Tekmandu

फ्रिक्वेन्ट्ली ब्लक्ड ट्याग नदेखाउन ट्रुकलरलाई टिआरएआईको आग्रह, डीएनडी विकल्प देखाउन सुझाव

काठमाडौं — भारतको टेलिकम नियामक निकाय टेलिकम रेगुलेटरी अथोरिटी अफ इन्डिया (टिआरएआई) ले ट्रुकलरले निश्चित नम्बर सिरिजमा ‘फ्रिक्वेन्ट्ली ब्लक्ड’ ट्याग देखाएकोमा आपत्ति जनाएको छ। यस्तो ट्यागले टेलिकम प्रयोगकर्तालाई भ्रमित पार्नुका साथै नियमनको दायराभित्र रहेका वैध कलप्रति अनावश्यक शंका पैदा गर्न सक्ने टिआरएआईको भनाइ छ।

यसको सट्टा ट्रुकलरले प्रयोगकर्तालाई टिआरएआईको आधिकारिक डु नट डिस्टर्ब (डीएनडी) प्रिफरेन्स म्यानेजमेन्ट एपमार्फत १४० सिरिजबाट आउने अनावश्यक कम्युनिकेसन ब्लक गर्ने विकल्प रहेको जानकारी दिनुपर्ने नियामकको धारणा छ। टिआरएआईका एक अधिकारीका अनुसार डीएनडीबारे थप जनचेतना र जानकारी विस्तार गर्दै प्रयोगकर्तालाई आफूसँग उपलब्ध विकल्पबारे जानकारी दिनु नै यसको उपयुक्त समाधान हो।

टिआरएआईले १६०० र १४० नम्बर सिरिजलाई छुट्टाछुट्टै प्रयोजनका लागि तोकेको छ। १६०० सिरिजका नम्बर नियमनमा रहेका बैंकिङ, फाइनान्सियल सर्भिसेज एन्ड इन्स्योरेन्स अर्थात् बीएफएसआई संस्थाले आफ्ना ग्राहकलाई गर्ने सर्भिस तथा ट्रान्ज्याक्सनसम्बन्धी कलका लागि प्रयोग हुन्छन्। सरकारी निकायले नागरिकसँग गर्ने ‘गभर्नमेन्ट टु सिटिजन’ कम्युनिकेसनमा पनि यही सिरिज प्रयोग हुन्छ। १४० सिरिज भने विभिन्न क्षेत्रमा दर्ता भएका संस्थाले गर्ने प्रमोसनल कलका लागि तोकिएको छ।

टिआरएआईका वरिष्ठ अधिकारीले विशेषगरी १६०० सिरिजका नम्बरमा कुनै पनि अवस्थामा  फ्रिक्वेन्ट्ली ब्लक्ड जस्तो ट्याग लगाउन नहुने बताएका छन्। यो सिरिज आरबीआई, सेबी, आईआरडीएआई र पीएफआरडीएको नियमनमा रहेका बीएफएसआई संस्थाले आफ्ना ग्राहकसँग गर्ने सर्भिस तथा ट्रान्ज्याक्सन कलका साथै सरकारी निकायले नागरिकसँग गर्ने सञ्चारका लागि प्रयोग हुने भएकाले यस्तो ट्याग उपयुक्त नहुने उनको भनाइ छ।

१६०० सिरिजबाट आउने कल फ्रड अलर्टदेखि ट्रान्ज्याक्सन भेरिफिकेसनसम्मका हुन सक्छन्। त्यसैले यस्ता नम्बरबाट आउने कलमा कुनै पनि प्रकारको ट्याग वा लेबल लगाउँदा उपभोक्तामाथि प्रतिकूल असर पर्न सक्ने टिआरएआईका अधिकारीले बताएका छन्।

पछिल्लो समय १४० र १६०० नम्बर सिरिजमा देखाइने ट्यागलाई लिएर टिआरएआई र ट्रुकलरबीच विवाद देखिएको छ। ट्रुकलरले टिआरएआईले १४० र १६०० का लागि डेडिकेटेड नम्बर सिरिज अनिवार्य गरेपछि स्पाम कल बढेको दाबी गरेको छ। साथै  कलर आईडी एपलाई ती नम्बरमा कम्युनिटीबाट रिपोर्ट गरिएको स्पामसम्बन्धी जानकारी देखाउन रोक लगाइएपछि प्रयोगकर्ताले यी सिरिजबाट आउने कल बेवास्ता गर्ने र ब्लक गर्ने क्रम बढेको कम्पनीको भनाइ छ। यसले वैध व्यावसायिक सञ्चारप्रतिको विश्वास कमजोर बनाएको ट्रुकलरको दाबी छ।

ट्रुकलरका अनुसार उसले अहिले १४० र १६०० सिरिजका नम्बरलाई स्पाम भनेर ट्याग गर्दैन। प्रयोगकर्ताले नम्बर ब्लक गर्ने प्रवृत्तिका आधारमा फ्रिक्वेन्ट्ली ब्लक्ड ट्याग मात्रै देखाउने गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस्तो ‘फ्रिक्वेन्ट्ली ब्लक्ड’ ट्याग कम्युनिटीबाट प्राप्त रिपोर्ट र एल्गोरिदममा आधारित छ। यो नियामकीय व्यवस्थाअनुरूप रहेको र उपभोक्ताको सुरक्षा गर्ने आफ्नो मूल उद्देश्यसँग मेल खाने ट्रुकलरको दाबी छ।

टिआरएआई भने ट्रुकलरको यो तर्कसँग सहमत छैन। नियामकका अधिकारीका अनुसार तोकिएका नम्बर सिरिजमा स्पाम वा फ्रिक्वेन्ट्ली ब्लक्ड जस्ता ट्याग राख्दा वैध व्यावसायिक सञ्चारमाथि अनावश्यक शंका उत्पन्न हुन्छ। यस्तो ट्याग कम्युनिटी रिपोर्टमा आधारित रहेको दाबी गरिए पनि त्यसले त्यस्ता कल प्राप्त गर्न सचेत रूपमा छनोट गरेका उपभोक्तालाई समेत प्रभावित गर्न सक्ने टिआरएआईको तर्क छ।

टिआरएआईका अधिकारीले व्यक्तिगत नम्बरलाई फ्ल्याग गर्दैमा समस्याको मूल समाधान नहुने बताएका छन्। टेलिमार्केटरहरूले सामान्यतया धेरैवटा नम्बर प्रयोग गर्ने भएकाले उपभोक्ताको प्राथमिकताअनुसार प्रमोसनल कम्युनिकेसनको सम्पूर्ण श्रेणीलाई व्यवस्थापन गर्न डीएनडी फ्रेमवर्क प्रभावकारी हुने नियामकको भनाइ छ।

टिआरएआईका अनुसार स्पामको वास्तविक समस्या नियमन गरिएका नम्बर सिरिजभन्दा बाहिर छ। ८० प्रतिशतभन्दा बढी अनावश्यक मार्केटिङ कल तोकिएको १४० सिरिजबाट नभई सामान्य मोबाइल र ल्यान्डलाइन नम्बरबाट आउने नियामकले जनाएको छ।

टेलिकम सर्भिस प्रोभाइडरहरूले टिआरएआईले अनिवार्य गरेको आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सिस्टम प्रयोग गरेर दैनिक करिब २६ देखि २७ करोड यस्ता गैर १४० कल पहिचान तथा फ्ल्याग गरिरहेका छन्। कल म्यानेजमेन्ट एपहरूले यस्ता नियमनबाहिरका कल पहिचान गरी फ्ल्याग गर्न स्वतन्त्र रहेको टिआरएआईका अधिकारीले बताएका छन्।

नियामकले गलत नियत भएका संस्था वा व्यक्तिले संरक्षित नम्बर सिरिजको दुरुपयोग गरिरहेको हुन सक्ने आशंकालाई पनि अस्वीकार गरेको छ। टिआरएआईका अनुसार यससम्बन्धी नियामकीय व्यवस्था कडाइका साथ नियन्त्रण गरिएको छ।

१४० सिरिज प्रयोग गर्ने प्रत्येक प्रिन्सिपल एन्टिटी र टेलिमार्केटरले टेलिकम सर्भिस प्रोभाइडरसँग दर्ता हुनुपर्छ। डेडिकेटेड नम्बर सिरिज प्रयोग गर्न अनुमति पाउनुअघि उनीहरूले कम्युनिकेसनको उद्देश्यसमेत स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था छ। यसमा जिम्मेवारी स्पष्ट रूपमा तोकिएको र डीएनडी सिस्टममार्फत उपभोक्ताको छनोट सुरक्षित गरिएको नियामकको भनाइ छ।

यही नियामकीय व्यवस्थाका कारण यस विषयमा अनुसन्धान गर्नुपर्ने केही नरहेको टिआरएआईका अधिकारीले बताएका छन्। १४० सिरिजका कललाई फ्ल्याग गर्ने प्रयोगकर्ताको संख्या बढी देखिएको दाबीको कारण त्यस्ता प्रयोगकर्तामा डीएनडी मेकानिजमबारे पर्याप्त जानकारी नहुनु पनि हुन सक्ने उनको भनाइ छ।

ट्रुकलरले टिआरएआईको फ्रेमवर्कका कारण उपभोक्ता सुरक्षा कमजोर भएको दाबी गरे पनि नियामकले त्यसलाई अस्वीकार गरेको छ। टिआरएआईका अनुसार डीएनडी प्रिफरेन्स म्यानेजमेन्ट सिस्टममार्फत उपभोक्तासँग प्रमोसनल कलमाथि पूर्ण नियन्त्रण छ।

प्रयोगकर्ताले प्रमोसनल कल लिने वा नलिने मात्रै होइन, बैंकिङ, हेल्थकेयर वा रियल इस्टेटजस्ता कुन क्षेत्रबाट कल लिन चाहेको हो भन्ने पनि छनोट गर्न सक्छन्। उनीहरूले आफूले कल प्राप्त गर्न चाहेको दिन र समयसमेत तोक्न सक्ने व्यवस्था रहेको टिआरएआईले जनाएको छ।

टिआरएआईले यसअघि पनि नियमनमा रहेका संस्था र सरकारले नागरिकसँग सञ्चार गर्न प्रयोग गर्ने १६०० सिरिजबाट आउने फोन कल कुनै पनि एपले ब्लक गर्न नपाउने स्पष्ट पारेको थियो। १४० सिरिजका कललाई पनि डीएनडी रजिस्ट्रीमार्फत ब्लक गर्नेबाहेक अन्य किसिमले ट्याग वा फिल्टर गर्न नपाइने नियामकको भनाइ छ।

उपभोक्ताले डीएनडी रजिस्ट्रीमा कुनै निश्चित क्षेत्रबाट कल प्राप्त गर्न अनुमति दिएको अवस्थामा त्यस्ता कलमा थप ट्याग राख्दा उनीहरू भ्रमित हुन सक्ने टिआरएआईको तर्क छ।

टिआरएआईले जुलाई १० मा पनि १६०० र १४० सिरिजको प्रयोगबारे औपचारिक स्पष्टीकरण जारी गरेको थियो। उक्त स्पष्टीकरणमा १६०० सिरिजका कललाई ट्याग, ब्लक वा फिल्टर गर्न नपाइने र १४० सिरिजबाट आउने प्रमोसनल कललाई उपभोक्ताले डीएनडी रजिस्ट्रीमा आफ्नो प्रिफरेन्स दर्ता गरेर नियन्त्रण गर्न सक्ने उल्लेख छ।

सम्बन्धित समाचार

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

बेइजिङमा बन्यो विश्वकै सबैभन्दा ठूलो ‘फाइभजी-एडभान्स’ गिगाअपलिङ्क नेटवर्क, ह्वावे र चाइना युनिकमको नयाँ फड्को

काठमाडौं —  टेलिकम क्षेत्रको दिग्गज ह्वावे र चाइना युनिकम बेइजिङले संयुक्त रूपमा विश्वकै सबैभन्दा ठूलो commercial ५G-A १०० MHz Gig...
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न टिकटक असफल रहेको युरोपेली आयोगको निष्कर्ष, वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना हुन सक्ने

काठमाडौं — युरोपेली आयोग (EC) ले टिकटकले बालबालिकाको गोपनीयता र सुरक्षाका लागि आवश्यक मापदण्ड पूरा गर्न नसकेको प्रारम्भिक निष्कर्ष...
फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

फ्रिक्वेन्सीमा विभेद? एनसेललाई रोक, नेपाल टेलिकमलाई थप सुविधा

काठमाडौं —  नेपालमा दूरसञ्चार सेवा विस्तार, डिजिटल रूपान्तरण र आगामी ५जी सेवाको सफल कार्यान्वयनका लागि रेडियो फ्रिक्वेन्सी सबैभन्द...
एनसेल पुन  पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

एनसेल पुन पुग्यो मन्त्रिपरिषद्: पूर्वाग्रहपूर्ण निर्णय र सर्तहरू सच्याउन माग, ५० प्रतिशतभन्दा बढी सेयर नेपालीलाई दिन तयार

  निजी क्षेत्रको प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारले गरेका कानुनविपरीतका निर्णय, तोकिएका अन्यायपूर्ण ...