Tekmandu

उड्नै लाग्दा अन्तिम सेकेन्डमा रोकियो स्पेसएक्सको ‘स्टारसिप भी३’, इन्जिनमा समस्या

काठमाडौं — उड्नका लागि ठिक्क परेको स्पेसएक्स (SpaceX) को अपग्रेडेड रकेट ‘स्टारसिप भी३’ (Starship V3) को प्रक्षेपण अन्तिम समयमा आएर रोकिएको छ। बिहीबार दक्षिण टेक्सासस्थित कम्पनीको कम्प्लेक्समा रकेटको बुस्टर स्टार्ट भइसकेको अवस्थामा प्राविधिक समस्या देखिएपछि उडान रद्द गरिएको हो।

कम्पनीका सीईओ इलन मस्कले सामाजिक सञ्जाल एक्स मार्फत केही इन्जिनहरू स्टार्ट नभएका कारण अटोमेटिक रूपमा प्रक्षेपण रोकिएको जानकारी दिएका छन्। उनका अनुसार अब दुईवटा इन्जिन फेरेर अर्को हप्ता मात्रै पुन  उडानको प्रयास गरिनेछ।

यसपटक स्पेसएक्सले आफ्नो तेस्रो पुस्ताको स्टारलिंक (Starlink) स्याटेलाइटलाई पहिलोपटक अन्तरिक्षमा पठाउने योजना बनाएको थियो। यो मिसनमा पठाइने स्याटेलाइटहरू करिब २० मिनेटपछि जलेर नष्ट हुने तय थियो किनकि स्टारसिपले अहिलेसम्म पृथ्वीको अर्बिट (Earth orbit) सम्म पुग्ने क्षमता प्रमाणित गरिसकेको छैन।

इतिहासकै सबैभन्दा ठूलो मानिएको आईपीओ (IPO) जारी गरेयता स्पेसएक्सले गरेको यो पहिलो स्टारसिप परीक्षण थियो। गत जुन १२ मा कम्पनी पब्लिकमा गएको थियो। उक्त आईपीओबाट स्पेसएक्सले ८५ अर्ब डलरभन्दा बढी रकम उठाएको थियो। एक समय त यसको भ्यालुएसनले एमाजोन र माइक्रोसफ्टलाई समेत छोएको थियो। तर पछिल्लो एक महिनामा कम्पनीको सेयर मूल्य लगातार ओरालो लागिरहेको छ।

बिहीबार स्पेसएक्सको सेयर मूल्य १३५ डलरको आईपीओ मूल्यभन्दा तल झरेर बन्द भयो। प्रक्षेपण विफल भएपछि ‘आफ्टर आवर्स ट्रेडिङ’ मा सेयर मूल्य थप ४ प्रतिशतले घटेको छ।

गत मे महिनामा मात्रै कम्पनीले स्टारसिप भी३ को पहिलो उडान भरेको थियो। उक्त मिसनका नतिजाहरू मिश्रित थिए। नयाँ अपग्रेडेड रकेट लन्चप्याडबाट उड्नु र केही स्टारलिंक सिमुलेटरहरू अन्तरिक्षमा पठाउन सक्नु आफैँमा एउटा ठूलो कदम थियो। तर गल्फ अफ मेक्सिकोमा सिमुलेटेड ल्यान्डिङ गर्नुअघि नै ‘सुपर हेभी बुस्टर’ (Super Heavy booster) मा समस्या देखिएपछि संघीय उड्डयन प्रशासन (FAA) ले अनुसन्धान नै थालेको थियो। समस्याको कारण पत्ता लगाएर समाधान गरेपछि एफएएले यसै हप्ता मात्रै पुन  उडानको अनुमति दिएको थियो।

मे महिनाको सोही मिसनमा स्टारलिंक सिमुलेटर पठाउने क्रममा अपर स्टेज (Upper stage) को एउटा इन्जिन पनि फेल भएको थियो। त्यति हुँदाहुँदै पनि त्यसले पानीमाथि सिमुलेटेड ल्यान्डिङ भने सफलतापूर्वक गरेको थियो।

बिहीबारको उडानमार्फत स्पेसएक्स ‘अर्बिटल डेटा सेन्टर’ (Orbital data centers) को अवधारणा प्राविधिक र आर्थिक रूपमा सम्भव छ भनेर प्रमाणित गर्न चाहन्थ्यो। कम्पनीको व्यापारमा आम्दानीको सबैभन्दा ठूलो र नाफामुखी हिस्सा नै स्टारलिंक हो।

बिहीबारको प्रक्षेपण तयारी अन्तिम समयसम्म पनि सामान्य नै देखिएको थियो। उड्नुभन्दा ठीक एक मिनेट अगाडि (T-minus one minute) काउन्टडाउन केहीबेर रोकिए पनि तुरुन्तै सुचारु भएको थियो। काउन्टडाउन सकिएसँगै लन्चप्याडको वाटर डेल्युज सिस्टम (Water deluge system) एक्टिभ भयो र बुस्टर स्टेजका इन्जिनहरू बल्न थालेको प्रस्ट देखिन्थ्यो। तर अचानक सबै कुरा बन्द भयो। स्पेसएक्सको लाइभ ब्रोडकास्टमा देखिएको ग्राफिक्सअनुसार कम्पनीका नयाँ र्‍याप्टर इन्जिन (Raptor engines) मध्ये चारवटा इन्जिन बलेका थिएनन्।

अब बिहीबारको उडानमा ठ्याक्कै के गडबडी भयो भनेर पत्ता लगाउनुअघि स्पेसएक्सले सुपर हेभी बुस्टर र अपर स्टेज दुवैबाट सम्पूर्ण प्रोपेलेन्ट (Propellant) निकाल्नुपर्नेछ। त्यसपछि मात्रै थप अनुसन्धान अघि बढ्नेछ।

सम्बन्धित समाचार

विन्डोज प्रयोगकर्ताका लागि आयो गूगलको जेमिनाई  एप

विन्डोज प्रयोगकर्ताका लागि आयो गूगलको जेमिनाई एप

काठमाडौं — गूगलले आफ्ना विन्डोज कम्प्युटर प्रयोगकर्ताहरूलाई लक्षित गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडल जेमिनाई (Gemini) को न...
बाढी प्रभावित क्षेत्रमा सञ्चार जोड्न एनसेलले सुरु गर्‍यो स्याटलाइट इन्टरनेट

बाढी प्रभावित क्षेत्रमा सञ्चार जोड्न एनसेलले सुरु गर्‍यो स्याटलाइट इन्टरनेट

काठमाडौं —  भोटेकोशी नदीमा आएको बाढीका कारण सञ्चार सेवाबाट विच्छेद भएका प्रभावित क्षेत्रमा निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसे...
गुगल फोटोजमा जेमिनी स्पार्कको नयाँ सुविधा, फोटो व्यवस्थापन AI मार्फत गर्न सकिने

गुगल फोटोजमा जेमिनी स्पार्कको नयाँ सुविधा, फोटो व्यवस्थापन AI मार्फत गर्न सकिने

काठमाडौं —  गुगलले आफ्नो कृत्रिम बुद्धिमत्ता (AI) प्रणाली Gemini Spark लाई Google Photos सँग एकीकृत गर्ने घोषणा गरेको छ। नयाँ सुवि...
एनसेलको निःशुल्क सेवा थप एक साता लम्बियो, ९२ प्रतिशत टावर सञ्चालनमा

एनसेलको निःशुल्क सेवा थप एक साता लम्बियो, ९२ प्रतिशत टावर सञ्चालनमा

काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका नागरिकका लागि एनसेलले प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि थप ...