Tekmandu

एनसेल ग्राहकलाई नयाँ अफर, एप खोलेर मोबाइल हल्लाउँदा डेटादेखि डिस्काउन्टसम्मका उपहार

काठमाडौं — दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरूका लागि आकर्षक ‘शेक एन्ड विन’ (Shake and Win) अफर सञ्चालनमा ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोलेर फोन हल्लाउँदा तत्कालै विभिन्न ‘सरप्राइज’ उपहारहरू जित्न सक्नेछन्।

डिजिटल सेवाको प्रयोगलाई प्रोत्साहन गर्ने र बहुउपयोगी ‘सेल्फ सर्भिस एप’का रूपमा स्थापित एनसेल एपको प्रयोगलाई बढावा दिने उद्देश्यले यो अफर ल्याइएको कम्पनीले जनाएको छ।

एनसेलका अनुसार यो अफर पूर्ण रूपमा निःशुल्क छ  अर्थात् यसमा सहभागी हुन ग्राहकले कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन। ग्राहकले प्रत्येक २४ घण्टाको अन्तरालमा मोबाइल फोन हल्लाएर एक नयाँ सरप्राइज उपहार पाउन सक्नेछन्।

यस अफरमार्फत ग्राहकले विभिन्न पार्टनर सेवाहरूमा विशेष छुट कुपन, डेटा प्याक र अन्य फाइदाहरू प्राप्त गर्न सक्नेछन्। उपहारहरूमा निःशुल्क अनलिमिटेड नाइट डेटा, लोकप्रिय सामाजिक सञ्जालहरूमा निःशुल्क अनलिमिटेड पहुँच, विभिन्न लाइफस्टाइल प्रडक्टहरूका साथै यात्रा र साहसिक गतिविधिहरूमा विशेष छुटलगायत समावेश रहेको कम्पनीले जानकारी दिएको छ।

एनसेलका प्रमुख कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले ‘शेक एन्ड विन’ एनसेल एपमा पहिलो पटक ल्याइएको ‘गेमिफाइड’ सुविधा भएको बताए।

“हामी ग्राहकलाई अझ सहज, उपयोगी र आकर्षक डिजिटल अनुभव प्रदान गर्न प्रतिबद्ध छौं,” दत्ताले भने, “यसले ग्राहकलाई रमाइलो र अन्तरक्रियात्मक रूपमा हाम्रा डिजिटल सेवाहरू प्रयोग गर्न प्रेरित गर्नुका साथै विभिन्न सरप्राइज उपहारहरू जित्ने अवसर पनि प्रदान गर्दछ।”

कम्पनीले आफ्नो ‘डिजिटल फस्ट’ रणनीतिअनुरूप ग्राहकलाई नवीन, सहज र ग्राहक–केन्द्रित डिजिटल अनुभव प्रदान गर्न निरन्तर काम गरिरहेको बताएको छ। यस अफरले नियमित रूपमा एनसेल एप प्रयोग गर्न ग्राहकलाई प्रोत्साहित गर्नुका साथै डिजिटल सेवाहरूप्रति उनीहरूको पहुँच र सचेतना बढाउन मद्दत पुग्ने कम्पनीको विश्वास छ।

सम्बन्धित समाचार

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

गलत नम्बरको म्यासेजबाट सुरु हुन्छ ठगी, क्रिप्टोमा लगानी गराएर लुटिन्छन् लाखौँ

काठमाडौं — अपरिचित नम्बरबाट ‘सरी, गलत नम्बर परेछ’ भन्दै आउने म्यासेज सामान्य गल्ती नहुन सक्छ। यस्ता म्यासेजमार्फत सुरु हुने कुराका...
एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

एक्समा पोस्ट प्रमोट गर्न देखिन थाल्यो रहस्यमय हात, प्रयोगकर्ता अलमलमा

काठमाडौं —  सामाजिक सञ्जाल एक्स (X) ले प्रयोगकर्तालाई आफ्ना पोस्ट प्रवर्द्धन (प्रमोट) गर्न प्रोत्साहित गर्ने नयाँ तरिका अपनाएको छ।...
आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

आँखाभित्रै हुर्किए ११ जुका, निकाल्दा लार्भासमेत निस्कन थाले

काठमाडौं — दक्षिण कोरियामा एक ७१ वर्षीय किसानको दुवै आँखाबाट ११ वटा जिउँदा परजीवी जुका निकालिएको छ। दुई महिनादेखि आँखामा केही अड्क...
एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

एप्पलको नयाँ अपडेट: सिरिमा नयाँ सुविधा, फोटो र म्यासेजमा पनि सुधार

काठमाडौं — एप्पलले iOS 27.2 र macOS 27.2 सहित आफ्ना विभिन्न अपरेटिङ सिस्टमका नयाँ संस्करण सार्वजनिक गरेको छ। नयाँ अपडेटमा कृत्रिम ...