमिनाई एप

काठमाडौं — गूगलले आफ्ना विन्डोज कम्प्युटर प्रयोगकर्ताहरूलाई लक्षित गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल जेमिनाई (Gemini) को न...
बाढी प्रभावित क्षेत्रमा सञ्चार जोड्न एनसेलले सुरु गर्‍यो स्याटलाइट इन्टरनेट

बाढी प्रभावित क्षेत्रमा सञ्चार जोड्न एनसेलले सुरु गर्‍यो स्याटलाइट इन्टरनेट

काठमाडौं —  भोटेकोशी नदीमा आएको बाढीका कारण सञ्चार सेवाबाट विच्छेद भएका प्रभावित क्षेत्रमा निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसे...
गुगल फोटोजमा जेमिनी स्पार्कको नयाँ सुविधा, फोटो व्यवस्थापन AI मार्फत गर्न सकिने

गुगल फोटोजमा जेमिनी स्पार्कको नयाँ सुविधा, फोटो व्यवस्थापन AI मार्फत गर्न सकिने

काठमाडौं —  गुगलले आफ्नो कृत्रिम बुद्धिमत्ता (AI) प्रणाली Gemini Spark लाई Google Photos सँग एकीकृत गर्ने घोषणा गरेको छ। नयाँ सुवि...
एनसेलको निःशुल्क सेवा थप एक साता लम्बियो, ९२ प्रतिशत टावर सञ्चालनमा

एनसेलको निःशुल्क सेवा थप एक साता लम्बियो, ९२ प्रतिशत टावर सञ्चालनमा

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि एनसेलले प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि थप ...