Tekmandu

एनसेल ग्राहकलाई नयाँ अफर, एप खोलेर मोबाइल हल्लाउँदा डेटादेखि डिस्काउन्टसम्मका उपहार

काठमाडौं — दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘शेक एन्ड विन’ (Shake and Win) अफर सञ्चालनमा ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोलेर फोन हल्लाउँदा तत्कालै विभिन्न ‘सरप्राइज’ उपहारहरू जित्न सक्नेछन्।

डिजिटल सेवाको प्रयोगलाई प्रोत्साहन गर्ने र बहुउपयोगी ‘सेल्फ सर्भिस एप’का रूपमा स्थापित एनसेल एपको प्रयोगलाई बढावा दिने उद्देश्यले यो अफर ल्याइएको कम्पनीले जनाएको छ।

एनसेलका अनुसार यो अफर पूर्ण रूपमा निःशुल्क छ  अर्थात् यसमा सहभागी हुन ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन। ग्राहकले प्रत्येक २४ घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाएर एक नयाँ सरप्राइज उपहार पाउन सक्नेछन्।

यस अफरमार्फत ग्राहकले विभिन्न पार्टनर सेवाहरूमा विशेष छुट कुपन, डेटा प्याक र अन्य फाइदाहरू प्राप्त गर्न सक्नेछन्। उपहारहरूमा निःशुल्क अनलिमिटेड नाइट डेटा, लोकप्रिय सामाजिक सञ्जालहरूमा निःशुल्क अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल प्रडक्टहरूका साथै यात्रा र साहसिक गतिविधिहरूमा विशेष छुटलगायत समावेश रहेको कम्पनीले जानकारी दिएको छ।

एनसेलका प्रमुख कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ‘शेक एन्ड विन’ एनसेल एपमा पहिलो पटक ल्याइएको ‘गेमिफाइड’ सुविधा भएको बताए।

“हामी ग्राहकलाई अझ सहज, उपयोगी र आकर्षक डिजिटल अनुभव प्रदान गर्न प्रतिबद्ध छौं,” दत्ताले भने, “यसले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक रूपमा हाम्रा डिजिटल सेवाहरू प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न सरप्राइज उपहारहरू जित्ने अवसर पनि प्रदान गर्दछ।”

कम्पनीले आफ्नो ‘डिजिटल फस्ट’ रणनीतिअनुरूप ग्राहकलाई नवीन, सहज र ग्राहक–केन्द्रित डिजिटल अनुभव प्रदान गर्न निरन्तर काम गरिरहेको बताएको छ। यस अफरले नियमित रूपमा एनसेल एप प्रयोग गर्न ग्राहकलाई प्रोत्साहित गर्नुका साथै डिजिटल सेवाहरूप्रति उनीहरूको पहुँच र सचेतना बढाउन मद्दत पुग्ने कम्पनीको विश्वास छ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...